भर्खरै :

समस्याग्रस्त बेलायत

जून १५ मा बेलायत सरकारले ‘उत्तरी आयरल्यान्ड प्रोटोकल’ का केही विषयको पालना नगरेको कारण युरोपेली आयोगले मुद्दा सुनुवाइ सुरु गरेको छ । बेलायतबाट अलग हुने धारणा लिने उत्तरी आयरल्यान्ड सिन फिन पार्टीका उपाध्यक्ष मिशेल ओनिलले बेलायत सरकारका गतिविधिबाट उत्तरी आयरल्यान्डमा राजनीतिक अस्थिरता उत्पन्न भएको आरोप लगाउनुभएको छ ।
‘उत्तरी आयरल्यान्ड प्रोटोकल’ बेलायत युरोपेली सङ्घबाट अलग गर्ने सम्झौताको एक भाग हो । उक्त प्रोटोकलअनुसार, बेलायत अलग भएपछि, उत्तरी आयरल्यान्ड युरोपेली एकल बजार र युरोपेली सङ्घको भन्सार सङ्घमा रहनेछ । बेलायत सरकारले यस विषयको परिवर्तन गर्न प्रयास गर्दै आएको छ । युरोपेली सङ्घसँगको छलफल असफल भएको पृष्ठभूमिमा, जून १३ मा बेलायती विदेशमन्त्री एलिजाबेथ ट्रसले संसद्समक्ष प्रस्ताव पेश गरेर एकपक्षीयरूपमा ‘उत्तरी आयरल्यान्ड प्रोटोकल’ का केही भाग संशोधन गर्ने ठोस योजना सार्वजनिक गर्नुभयो ।
केही दिनअघि स्कटल्यान्डका प्रथममन्त्री निकोला स्टर्जनले बेलायत सरकारले सहमति गरेको बेवास्ता गरेर आगामी वर्ष बेलायतबाट अलग हुनका लागि अर्को जनमत गर्ने घोषणा गर्नुभयो । बेलायतको सानो भाग विभाजन हुन खोजिरहेको जानकारी केही मिडियाले दिएका छन् ।
तैपनि, घरेलु द्वन्द्व स्थानान्तरण गर्न खोज्ने वा पहिलेको शाही सपनामा सुतिरहेर बेलायतका राजनीतिज्ञहरूले अझै अन्तर्राष्ट्रिय जगतमा उपस्थितिको भावना निर्माण गर्ने प्रयास गरिरहेका छन् । हालै, अमेरिकालाई पछ्याएर बेलायतले कडा मेहनत गर्दै युरोप, एसिया–प्रशान्तलगायत क्षेत्रमा समस्याको सिर्जना खोजिरहेको छ । आन्तरिक र बाह्य समस्या पहाडजस्तै थुप्रिएका छन्, बेलायती राजनीतिज्ञहरूले सर्वप्रथम आफ्नो समस्याको सामना गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *