इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
विगत केही दिनदेखि एकाएक देश–विदेशको मिडियामा निकै चर्चामा रहेको शब्द हो–ग्वाम । विशेषतः प्रजग कोरियाले संरा अमेरिकाको ग्वाम टापुमा हमला गर्ने समाचारसँगै धेरै मानिसहरू यो टापुको विषयमा चासो राख्न थालेका छन् ।
ग्वाम टापु संरा अमेरिकानियन्त्रित भूमि हो । ग्वाम संरा अमेरिकाको ३२ औं ठूलो टापु हो । यो प्रशान्त महासागरमा पर्दछ । माइक्रोनेसिया क्षेत्रको यो सबभन्दा ठूलो टापु हो । मारियाना टापु समूहको यो सबभन्दा ठूलो टापु पनि हो । ग्वाम टापु ५० किलोमिटर लामो र ६ देखि १९ किलोमिटर चौडा छ । सिंगापुरको तुलना गर्दा यो टापु चार खण्डको तीन खण्ड हुन आउँछ । यसको कुल क्षेत्रफल ५४९ वर्गकिलोमिटर छ ।
ग्वाम टापुमा झण्डै ४ हजार वर्षअघिबाट मानव बसोबास भएको अनुमान गरिएको छ । सन् १५२१ को मार्च ६ का दिन पोर्चुगाली यात्री फर्डिनाण्ड मागेलान सामुद्रिक यात्रा गर्दै त्यो टापुमा पुगेका थिए । मागेलान पोर्चगाली भए पनि उनी त्यत्तिबेला स्पेनका कर्मचारी थिए । त्यसकारण त्यो भूमि स्पेनको उपनिवेश बनाइयो । स्पेनले १६६८ देखि त्यहाँ आफ्ना जनता लगेर बसोबास गराउन थाल्यो । स्पेन र संरा अमेरिकाबीच भएको लडाईको क्रममा सन् १८९८ जुन २१ का दिन यो टापु संरा अमेरिकाले कब्जा ग¥यो । लडाई सकेपश्चात दुई देशबीच भएको पेरिस सन्धीले ग्वाम औपचारिक रूपमा सरा अमेरिकी उपनिवेश बन्यो । ग्वाम टापु संरा संघको सदस्य हो तर यो सत्रौं गैरस्वशासित भूमिको रूपमा सदस्य बनेको छ ।

दोस्रो विश्वयुद्धको क्रममा प्रशान्त महासागरमा संरा अमेरिकाको क्षेत्राधिकार भएका चार वटा टापुमध्ये एउटा ग्वाम पनि थियो । दोस्रो विश्वयुद्धको समयमा जापानले पर्ल हावरमाथि हमला गरे पश्चात जापानले ग्वाम टापुमा पनि कब्जा जमायो । दोस्रो विश्वयुद्धमा जापान पराजय भएपछि साढे दुई वर्षको जापानी उपनिवेशपश्चात ग्वाम फेरि संरा अमेरिकी नियन्त्रणमा गयो । सन् १९४४ को जुलाई २१ देखि ग्वाम अमेरिकी नियन्त्रणमा गयो ।
चामोरोस आदिबासीहरू ग्वामका आदिबासी जनता हुन् ।
ग्वाममा एक सदनीय राजनीतिक बन्दोबस्त छ । ग्वामको सदनमा जम्मा १५ प्रतिनिधि हुन्छन् । उनीहरूलाई सिनेटर भन्ने चलन छ । ग्वामको तर्फबाट संरा अमेरिकी प्रतिनिधिसभामा एक जना मताधिकार नभएको प्रतिनिधि जाने प्रावधान छ । संरा अमेरिकी इलोटोरियल कलेजमा ग्वामको कुनै मताधिकार छैन । संरा अमेरिकी राजनीतिमा ग्वामको खासै कुनै भूमिका हुने गर्दैन । ग्वामका जनता पनि संरा अमेरिकी केन्द्रीय सरकारसँग स्वशासनको अधिकार मागिरहेका छन् ।
ग्वाम मुलतः संरा अमेरिकी सामरिक क्षेत्र हो । त्यहाँको कुल २९ प्रतिशत भूमिमा संरा अमेरिकी सेनाको आधार क्षेत्र बसेको छ ।
प्रजग कोरियाबाट यो भूमि मात्र ३५० किलोमिटर हवाई दुरीमा पर्दछ । प्रशान्त क्षेत्रमा आफ्नो सैनिक प्रभाव बिस्तार गर्न संरा अमेरिकाले ग्वाम टापुलाई प्रयोग गर्दै आएको छ । ग्वामलाई मुलतः सैनिक केन्द्रको रूपमा लिने गरिएको छ । संरा अमेरिकाले जापानको ओकिनावा टापुमा राखेका पानी जहाज बनाउने मजदुरहरूलाई अब ग्वाममा सार्ने तयारी गरिरहेको छ । यदि उनीहरू ग्वाममा आए भने त्यहाँको कुल जनसंख्याको ४५ प्रतिशत हुने गर्दछ । तर यो योजनाको विरोधमा आवाज पनि उठेका छन् । सन् २०१२ सम्ममा त्यहाँ संरा अमेरिकी जलसैनिकहरू ४ हजार ८ सय बसेका थिए ।
Leave a Reply