भर्खरै :

कर तथा राजस्वसम्बन्धी नयाँ व्यवस्थाबारे सदस्यहरूलाई जानकारी

भक्तपुर, ४ असार । भक्तपुर उद्योग वाणिज्य सङ्घले आफ्ना सदस्यहरूलाई आ.व. २०७९÷०८० को बजेटले गरेका कर तथा राजस्वसम्बन्धी नयाँ व्यवस्थाहरूबारे जानकारी गराउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय भक्तपुरको सहकार्यमा शनिबार अन्तरक्रिया कार्यक्रमको आयोजना ग¥यो ।
उक्त कार्यक्रममा आयोजक समितिका तर्फबाट चार्टर एकाउन्टेन्ट शितल चन्द तथा आन्तरिक राजस्व कार्यालयका तर्फबाट सुमन श्रेष्ठले प्रस्तुतीकरण गर्नुभएको थियो ।
उहाँहरूको प्रस्तुतिमा बजेटले कोरोना प्रभावित व्यवसायीहरूलाई कर छुट, प्रात्ेट फर्म तथा कर नवीकरण शुल्क मिनाहा, कृषि व्यवसायको आयमा पूर्ण कर छुट, किसानहरूलाई पेन्सन, उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा लिजमा लिन सकिने केही वस्तुको निर्यातमा ८ प्रतिशत अनुदान, आयकर छुटमा वृद्धि, कृषि औजार उद्योग कारखाना ५ वर्षसम्म आयकर छुटलगायतका व्यवस्थाहरू गरेको जानकारी गराइएको थियो ।
आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत ताराप्रसाद भुसालले व्यावसायीहरू नयाँ कर तथा राजस्व नीतिप्रति जानकार हुनुपर्ने, व्यसायीहरूले सधैँ व्यवसायिक आचारसंहिता र मर्यादाभित्र रहेर कार्य गर्नुपर्ने, कर प्रशासन वैज्ञानिक र आधुनिक बनाउँदै लगिएको बताउनुभयो । उहाँले व्यवसायीहरूको व्यवहारिक समस्या र गुनासाहरू समाधान गर्न राजस्व कार्यालय तत्पर रहेको तथा आगामी दिनमा व्यवसाय मैत्री वातावरण र कर प्रशासन व्यवस्थापनमा दुवै पक्षबीच सहकार्य गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवप्रसाद मानन्धरले यस्ता कार्यक्रमहरूले व्यवसायीहरूको क्षमता वृद्धि भई आन्तरिक राजस्व कार्यालय र व्यवसायीहरू मैत्रीपूर्ण सम्बन्ध विकास गरी मर्यादित र सम्मानपूर्ण व्यवसायिक वातावरण निर्माण गर्न सहयोग पुग्ने विचार राख्नुभयो ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै कार्यक्रमका संयोजक एवं भक्तपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष कृष्णमुरारी न्यौपानेले बदलिँदो परिस्थितिअनुसार व्यवसायीहरूले पनि आफ्नो क्षमता वृद्धि गर्दै जानुपर्ने र व्यवसायिक एकताका माध्यमबाट सबै समस्याहरूको समाधान गर्न सकिने विचार राख्नुभयो ।
कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबन्जाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *