इरानका ‘केही स्थान’ मा अमेरिकी आक्रमण
- असार १५, २०८३
भक्तपुर, २३ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा २०७८ पुस १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म सञ्चालित ६ महिने आधारभूत सिलाइ, ६ महिने पाक शिक्षा तालिम र ६ महिने बुटिक तालिमका प्रशिक्षार्थीहरूलाई बिहीबार प्रमाणपत्र वितरण गर्नुभएको छ ।
कार्यक्रममा प्रमुख प्रजापतिले सीप नभएको व्यक्ति र पढाइ सँगसँगै आफ्नो योग्यताअनुसार रोजगारी नपाएका व्यक्ति सामाजिक र आर्थिकरूपमा पछि पर्ने बताउनुभयो ।
हातमा सीप भएका व्यक्ति जुनसुकै क्षेत्रमा अगाडि बढ्ने बताउँदै उहाँले आधुनिक युगको विकाससँगै प्राविधिक ज्ञानको आवश्यकता पनि बढ्दै गएको छ भन्नुभयो ।
उहाँले आर्थिकरूपमा परनिर्भर देश कहिल्यै पनि स्वतन्त्ररूपमा अगाडि बढ्न नसक्ने औँल्याउँदै हातमा सीप नभएको व्यक्ति कुनै पनि क्षेत्रमा काम नलाग्ने हुँदा युवाहरूले समयसापेक्ष तालिमहरू लिएर आफूलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो ।
महिलाहरू पनि पुरुषसरह सामाजिक र राजनैतिक क्षेत्रमा अगाडि बढ्दै जान सके समाज अगाडि बढ्ने विश्वास व्यक्त गर्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाभित्रका सम्पदाहरू जनसहभागिता र जनश्रमदान पुनःनिर्माण भइरहेको प्रस्ट पार्नुभयो ।
सरकारले युवाहरूको योग्यता, क्षमता र अनुभवलाई अवमूल्यन गरेकै कारण स्वदेशमा रोजगारीको अवसर नपाएको भन्दै उहाँले देशलाई आत्मनिर्भर बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नपाले युवाहरूलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमहरू सञ्चालन गर्दै आइरहेको बताउँदै भक्तपुर नपाले यस आ.व. को नीति तथा कार्यक्रममा आर्थिक अवस्था कमजोर भएका युवा तथा व्यवसायीहरूको लागि उद्यमशीलता कोषको व्यवस्था गरेको बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बेरोजगारीको समस्या समाधान गर्न तालिमको आवश्यकता अपरिहार्य रहेको बताउँदै आत्मनिर्भरता र आत्मसम्मानको लागि पनि तालिमको महत्व धेरै रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नपाका कार्यपालिका सदस्य रोशनमैंया सुवालले नपाबाट सञ्चालित तालिमहरू उपलब्धिमूलक भएको बताउनुभयो भने कार्यपालिका सदस्य छोरीमैंया सुजखु र वडा सदस्य सुमित्रा बोहजू, प्रशिक्षार्थीको तर्फबाट प्रमिला लघु र प्रशिक्षकको तर्फबाट धर्मलक्ष्मी लघुले तालिमको महत्वबारे आ–आफ्नो धारणा राख्नुभयो ।
भक्तपुर नपाको आयोजनामा २०७८ पुस १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म सञ्चालित ६ महिने आधारभूत सिलाइ तालिममा २३ जना प्रशिक्षार्थी, ६ महिने पाक शिक्षा तालिममा २० जना प्रशिक्षार्थी र ६ महिने बुटिक तालिममा ११ जना गरी जम्मा ५४ जना प्रशिक्षार्थीहरूले तालिम प्राप्त गरेका थिए ।
Leave a Reply