भर्खरै :

स्वतन्त्र देशको निम्ति क्रान्तिकारी महिलाहरूको पनि योगदान

हामीले साम्राज्यवादी देशहरूले गरिब र अशिक्षित देशहरूमाथि कति निर्मम दमन, अन्याय, अत्याचार गर्दाेरहेछ भन्ने कुरा इतिहासमा पढ्यौँ, सुन्यौँ । त्यस्ता अत्याचारीहरूले शोषित पीडितहरूको, गरिबहरूको मुक्त गरिदिएको र स्वतन्त्रता दिएको इतिहास संसारमा कहीँ पनि छैन । यदि उही बेला अमेरिकी साम्राज्यवादलगायत अन्य पश्चिमी उपनिवेशवादी देशहरूले दुःख दिए, हस्तक्षेप गरे, आक्रमण गरे, अन्याय, अत्याचार गरे भनेर वीर भियतनामी क्रान्तिकारी महिलाहरू चुप लागेर बसेका भए यी अत्याचारीहरू त्यसैले छोडेर जाने थिएनन् । होङथाइ लोन र नेङ छुमिङजस्ता हजारौँ वीर क्रान्तिकारी भियतनामी महिलाहरू आफ्नो देशको मुक्तिको लागि बलिदानको भावनाले लडेकाले अमेरिकीलगायतका सबै साम्राज्यवादी र उपनिवेशवादीहरू भियतनामबाट भागे । यसरी सङ्घर्षबाटै भियतनाम र भियतनामी जनता उनीहरूको पञ्जाबाट मुक्त भए, स्वतन्त्र भए ।
कोरियाली र क्युवाली क्रान्तिकारी महिलाहरूले, दाजुभाइहरूले यिनै साम्राज्यवादी, उपनिवेशवादीहरूबाट धेरै अन्याय, अत्याचार र यातना भोगे । यी अत्याचारीहरूले कोरियाली क्युवाली महिला र पुरुष दुवै लडाकुहरूलाई जिउँदै खसी बोकाझैँ काटेको, आगोमा जलाइदिएको, रक्ताम्य हुने गरी यातना दिएको, बलात्कार गरेको, गर्भवती महिलाको पेटमा बुटले कुल्चेर बच्चा र आमाको हत्या गरेको जस्ता अमानवीय र जङ्गली व्यवहार गरेको कोरियाली र क्युवाली महिलाहरूले बिर्सेका छैनन् । प्रजग कोरियाका किम जङ सुक, किम सङ हाइ, योङ हुईजस्ता वीर क्रान्तिकारी कोरियाली महिलाहरू, क्युवाका दालिया सोटो भ्याली, भिल्मा इस्पिनजस्ता वीर क्रान्तिकारी महिलाहरूको लडाइँले अमेरिकीलगायत अन्य साम्राज्यवादी र उपनिवेशवादीहरू त्यहाँबाट भागे । यो इतिहास हामीले पढेका छौँ, सुनेका छौँ । ती विराङ्गनाहरूले लडेर शत्रुहरूलाई आ–आफ्नो देशबाट भगाएका थिए । ती साम्राज्यवादी र उपनिवेशवादीहरूले विभिन्न नाम र बहानामा आफूहरूले भनेजस्तो गरेनन् भनेर अन्यायपूर्वक थोपरेको नाकाबन्दीको विरुद्धमा ‘समाजवाद या मृत्यु’ भन्ने बलिदानी भावनाका साथ कोरियाली र क्युवाली जनता लड्दै छन् ।
हिजो अमेरिकालगायत सामाज्यवादी देशहरू जापानलगायतका उपनिवेशवादी देशहरूले विभिन्न बहानामा चीनमा उपनिवेश चलाइरहे । देशको स्वाधीनता र सार्वभौम देश बचाइराख्न याङ काइ हुई, उ शु जिङजस्ता हजारौँ चिनियाँ महिलाहरू उनीहरूविरुद्ध लडे र मुक्त भए । त्यस्तै, अन्य एसियाली, अफ्रिकी, ल्याटिन अमेरिकी, युरोपेली देशका क्रान्तिकारी महिलाहरूले साम्राज्यवाद र उपनिवेशवादको विरोधमा लडे । अहिले पनि लड्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *