भर्खरै :

गोलो पृथ्वी, चेप्टो पृथ्वी / षड्यन्त्र सिद्धान्तहरू कसरी फैलिन्छन् ?

विज्ञानका सबै प्रमाणहरू एकातिर पन्छाएर विश्वका एक जमात मान्छेहरू पृथ्वी गोलो छ भन्ने कुरा कि त अपुष्ट सिद्धान्त हो, अथवा नियोजित हल्ला हो भनी विश्वास गर्छन् । सन् २०१८ मा संरा अमेरिका र सन् २०२२ मा फेयरलिग डिकिन्सन विश्वविद्यालयले यस विषयमा सर्वेक्षण गरेका थिए । ती सर्वेक्षणहरूले ११ प्रतिशत अमेरिकीहरूले पृथ्वी चेप्टो हुनसक्ने ठान्ने गरेको देखाएका थिए ।
‘पृथ्वी चेप्टो मान्नेहरू’ को तर्कलाई बेवास्ता गरे पनि त्यसलाई हलुका ढङ्गले लिनुहुन्न । सर्वेक्षणले यसखाले षड्यन्त्र सिद्धान्तहरूबीच समानता रहेको देखाउँछ । यीमध्ये केही तर्कसङ्गत बन्नसक्छन् । डोनाल्ड ट्रम्पले सैतानहरूविरूद्ध गुप्त युद्ध लडिरहेका छन् र गोरा जातिलाई अन्य जातिले विस्थापित गर्दै छन् भन्ने षड्यन्त्र सिद्धान्तहरू ज्यानमारा सावित भएका छन् ।
पृथ्वी चेप्टो मान्नेहरूले आफ्नो आस्थाबारे जसरी कुराकानी गर्छन् त्यसको अध्ययन गरेर तिनले आफ्ना तर्कहरू कसरी पत्यारिला बनाउँछन् भनी थाहा पाउन सकिन्छ । यसबाट हामीले अनलाइनमा झूटो सूचना कसरी फैलिन्छ भनी सिक्न सक्छौँ ।
लिनियस विश्वविद्यालयका मेरा सहकर्मी टमस निलसन र मैले हालसालै पृथ्वी चेप्टो भएको तर्क गरिएका सयौँ युट्युब भिडियोहरूको विश्लेषण ग¥यौँ । तिनका तर्कहरूको बनोट बुझ्न हामीले तर्कपद्धतिमा ध्यान दियौँ । तिनले आफ्ना तर्कहरूलाई कसरी तर्कसङ्गत देखाउँछन् भनी अध्ययन ग¥यौँ ।
चल्तीको बहसमा एउटा पक्ष लिने तिनीहरूको नीति हो । सांस्कृतिक लडाइँको एउटा पक्षसँग गहिरोगरी जोडिएका मान्छेहरूले आफूलाई जिताउँछ भने सबै प्रकारका सत्य, अर्धसत्य, धारणा वा तर्कहरू स्वीकार्ने सम्भावना हुन्छ । मान्छेले आफूसँग मिल्ने समूहमा पहिचान खर्चिन्छन् र विपक्षीहरूको भन्दा आफ्नै साथीहरूको कुरा पत्याउन चाहन्छन् । समाजशास्त्रीहरू यसलाई नव–कुटुम्बवाद भन्छन् ।
मानिसहरूले झूटा सूचनाहरूलाई आफ्नो पहिचानको अङ्ग बनाएपछि समस्या उत्पन्न हुन्छ । लेखहरूको तथ्य जाँच्न सकिन्छ, तर व्यक्तिगत आस्थाको तथ्य जाँच्न सकिन्न । षड्यन्त्र सिद्धान्तहरू व्यक्तिको मूल्यमान्यता वा दृष्टिकोणसँग जोडिएका हुन्छन् । त्यसैले तिनलाई चुनौती दिन गा¥हो हुन्छ ।
तीन कथ्यहरू
यी भिडियोहरूको विश्लेषण गर्दा हामीले चेप्टो पृथ्वीमा विश्वास गर्नेहरूले चल्तीको सांस्कृतिक लडाइँबाट फाइदा उठाएको पायौँ । खासगरी तीनवटा बहसका तर्कहरूमा तिनले आफ्ना तर्कहरू घुसाउँछन् । यी बहसहरू निकै पुराना बहस हुन् र बहसकर्ताहरूका नितान्त निजी मामिला हुन सक्छन् ।
पहिलो बहस ईश्वरको अस्तित्व हो । यो अवलोकनमा भन्दा पनि तर्कमा आधारित सनातन प्राचीन बहस हो । मानिसले नास्तिकता र आस्तिकताबीच, विकासवाद र सृष्टिवादबीच, बिग ब्याङ र ईश्वरीय योजनाबीच वादविवाद गरेका छन् ।
चेप्टो पृथ्वीका विश्वासीहरूले इसाईहरूको पुरानो सङ्घर्षका आधारभूमिमा बसेर तर्क गर्छन् । जस्तो नास्तिकहरूले विकासवाद, बिग ब्याङ र गोलो पृथ्वीजस्ता छद्म विज्ञानको आधारमा मानिसहरूलाई ईश्वरबाट पर राख्छन् भन्ने उनीहरूको तर्क हुन्छ ।
चेप्टो पृथ्वीमा विश्वास गर्नेहरू सबैले आकाशमा ईश्वर गोलो नभई चेप्टो स्वर्गमा मात्र बस्न सक्छन् भन्छन् । यो धार्मिक आस्थाको खण्डन गर्ने सबथोकलाई तिनीहरू अस्वीकार गर्छन् । पृथ्वी चेप्टो छ भन्ठान्ने एक व्यक्ति यसो भन्छन्, “ईश्वरले सबथोक सृष्टि गर्नुभएको हो भन्ने कुरा खण्डन गर्न तिनले बिग ब्याङ आविष्कार गरे । ईश्वरले तपार्इँलाई भन्दा बाँदरलाई महत्व दिनुहुन्छ भनी मनाउन तिनले विकासवादको आविष्कार गरे ।… ईश्वर तपाईँमाथि मात्र होइन, तल पनि बस्नसक्नुहुन्छ भनी देखाउन तिनीहरूले गोलो पृथ्वीको आविष्कार गरे । ईश्वर तपाईँबाट अत्यन्त टाढा हुनुहुन्छ भनेर तपाईँलाई विश्वास दिलाउन तिनले असीमित ब्रह्माण्डको आविष्कार गरे ।”
दोस्रो कथ्य सर्वसाधरणहरू भ्रष्ट राजनेता र सेलिब्रिटीहरूको विरोधमा उभिन्छन् भन्ने षड्यन्त्र सिद्धान्त हो । ज्ञान नै शक्ति हो र यस सिद्धान्तले सत्तामा बस्ने शक्तिशालीहरूले यथार्थको आधारभूत प्रकृति बङ्गयाएर ज्ञानलाई आफूआफूमै सीमित राख्न षड्यन्त्र गर्छन् भनी तर्क गर्छ ।
मान्छेहरूले आफूले देखेको भन्दा अरूले भनेको कुरामा विश्वास गर्ने हो भने तिनलाई सजिलै नियन्त्रण गरिनेछ भन्ने सन्देश दिइन्छ । वास्तवमा नाङ्गो आँखाले पृथ्वी चेप्टो देखिन्छ । पृथ्वी चेप्टो छ भन्नेहरूले आफूलाई समुदायको गुप्त नायकको रूपमा हेर्छन्, सर्वसाधारणलाई देखेको कुरामा विश्वास नगर्न भन्ने घरानियाँहरूको निरङ्कुशताविरूद्ध आफूहरू लडिरहेको ठान्छन् ।
तेस्रो कथ्य ‘खुला सोच’ मा आधारित तर्क हो । यो बहस ईश्वरको उपस्थिति र अनुपस्थितिबारे अमेरिकी संविधान लेखिँदाको बहसजत्तिकै पुरानो छ । धर्मनिरपेक्ष दृष्टिकोणका पक्षधरहरूले बुद्धिमान मान्छेले प्राधिकार वा जड कुरामा विश्वास गर्न हुन्न भन्छन् । बरू, उसले आफ्नै तर्क र अनुभवमा विश्वास गर्नुपर्छ भन्छन् ।
‘खुला सोच’ का मान्छेहरूले ‘किताबी ज्ञान’ वा ‘अर्थहीन गणित’ को प्रयोग गर्ने र सर्वसाधारणले पछ्याउन नसक्ने विज्ञहरूमाथि अविश्वास गर्छन् । पृथ्वी चेप्टो छ भन्नेहरूले पृथ्वी गोलो छ कि छैन भनी परीक्षण गर्न आफ्नो निजी अवलोकनको प्रयोग गर्छन् । खासगरी घरेलु प्रयोगहरू गर्छन् । तिनीहरू आफूलाई विगतका दूरदर्शी र वैज्ञानिकको रूपमा हेर्छन् । मानौँ आधुनिक युगको ग्यालिलियो ठान्छन् ।
सम्भावित प्रत्युत्तर
मानिसहरूले झूटा सूचनाहरूलाई निजी आस्थामा फेर्ने हुनाले सामाजिक सञ्जालमा तिनीहरूलाई जवाफ दिन गा¥हो हुन्छ । तथ्य–जाँच प्रभावकारी हुन्न, बरू निहुँ खोजेजस्तो हुन्छ किनभने झूटो सूचना व्यक्तिको धारणा वा मूल्यमान्यता बनेको हुन्छ ।
पृथ्वी चेप्टो छ भन्नेहरू वा अन्य षड्यन्त्र सिद्धान्तहरूमा विश्वास गर्नेहरूलाई प्रत्युत्तर दिन हामीले तिनका तर्कहरू कसरी पत्यारिला देखिएका हुन्छन् भनी तिनको तर्कपद्धति बुझ्नुपर्छ । उदाहरणको लागि तिनले विज्ञका तर्कहरूमा विश्वास गर्दैनन् भने सरकारी वैज्ञानिकलाई उद्धृत गरेर प्रत्युत्तर दिन खोज्नु प्रभावकारी हुँदैन । बरू सबैले दोहो¥याउन सक्ने घरेलु प्रयोगहरू गर्न लगाउनु बढी असरदार हुन सक्छ ।
तिनको निश्चित आस्थापछाडिको तर्कपद्धति चिन्न सके प्रत्युत्तरमा सोही तर्कको प्रयोग गर्न सकिन्छ । सोही समूहभित्रको मान्छे अझ महत्वपूर्ण हुनसक्छ । जस्तो प्रतिष्ठित र समर्पित इसाई प्रवक्ताले ईश्वरप्रति आस्थावान बन्न तिमीले पृथ्वी चेप्टो छ भन्न आवश्यक छैन भनिदियो भने अर्थपूर्ण हुन्छ ।
सारमा, चेप्टो पृथ्वी सिद्धान्त, सैतानविरूद्ध गुप्त लडाइँको सिद्धान्त र गोरा विस्थापनको सिद्धान्तजस्ता सिद्धान्तहरू मौलाउनुको खास कारण तिनले एउटै पहिचान बोकेको समूहको ध्यान तान्न सक्नु हो । यस्तो पहिचान प्रायः चोटमा परेको हुन्छ । विद्यमान पीरव्यथासँग मेल खान्छ भने जस्तोसुकै झुटो सूचना वा षड्यन्त्रहरू पनि तर्कसङ्गत देखापर्छन् । सामाजिक सञ्जालमा बहसको लागि विषयवस्तु पोस्ट गरे पुग्छ । सहभागीहरूले प्रतिक्रियाहरूको जेलिँदो चक्र बनाउँछन् । यसले झूटो सूचनालाई दृष्टिकोणको रूपमा ठोस बनाइदिन्छ । जमेको यस्तो सूचनाको तथ्य–जाँच गर्न सकिन्न ।
(कार्लोस डायज हाङकेन विश्वविद्यालयका प्राध्यापक हुन् ।)
स्रोत : स्क्रोल डट इन

Leave a Reply

Your email address will not be published. Required fields are marked *