भेटिकन सिटिजस्तै भक्तपुर नगर
- असार १९, २०८३
नेपाल एक कृषिप्रधान देश हो । हरेक प्राणीहरूको प्राणाधार खाद्यान्न हो । नेपाल कृषि क्षेत्रमा आत्मनिर्भर बन्ने सम्भावना छ । देशलाई पर्याप्त खाद्यान्न पूर्ति गर्न नसक्नुको खोजी गर्नु हामी सबै नेपालीको जिम्मेवारी हो । कृषि उत्पादनबिना देशले कुनै पनि विकासको परिकल्पना गर्नु व्यर्थ छ । पूर्वकालदेखि वर्तमानसम्मको कृषि कर्म र उत्पादनलाई हेर्दा भक्तपुर र भक्तपुरवासी कृषकको योगदान अविस्मरणीय छ । नेपालको वातावरण कृषि उत्पादन सुहाउँदो छ । यहाँका खाद्यान्न उत्पादनको मात्रा कम बढी भए पनि महत्वको दृष्टिले अमूल्य छ । यसबाट विदेशीहरू पनि आकर्षित भएका छन् । यहाँ फरकफरक वातावरण छन् । ती वातावरणअनुसार माटोमा उम्रेका, बढेका र फुलेका खाद्यान्न यहाँ धेरै पाइन्छ ।
‘चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिँड’ भनेझैँ पुर्खाका कृषकहरूले कृषिको महत्वलाई बुझेर जसरी निरन्तरता दिएका थिए, कृषिप्रति उनीहरू जति बफादार थिए त्यति अहिलेका कृषकहरू छैनन् । अहिले नेपालको कृषि गराइले असल कृषिमा खारिएका कृषकको अनुभव खोजिरहेको छ । भक्तपुर जिल्लाका कृषक र उनीहरूको कृषि उत्पादन शैलीले धेरै अर्थमा मिल्दोजुल्दो छ । हाम्रा पुर्खादेखि अहिलेसम्म भनिँदै आएको छ, कान्तिपुर धनको बास, ललितपुर विद्याको बास र भक्तपुर अन्नको बास । अन्नको भण्डार मानिने भक्तपुर जिल्लाका ७० प्रतिशत जनता अहिले पनि कृषि पेसामा नै आबद्ध छन् । पूर्वकालदेखि नै भक्तपुरको हनुमन्ते त्रिवेणी स्थल पुण्त्ूमिको रूपमा रहेको पाइन्छ । त्यसैले, यस ठाउँमा धेरै ऋषिमुनिहरूको आगमन भइरहन्थ्यो । ऋषिमुनिका साथमा भक्तजनहरू हुने गर्थे । त्यसै भएर यसलाई भक्त गाउँको रूप मान्न सकिन्छ । भक्तपुरका किसानहरूले कृषि उत्पादनमा आफ्नो सम्पूर्ण शक्ति खर्च गरेका हुन्छन् ।
कृषि पेशाका लागि जुन लगनशीलता र इमानदारिता चाहिन्थ्यो, त्यो भक्तपुरका किसानमा पाइन्छ । धर्मग्रन्थहरूमा किसानलाई प्राणदाताको रूपमा चिनिन्छ । भक्तपुरका किसानहरू कृषि उत्पादनतिर नै लागिरहेकाले यिनीहरूलाई प्राणदाता मानिन्छ । यहाँका किसानहरू जिल्लाका किसानहरूका लागि प्रेरणाका स्रोत हुन् ।
कृषि विषय पढेका र कृषि गरी अनुभव बटुलिएका व्यक्ति वास्तविक किसानका उदाहरण र प्रेरक व्यक्ति हुन् । कृषि बाली लगाएरमात्र पुग्दैन यसको लगनशीलता, जागरूकता र दायित्वबोध हुनु जरूरी हुन्छ । जुन कुरा भक्तपुरका किसानमा पाइन्छ । भक्तपुरको नाम भक्तपुर कसरी रह्यो भन्ने थप केही कुरा गर्नु यहाँ सान्दर्भिक देखिन्छ । पहिला भक्तपुरलाई भक्त गाउँ भनिन्थ्यो रे । त्यसपछि भाद गाउँ भनिन थाल्यो, अहिले त्यही भाद गाउँलाई भक्तपुर भन्ने गरिन्छ । भक्तको अर्थ ‘उपासक’ र पुरको अर्थ ‘सहर’ भन्ने बुझिन्छ ।
किसानहरू रातदिन साँझ बिहान कृषि कर्ममा नै व्यस्त रहन्छन् । उनीहरू कुनै बेला कुनै ठाउँमा देखिए पनि खास आफ्नो खेतबारी नै बढी सम्झन्छन् । उनीहरूको हातमा विविध कृषि औजार देखिन्छ । आफूले बोकेको खर्पनमा काखे बच्चा राखेको देखिन्छ । आफ्ना हातमा कतै कृषिऔजार हुन्छ त कतै भेँडा–बाख्रा डो¥याएको देखिन्छ । आफ्ना साना ठूला घरहरू हुन्छ तर त्यो घर रातको मात्र हो । दिनको घरखेत बारी नै हो । यिनको खानपिन लवाइ, धर्म र इमानदारी पुख्र्यौली नै छ । किसानहरू अष्टमातृकाको प्रसादको रूपमा आठ तुना भएका भोटो, दौरा सुरूवाल, इष्टकोट, चोली, पटासी, पटुका, खास्टो, पछ्यौरी, कालो टोपीमा सजिएका हुन्छन् । यिनीहरू कतिपयले त आफ्नै घरमा कपडा बुन्ने तान पनि राखेका हुन्छन् । उनीहरूको कृषि उत्पादन नेपालकै नमुना खालको देखिन्छ । कुन माटोमा के जातको बीउ फस्टाउँछ, कुन सिजन चाहिन्छ भन्ने अनुभव उनीहरूमा छ । खेतबारीमा लगाएका बीउमा उम्रेर बिस्तारै पातहरू छोडेपछि बोट बढ्दै जाँदा बिरूवालाई बढी मात्रामा चाहिने मलजल, गोडमेल, उपचारका आवश्यकताहरू आफ्नो अनुभवले गरेको देखिन्छ ।
बाली बिरूवा बढ्दै जाँदा धान मकैका बाला घोगा छुटिएपछि ठूलो हुरी बतासले त्यस्ता बाली ढालेर नोक्सान हुन्छ । लडेका मकैका बोटलाई ठाडो गरी बाँधेर माटोले भर दिई किसानहरू नोक्सानीलाई जोगाउँछन् । धानका बाला झुलेर माउ बोटले थाम्न नसकी लडेका बोटको मुठा बाँधी बोट उठाउने कला भक्तपुरका किसानसित छ । बाली लगाउने र भित्र्याउने काममा उनीहरू एकजुट भएर भारापर्म गरेका हुन्छन् । यो पनि कृषिको लागि राम्रो पक्ष हो । पानीका माछा, खुला आकासमा चराहरू स्वतन्त्ररूपमा रमाएझैँ यिनीहरू हिलोधुलो घामपानीमा आफ्ना खेतबारीमा रमाउँछन् ।
धार्मिक दृष्टिले पनि भक्तपुरका किसानहरू अगाडि नै छन् । साँझ बिहानको समय देवदेवीहरूको पूजा गरी देव बाजा बजाउँदै भजनकीर्तनमा रमाएका देखिन्छन् । यो परम्परालाई यहाँका किसानहरूले संस्कृतिको रूपमा जीवित तुल्याएका छन् । यस स्थलका मठमन्दिर, तीर्थ स्थल र दरबार देखेर उनीहरू औधि खुसी हुन्छन् ।
२०२५ सालपूर्वको भक्तपुर बजार वरिपरिका खाद्यान्नको स्वाद र पौष्टिकताको महत्व छुट्टै थियो । त्यतिबेला हनुमन्तेदेखि शङ्खमूल, मनोहरा, बोडे, नगदेश, थिमि, मेथिबारीसम्मका आलु, काउली, बन्दा, चम्सुर, पालुङ्ग, सुप गाजर, गोलभेँडा, मुला, गाठेमुला, फर्सी, घिरौला, तितेकरेला, धनियाँ, तोरी–रायोको साग, बकुला, लसुन, प्याजजस्ता खाद्यपदार्थ उत्पादन थियो र छ पनि । यी खाद्यान्न तरकारी राज भण्डारकै दैनिक ८४ व्यञ्जन खानाका परिकार बन्थे । यतिमात्र होइन राजधानीका चारै दिशामा हुने विवाह, व्रतबन्ध र अन्य चाडपर्वमा आवश्यक खाद्य पदार्थ यहीबाट वितरण गरिन्थ्यो । यी खाद्यान्न लिन टाढा गाउँहरूबाट पैदल आउने गर्थे । यस्ता थोकहरूको उत्पादन र वितरण अहिलेजस्तो सबै ठाउँमा उपलब्धि हुँदैनथ्यो । त्यस्तो अवस्थामा पनि भक्तपुरका किसानले किन र कसरी उत्पादनलाई निरन्तरता दिन्थे, यसलाई कसरी विकास गरेका थिए भन्ने कुरा अहिले खोज अनुसन्धानको विषय बनेको छ । यिनीहरूले कृषि खाद्यान्न उत्पादनमात्र होइन गाई भैँसी पालेर तिनको दूधबाट पूर्वसमयदेखि नै अहिलेसम्म जुजु धौ नामको स्वादिष्ट र शक्तिवद्र्धक दही बनाई सबैको मन जित्न सफल बनेको छ ।
भक्तपुरका किसानहरू आफ्ना पुर्खाले गरेजस्तै कृषि बाली बढी भित्र्याउन ज्यानको कुनै पर्वाह नगरी काम गर्न सिपालु छन् । उनीहरूले बाँस या काठको भ¥याङ बनाई जमिनको कालो माटो झिकेर आफ्ना खेतबारीमा राखी खेती गर्छन् ।
अहिले पनि नेपालका अधिकांश जनता कृषिमा नै आबद्ध छन् । तर, कृषिमा अनुभवी र परिश्रमी किसान भने आधा पनि पाउन गा¥हो छ । किनकि, कृषि धेरै परिश्रम गर्नुपर्ने व्यवसाय भएकोले कृषि छोडी अन्य काम खोज्नेहरूको सङ्ख्या वृद्धि हुँदै छ । त्यसैले किसानको महत्व बुझ्न र उनीहरूलाई कृषितर्फ प्रोत्साहन गर्न किसानहरूमा वर्गीकरण गर्न आवश्यक देखिन्छ ।
कृषिको महत्व तथा किसानको गरिमा झल्काउने गरी प्रथम एसियाली नोबेल पुरस्कार विजेता कवि रवीन्द्रनाथ टेगोरले व्यक्त गरेको विचार सा¥है महत्वपूर्ण छ । उनले भनेका थिए, तिमीहरूलाई ईश्वर देख्नु छ भने किसानले जेठ महिनाको मध्याह्नमा तालुको पसिना, कुर्कुचासम्म पु¥याएको ठाउँमा गएर हेर ¤ यस भनाइले किसानलाई ईश्वरको अर्को अवतारको रूपमा अथ्र्याइएको छ । वास्तवमा किसानले सबैको भलो गर्दछन् । किसान राष्ट्रका अमूल्य गहना हुन् । प्राणीका अन्नदाता हुन् । किसानहरू आफू बाँचेर अरूलाई बचाउने गर्छन् । उनीहरू खेलाडीजस्तै अनुशासित, मौरीजस्तै परिश्रमी र अर्जुनजस्तै पौरखी हुन्छन् ।
यसै सन्दर्भमा कवि दैवज्ञराज न्यौपाने भन्छन्, म एउटा गीत हुँ, यस्तै कर्मयोग सिकाउने आफू बाँचेर धर्तीमा अरूलाई बचाउने ।
Leave a Reply