भर्खरै :

नेटोद्वारा विश्वलाई जटिल बनाएको अर्को प्रमाण

नेटो म्याड्रिड शिखर सम्मेलनले जून २९ का दिन पारित गरेको पछिल्लो रणनीतिक दस्तावेजमा पहिलोपटक शत्रुको रूपमा चीनको बारेमा उल्लेख गरिएको छ । उक्त दस्तावेजमा चीनलाई ‘युरो–एट्लान्टिकका लागि प्रणालीगत चुनौती’ भनेर निन्दा गरेको देखिन्छ । यो नेटोले सेतोलाई कालो बनाएर एक काल्पनिक शत्रु सिर्जना गरेको अर्को प्रमाण हो । यो विश्वको शान्ति तथा स्थिरताका लागि चुनौती हो ।
नेटो अमेरिकी आधिपत्यको आवरणमात्र हो । अमेरिकाले चीनलाई सबभन्दा ठूलो रणनीतिक प्रतिस्पर्धाको रूपमा लिएको पृष्ठभूमिमा नेटो फेरि एकपटक राजनीतिक सहयोगी बनेको छ । यस वर्षको नेटो शिखर सम्मेलनले पहिलोपटक जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र न्युजिल्यान्डका नेताहरूको निमन्त्रणा गर्ने लक्ष्य कथाकथित एसिया प्रशान्त क्षेत्रीय नेटोको निर्माण गर्दै चीन रणनीतिक वातावरण सिर्जना गर्नु हो । अमेरिकाले सामूहिक द्वन्द्वलाई एसिया प्रशान्त क्षेत्रमा पु¥याउने खतरा बढेको छ ।
जनताले बिर्सने छैनन् कि केही दशकहरूयता नेटोले विश्वका विभिन्न स्थलमा अनगिन्ती समस्या र प्रकोपहरू सिर्जना गर्दै गम्भीररूपमा विश्वको सुरक्षा तथा स्थिरतालाई ध्वस्त पारेको छ । कसले सुरक्षाका लागि चुनौती सिर्जना गर्दछ ? शान्तिलाई कसले धम्की दिन्छ ? तथ्य स्पष्ट देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *