भर्खरै :

विश्वको सबैभन्दा ठूलो अराजकताको स्रोत –अमेरिकी साम्राज्यवाद

कोरियाली प्रायद्वीप युद्ध, भियतनाम युद्ध, अफगान युद्ध र दोस्रो विश्वयुद्धपछि ‘विश्वको सबैभन्दा ठूलो अराजकताको स्रोत’ अमेरिका रहेको छ । अमेरिकाले युद्ध अपराधहरूजस्ता विविध किसिमका कुकर्म गरेको छ ।
अमेरिकी ब्राउन विश्वविद्यालयको वाटसन इन्स्टिच्युटले निकालेको ‘युद्धको लागत’ परियोजनाको तथ्याङ्कबमोजिम, अमेरिकाले ‘सेप्टेम्बर ११पछिको युग’ मा सुरु गरेको युद्धमा परी मारिएका सैनिक तथा नागरिकको कुल सङ्ख्या ९.२९ लाखभन्दा बढी छ, र कम्तिमा ३.८ करोड मानिसहरू घरबारविहीन भएका छन् । वास्तवमा उक्त तथ्याङ्क ‘अनुमान’ हो र वास्तविक सङ्ख्या ४.९ देखि ६ करोडको बीचमा हुनसक्ने अड्कल गरिएको छ ।
प्रत्यक्षरूपमा वा युद्धमा भाग लिनुबाहेक, अमेरिकाले प्रायः प्रोक्सी युद्धहरूको समर्थनमार्फत अन्य देशहरूको आन्तरिक मामिलामा प्रत्यक्ष वा अप्रत्यक्ष माध्यमबाट हस्तक्षेप गर्ने, अन्य देशहरूको गृहयुद्धलाई उक्साउने, हतियार र गोली उपलब्ध गराउने र सरकार विरोधीहरूलाई प्रशिक्षण दिने कुरा गरिरहेको छ । ती कदमहरूबाट सम्बद्ध देशहरूको सामाजिक स्थिरता, सार्वजनिक सुरक्षा र स्वस्थ आर्थिक विकासमा गम्भीररूपमा नोक्सान पु¥याइदिएको छ ।
‘विश्वको सबैभन्दा ठूलो अराजकताको स्रोत’, अमेरिका नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *