भर्खरै :

औषधिको अभावमा मृत्यु ?

जन्म र मृत्यु हरेक प्राणीको स्वाभाविक प्रक्रिया हुन् । यो भन्न र लेख्न सकिन्छ परन्तु ब्यहोर्न सहज छैन । बरू जन्म निश्चित छैन मृत्यु निश्चित छ । मान्छे वा प्राणीको जन्म हुन पनि सक्छ नहुन पनि सक्छ किन्तु मान्छे जब नै जन्मन्छ तब पक्का भयो मर्छ एक दिन । तर, त्यो मर्ने एक दिन कहिले हो त्यो अज्ञात छ । जो जन्मन्छ त्यो मर्छ एकदिन । हो ¤ त्यही एक दिन चाहिँ अज्ञात छ र नै यो संसार खँदिलो छ । मान्छे मर्ने निश्चित दिन थाहा हुने भए यसो सोचौँ त संसार आजकै जस्तो हुन्थ्यो होला र ? मान्छे मर्ने दिन थाहा नहुनु नै छान्नेछ । त्यसैमा छ । गर्भ रहेपछि को कुन प्राणी कति दिन महिनामा जन्मन्छ त्यो पृथक पृथक छ । तर, के भने परिपक्का छ ऊ जन्मन्छ । तर, मर्ने पनि परिपक्का छ तर कहिले मर्छ परिपक्का छैन । म यदाकदा परिकल्पना गर्छु मान्छे मर्ने दिन पनि थाहा हुनसक्थ्यो भने यो जगतको स्वरूप र स्वभाव कस्तो हुन्थ्यो होला । निश्चय नै फरक पथ्र्यो कमाउँदो हो कति कमाउने हो । खर्च गर्दो हो कति गर्दो हो । जगेडा राख्दो कि नराख्दो हो ? राख्ने भए कति राख्ने हो ? यस्ता कल्पना कल्पन्छ यदा कदा । तर, उही उत्तर छैन कसैसित ।
औषधि उपलब्ध गराइएन
एउटी जिउँदी महिलाको मृत्यु शोभा प्रधानको मृत्यु भो गएको ८ असारमा । त्यो खबर यति छिटो व्यापकरूपमा फैलियो । जसको परिकल्पना गरिएकै थिएन । चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्सेतुङ्गले मृत्युबारे घटलाग्दो टिप्पणी गर्नुभएको छ प्रतिक्रियावादीहरूको मृत्यु प्वाँखभन्दा हलुका हुन्छ भने क्रान्तिकारीको मृत्यु पहाडभन्दा पनि ग¥हौँ हुन्छ । शोभा प्रधानको श्रद्धाञ्जली कार्यक्रममा अपार सङ्ख्यामा ओइरिएको जनसागर देख्दा माओको उक्त टिप्पणी याद आयो होला पनि । शोभा पाठेघरमा फैलिएको क्यान्सर रोगसँग सशक्त सङ्घर्ष गर्दै हुनुहुन्थ्यो । तर, संसारमा उपलब्ध उचित औषधि सरकारहरूले उपलब्ध गराएनन् । यसकारण, शोभा प्रधानको असमयमै निधन भयो । सो औषधिका लागि नेपाल सरकारको औषधि व्यवस्था विभागमा जाँदा पनि सुनवाइसम्म भएन । शोभा नाताले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँकी श्रीमती हुनुहुन्थ्यो । अध्यक्ष नारायणमानले शोभाको उपचार नेपालमा गराउनुभएको थियो । सरकारले आवश्यक औषधि उपलब्ध नगराएकोले अन्ततोगत्वा शोभाको प्राण गयो ।
अरू धेरै शोभा हुनुप¥यो
त्यसो त शोभालाई केही वर्षअघि नै स्तन क्यान्सर पनि भइसकेको हो । तर, त्यति बेला नेपालमै उपचार गराउनु हुँदा निको भएको थियो । परन्तु, यसपल्ट पाठेघरमा भएको क्यान्सरले निर्ममतापूर्वक लग्यो शोभालाई । सरकारले समयमा नै उपयुक्त औषधि उपलब्ध गराएको भए स्तन क्यान्सरलाई झैँ यो पाठेघर क्यान्सरलाई पनि वीरतापूर्वक परास्त गर्नुहुन्थ्यो पक्कै पनि । परन्तु औषधि नै उपलब्ध नगराए पनि कस्को बाउको पो के लाग्छ र ? असल आमा, असल गृहिणी, असल कार्यकर्तालाई देशले गुमाउनु पर्दैनथियो होला । औषधि नपाएर मर्नुपर्ने ? लाज नभएको सरकारले के के भन्ला त्यो अर्को पक्का भो । शोभा प्रधानले नारायणमान बिजुक्छेँलाई काम गर्न यति धेरै सहयोग पु¥याउनुभएको थियो जुन खाँचो अब स्पष्ट हुन्छ । त्यो कसैले परिपूर्ति गर्नसक्दैन । शोभाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न भेला भएको विशाल जनसमुदाय देखेर शोभा प्रधान कति लोकप्रिय हुनुहुँदो रहेछ भनिरहनु, लेखिरहनु पर्दैन । अब शोभाप्रतिको स्नेह, माया, श्रद्धा शोभाले जस्तै काम गरेर देखाउन सकिन्छ । आजका नेमकिपाका कार्यकर्ताहरूले एउटी शोभाले छोडेर गए पनि हामी धेरै शोभा छौँ भने साबित गर्नुप¥यो ।
क्रियाशीलता नै यथार्थ श्रद्धाञ्जली
शोभा प्रधानप्रतिको माया, श्रद्धा भनेको उहाँले गर्न खोजेका तर गर्न बाँकी भएका काम गर्नु नै हो भन्ने लाग्छ । आँसु होइन क्रियाशीलता, शब्दमा प्रशंसा होइन काममा पसिना, परिश्रम तथा उत्तरदायित्व बहन गर्न सकियो भने सहयोग हुनेछ । काम धेरै बाँकी छ कामदार वर्गका लागि गर्नुपर्ने । ती काममा क्रियाशील भई शोभा प्रधानप्रति सच्चा एवं वस्तुगत श्रद्धाञ्जली दिन सकिन्छ । देखावती आँसु होइन क्रियाशीलता, इमानदारी एवं नयाँ पुस्तालाई जागरणको खाँचो छ । भित्र न श्रद्धा न स्नेह न क्रियाशीलता छ तर बाहिर नक्कली एवं देखावटी आँसुको कुनै तात्पर्य छैन । क्रियाशीलता, इमानदारी एवं उत्तरदायित्वबोध र नयाँ कार्यकर्ता तयार गर्नु नै शोभा प्रधानप्रतिको सच्चा शोक एवं श्रद्धाञ्जली हुनसक्छ । देखावटीको सच्चा शोक एवं श्रद्धाञ्जली हुनसक्छ । देखावटीको कुनै तात्पर्य छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *