बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
भक्तपुर, १३ असार । निओ फ्युजन स्कूल अफ कम्प्युटर, भक्तपुरमा आइतबारदेखि विभिन्न तालिमहरू निःशुल्क सञ्चालन गरिएको छ । एसईई र दस जोड दुईका विद्यार्थीहरूलाई लक्षित गरी उक्त तालिम सञ्चालन गरिएको हो । कम्प्युटर तालिमसँगै यस वर्ष चित्रकला, डिजिटल फोटोग्राफी, भिडियोग्राफी, पत्रकारिता, मोबाइल फोटोग्राफी, नृत्य, धिमेबाजा, धाँ बाजा, गितार, मोबाइल मर्मत, ब्युटी पार्लर, स्काउट आदि सञ्चालनमा रहेको आयोजक समितिले जनाएको छ ।
यस किसिमको आयोजना विगत ८/९ वर्षदेखि सञ्चालन भइरहेको संस्थाका निर्देशक बालकृष्ण वनमालाले बताउनुभयो । तालिममा व्यस्त बनाउन सके कुलत र गलत बाटोमा नजाने र समयको सदुपयोग हुने उहाँ बताउनुहुन्छ । तालिममा डिजिटल फोटोग्राफीमा ३८ जना, मोबाइल फोेटोग्राफीमा ५० जना, ब्युटी पार्लरमा ७३ जना, नृत्यकलामा ५४ जना, गितारमा ७२ जना, धिमे बाजामा ४३ जना, धाँ बाजामा २३ जना, चित्रकलामा ६८ जना, पत्रकारितामा १२ जना, स्काउटमा ३२ जना, मोबाइल मर्मतमा ३४ जना भइसकेको उहाँले बताउनुभयो । तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गरिने व्यवस्था मिलाइएको छ । तालिम आधारभूत तथा विशिष्ट गरी सञ्चालन गरिएको छ ।
तालिममा चाहिने सम्पूर्ण सामान आयोजक स्वयम्ले उपलब्ध गराएको छ । दुई वर्षको कोरोनाका कारण यस वर्ष यस किसिमको सक्रिय सहभागिता रहेको निर्देशक बनमालाले बताउनुभयो ।
Leave a Reply