भर्खरै :

शोभा प्रधानप्रति श्रद्धाञ्जली अर्पण र अन्त्येष्टि

श्रद्धाञ्जली अर्पण कार्यक्रमको त्यो दिन चर्को घाम लागेको थियो । दिउँसोको समय थियो । आकाश चकमन्न थियो । सबै शोकमा डुबेका थिए । वातावरण शान्त थियो । चराचुरूङ्गीहरूको आवाज पनि कहीँ कतै सुनिएको थिएन । घर–घरबाट मानिसहरू निस्किरहेका थिए । ठाउँ–ठाउँबाट मान्छे हिँडिरहेको देखेर कति बटुवाहरू आज के छ ? कता जाने हो भनी प्रश्न सोध्दै थिए । श्रद्धाञ्जली कार्यक्रमको सूचना थाहा पाएका मानिसहरू आज दूधपाटीमा शोभा भाउजू (मिस) को श्रद्धाञ्जली अर्पण कार्यक्रम छ भन्दै हिँड्दै थिए । श्रद्धाञ्जली अर्पण कार्यक्रम दिउँसो १ बजे दूधपाटीमा राखिएको थियो । श्रद्धाञ्जली अर्पण कार्यक्रममा सरिक हुन आएका मानिसहरू त्यहाँ खचाखच थिए, मानिसहरू थप्दै थिए ।
श्रद्धाञ्जली अर्पण कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो भन नेमकिपाका सचिव प्रेम सुवाल र केन्द्रीय सदस्य सुनिल प्रजापतिले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । यसअघि पार्टीका केन्द्रीय सदस्यहरू, जिल्ला–जिल्लाका पार्टी अध्यक्ष, जनवर्गीय सङ्गठनका नेता तथा कार्यकर्ता, उच्चपदस्थ व्यक्तिहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जली अर्पण गरिरहँदा कति भावुक बने । सुकुमार मन भएका महिलाहरू दुःखमा डुबेर रूँदै थिए । अर्पण कार्यक्रममा पार्टीका नेता, अग्रज कार्यकर्ता, जनप्रतिनिधि, किसान, मजदुर, महिला, शिक्षक, युवा, विद्यार्थी, कर्मचारी, उद्योगी, व्यापारी, व्यवसायी, चिकित्सक, नर्स, उच्चपदस्थ व्यक्तिहरू, सञ्चारकर्मी, कानुन व्यवसायी, साहित्यकार तथा सर्वसाधारणको हजारौँको उपस्थिति थियो । कार्यक्रममा नेता तथा कार्यकर्ताहरूले पार्टी र जनवर्गीय सङ्गठनको झन्डा बोकेका थिए । सयौँ पार्टी कार्यकर्ता तथा महिला दिदी–बहिनीहरूले दिवङ्गत शोभा प्रधानको तस्बिर बोकेका थिए ।
श्रद्धाञ्जली अर्पण गर्दै गर्दा कति महिलाहरूको आँखा रसाएको थियो । कति आइमाईहरू आँसु पुछ्दै थिए । सबैलाई श्रद्धाञ्जली गराउन समय नभ्याएको कारण प्रतिनिधिमूलकरूपमा पुष्पगुच्छा र फूलको मालाले श्रद्धाञ्जली अर्पण गरिएको थियो । त्यसलगत्तै श्रद्धाञ्जली अर्पण कार्यक्रमको ¥याली अगाडि बढेको थियो ।
श्रद्धाञ्जली अर्पण कार्यक्रम अनुशासित र शान्तपूर्वक अगाडि बढेको थियो । संयमितरूपमा अगाडि बढेको सो ¥याली दूधपाटी, नासमना, टौमढी, सुकुलढोका, गोल्मढी, दत्तात्रय, सूर्यमढी, च्याह्मासिंह हुँदै हनुमानघाट पुगेको थियो । श्रद्धाञ्जली ¥याली हेर्न सडकको दायाँ बायाँका पेटी–पेटी र झ्याल–झ्यालमा मान्छे भरिभराउ थिए ।
दायाँ बायाँ पेटीमा बसेर हेरिरहेका महिलाहरू शिर निहु¥याएर अभिवादन गर्दै थिए । नगर परिक्रमापछि ¥याली हनुमानघाट पुगेको थियो । ¥याली पुग्नुअगाडि हनुमानघाटमा हजारौँ मान्छेको भरिभराउ थियो ।
¥याली व्यवस्थापन गर्न स्वयंसेवकहरू खटिएका थिए । माइकिङका उद्घोषिकाले शोभा प्रधानको जीवनी वाचन गर्दै थिइन् । दाह संस्कारको लागि आवश्यक बन्दोबस्त गर्ने काम अग्रज किसानहरूले गरेका थिए । हनुमानघाटमा पनि श्रद्धाञ्जली अर्पण गरिएको थियो । त्यहाँ विशेषगरी दिवङ्गत परिवारका सदस्य, नातेदार, छरछिमेकहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपछि सुधारिएको शवगृहमा कान्छा पुत्र सुवान बिजुक्छेँले दागबत्ती दिए । यसरी शोभा प्रधानको दाह संस्कार या अत्येष्टि गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *