स्वतन्त्रताका लडाकु प्याट्रिस इमेरी लुमुम्बा –२
- असार १९, २०८३
थोरै समयमा धेरै काम देखाउन हतारमा गरेको सरकारको अदूरदर्शी निर्णय र काम कारबाहीले जनतामा असन्तोष बढ्नु र नकारात्मक असर पर्नु स्वाभाविक हो । अधिकांश सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किरहेको बेला सरकारले ढिलो गरी विद्यालय सञ्चालन गर्ने र दुई दिनको बिदा दिने निर्णय ग¥यो । यसले पढाइमा असर पार्छ । अस्पताल, विद्यालय, कलेज, एम्बुलेन्स, वारुणयन्त्र, सरसफाइ, विद्युत् कार्यालय, खानेपानीजस्ता जनताको जीवनसित सम्बन्धित सङ्घ संस्थामा दुईदिने बिदा दिन नहुने विश्लेषण सरकारले बिदा दिएलगत्तै चर्चामा आएको हो । यी सङ्घ संस्थाहरू जनताका जल्दाबल्दा समस्यासित मात्र सम्बन्धित मात्र होइन जीवनमरण र आगजनीसित पनि सम्बन्धित छन् । दुईदिने बिदाले यी संस्थामा कर्मचारीको अभाव हुन्छ । बिदाकै विषयमा कर्मचारीहरूबिच विवाद हुन्छ । अहिले यस्तो विवाद र झडप स्कूल र अस्पतालमा भइरहेको बेलाबखत सञ्चारमाध्यममा आएको छ ।
सरकार आफैले तय गरेको योजना समयमा लागू गर्न नसक्दा नेपाल अहिलेसम्म साक्षर देश बनेको छैन । विद्यालयमा आवश्यक विषय शिक्षकमात्र होइन शैक्षिक सामग्री र भौतिक साधनको अभाव छ । विद्यालयको लागि चाहिने सबै जनशक्ति र स्रोत–साधनको व्यवस्था राजधानी र ठुलठुला सहरमा केन्द्रित विद्यालयमा पनि मात्र होइन दुर्गम या विकट स्थानमा रहेका विद्यालयमा हुनुपर्छ । विद्यालयमा आवश्यक पूर्वाधारहरू तयार गर्नुपर्छ; स्रोत र साधन हुनुपर्छ; जनशक्ति पुग्नुपर्छ । विद्यालयमा रहेका शिक्षकहरू पनि जिम्मेवार हुनुपर्छ; आ–आफ्नो पद र मर्यादाको ख्याल गरी विद्यालय बनाउने, विद्यार्थी जुटाउने र शैक्षिक स्तर उकासिनेतर्फ लाग्नुपर्छ । विद्यालय जाने बाटोघाटो, विद्यालयमा बिजुली, खानेपानी आदिको बन्दोबस्त हुनुपर्छ । विद्यार्थी रहे पनि नरहे पनि, आए पनि नआए पनि वास्ता नगर्ने प्रधानाध्यापक र शिक्षकहरूकै कारणले पनि विद्यालयको शैक्षिक स्तर खस्केको हुनसक्छ ।
असार १७ गते प्रकाशित ‘कान्तिपुर’ दैनिकमा लेखियो, ‘कसरी ध्वस्त पारियो सामुदायिक विद्यालय ?’ दुर्दशा सामुदायकि विद्यालयमा मात्र होइन, विश्वविद्यालय या उच्च शिक्षालयमा पनि छ । हो, विद्यालयमा राजनीतिक भागबन्डाको आधारमा शिक्षक नियुक्ति गर्नु हुँदैन । राजनीतिक पार्टी, निजी पहुँच, घुस आदिका आधारमा शिक्षक नियुक्ति गर्दा शिक्षकको योग्यतामाथि प्रश्न उठ्न सक्छ । अतः विद्यालयको स्थिति सुधार्न विद्यालयका सबै शिक्षक, व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवीहरूको उत्तिकै हात हुन्छ । त्यस कार्यमा अभिभावक, स्थानीय जनता र स्वयं विद्यार्थीहरू जिम्मेवार हुनुपर्छ । पढाइप्रति चासो नराख्ने, विद्यालयमा नियमित नपुग्ने, विद्यालय गए पनि बिचमा छोडेर भाग्ने, कक्षमा गफ हाँक्ने, हल्ला गर्ने विद्यार्थीको पढाइ स्तर कसरी उठ्छ ? कति दुर्गम र विकट ठाउँमा विद्यार्थीसँग झोला हुँदैन; झोला भए पनि प्वाल परेको हुन्छ । खुट्टामा जुत्ता हुँदैन; विद्यालय पोशाक हुँदैन; स–साना बालबालिकाले पनि घर–खेतको काम गर्नुपर्ने, गाईवस्तु चर्न जानुपर्ने, गाई गोठ सोहर्नुपर्ने, घाँस काट्न जानुपर्ने बाध्यता हुन्छ । त्यस्ता विद्यार्थीहरूको पढाइ स्तर कसरी हुन्छ ? आफ्ना सन्तानलाई अभिभावकले हेर्ने फूर्सद हुँदैन । कति अभिभावक बिदेसिएका हुन्छन् त कति आफ्नै घरधन्दामा व्यस्त हुन्छन् । यी यावत समस्याले गर्दा पनि विद्यार्थीको शैक्षिक स्तर नभएको आकलन गरिएको छ ।
सरकारी विद्यालयको शैक्षिक स्थिति खस्किएकोमा शङ्का छैन । तर, यो सबै सरकारी विद्यालयमा लागू हुँदैन । कति सरकारी या सामुदायिक विद्यालय पनि निजी स्कूलभन्दा राम्रा छन्† शैक्षिक स्थिति पनि राम्रै छन् । विद्यालयको शैक्षिक स्तर राम्रो या नराम्रो हुनुका सबै कारण शिक्षकमात्र होइनन् । विद्यार्थी अनुत्तीण हुनुको सबै दोष शिक्षकको टाउकोमा खन्याएर मात्र हुँदैन । शिक्षकहरू योग्य र विषयविज्ञ हुनुपर्नेमा सन्देह छैन । शिक्षकहरू विद्यालयमा नियमित पुग्नुपर्छ; अध्ययन, अध्यापन गराउनुपर्छ । विद्यार्थीको पढाइमा मतलब नराखी शिक्षक विद्यालयमा नियमित पुग्दैन; पुगेर पनि पढाउँदैन भने विद्यार्थी पढाइमा कमजोर हुनसक्छ । तर, कति विद्यार्थी स्कूलमा नियमित जाँदैनन्; नियमित गएर पनि पढाइप्रति ध्यान नदिई गफिरहन्छन्; चलिरहन्छन् । पढाइमा भन्दा अर्कै विषय र क्षेत्रमा उसको ध्यान गएको हुन्छ अर्थात् दिमाग ठाउँमा हुँदैन । कक्षाकार्य, गृहकार्य नगर्ने, कुनै अभ्यास नगर्ने पढाइप्रति चासो नराख्ने विद्यार्थीको शैक्षिक स्तर स्वाभाविक रूपमा कमजोर हुन्छ । जो जहाँबाट कमजोर भए त्यसको समाधानको उपाय खोज्नुपर्छ । यसमा सबै पक्ष गम्भीर हुनुपर्छ । एकले अर्कोलाई दोष पन्छाएर आफू सज्जन बन्दैन । हरेक गल्ती र कमजोरी सुधार्दै अघि बढ्नुपर्छ । अघि बढेर समस्या सुल्झाउनुपर्छ ।
Leave a Reply