वार्तामा खामेनीको स्वीकृति रहेको पेजेस्कियानको दाबी
- असार १९, २०८३
जनताको दबाबको अगाडि उपनिवेशवादीहरू झुक्न बाध्य भए । १३ जनवरी, १९५९ को दिन बेल्जियमको राजा बाउडोविन (Baudowin) ले कङ्गोली जनतालाई स्वाधीनता दिने एक अस्पष्ट आश्वासन दिए ।
तर, लुमुम्बा र उनका समर्थकहरूले आफ्ना प्रयत्नहरूलाई दिन दुगुना रात चौगुनाले त्यही समयमा धेरै सहर र जिल्लाको भ्रमण गर्दै जनसभा एवं प्रदर्शनहरू गरे तथा आफ्नो दलको प्रान्तीय र जिल्ला समितिहरू पनि गठन गर्दै गए । त्यो एक प्रकारको विजय यात्रा थियो । कङ्गोको दक्षिण–पूर्वको एक नगर इलिजावेथभिली
(Elizabethville) मा शोम्बे (Tshombe) भन्ने उपनिवेशवादी समर्थक नेताको कोनाकट दल (Konakat Party) को आधार क्षेत्र थियो । त्यहाँ खनिज युनियन (Union Miniere) को बलियो गढ थियो । त्यहाँ लुमुम्बाको भाषण सुनेपछि उपनिवेशवादीहरूको कठपुतली शोम्बेप्रति स्रोताहरूले घृणा गर्न थाले । त्यसबेला लुमुम्बाको भाषणको सिद्धान्तको सार नै कङ्गोको तत्काल र बिनासर्त स्वाधीनता थियो । अप्रिल १९५९ मा लुलुआवर्ग (Luluaburg) भन्ने ठाउँमा कङ्गोली राजनैतिक पार्टीहरूको एक महाधिवेशन भयो । त्यहाँ पनि उनले तत्काल स्वाधीनताको मागलाई पारित गर्न जोड गरे तथा १ जनवरी १९६१ मा कङ्गोली सरकार घोषणा गर्ने प्रस्तावलाई बैठकबाट एक मतले पारित गराए ।
अक्टोबर १९५९ मा कङ्गो राष्ट्रिय आन्दोलन (CNM) अर्थात् लुमुम्बाको दलको महाधिवेशन उत्तरी प्रान्तको राजधानी स्टेन्लीभिलीमा भयो । त्यहाँ महाधिवेशनले लुमुम्बाको नेतृत्वमा कङ्गोलाई तत्काल स्वाधीनता प्रदान गर्न कङ्गोली र बेल्जिमेली प्रतिनिधिहरू ढिलो नगरी बैठक बस्नुपर्ने प्रस्ताव पारित गर्यो । पारित प्रस्तावहरूमध्ये एउटा प्रस्ताव अधिकारीहरूलाई अफ्रिकीकरण गर्नु थियो । कङ्गो राष्ट्रिय आन्दोलन (CNM) को दृढ अडान र मागको कारण बेल्जिमेली औपनिवेशिक अधिकारीहरू तर्सेर तिनीहरूले जानाजानै अशान्ति र अव्यवस्था भड्काए । बेल्जिमेली सेनाका अधिकारीहरूले कङ्गोलीहरूको एक हुलमाथि गोली वर्षा गरे तथा त्यसमा केही कङ्गोलीहरू हताहत भए । केही दिनपछि लुमुम्बालाई विद्रोह ‘भड्काएको’ आरोपमा पक्राउ गरी कारागारमा चुने । तर, दमनले सजिलै कङ्गोली जनताको स्वाधीनताको छिटछिटो बढिरहेको आन्दोलन रोक्न सक्ने कुरै थिएन । लुमुम्बाको पक्राउले जनता तर्सिनुको सट्टा झन् दृढ सङ्घर्ष चर्किन थाल्यो ।
कङ्गोका प्रगतिशील जनताको दबाब तथा तत्काल स्वाधीनताको मागको देशव्यापी ज्वारसँग जुझ्न बेल्जिमेली सरकारले स्वाधीनता प्रदान गर्न, संविधान र भविष्यको राज्यको स्वरूप निर्धारण गर्न जनवरी १९६० को अन्तमा कङ्गोली राजनैतिक नेताहरूसँग ‘सर्वदलीय सम्मेलन’ (Roundtable Conference) गर्ने घोषणा गर्यो । तर, लुमुम्बा जेलमा थिए । १८ जनवरी १९६० को दिन हतकडी लगाएर उनलाई गुप्तरूपले स्टेन्लीभिलीबाट जाडोट्भिली (Jadotville) लगिए । जाडोट्भिली कटाङ्गा प्रान्तको महत्वपूर्ण औद्योगिक केन्द्र र मुख्य खानी युनियन (Union Miniere) को गढ थियो ।
बेल्जिमेली अधिकारीहरूले लुमुम्बाबिना नै ‘सर्वदलीय सम्मेलन’ गर्न खोजेका थिए । तर, उनको अनुपस्थितिमा कङ्गोको भविष्यबारे निर्णय गर्न खोज्नु असम्भव थियो । जाडोट्भिलीमा लगिएको दुई दिनपछि नै उनी फेरि बेल्जियमको राजधानी ब्रुसेल्स (Brussels) मा विमानद्वारा लगिए । त्यहाँ वार्ता सुरु भइसकेको थियो ।
सर्वदलीय सम्मेलनमा कङ्गोलीहरूको तर्फबाट थरीथरीका प्रतिनिधिमण्डलहरूले भाग लिएका थिए । बेल्जिमेलीहरूले प्रगतिशील प्रतिनिधिहरूभन्दा ‘शिष्टहरू’ (Moderates) धेरै ठुलो सङ्ख्यामा बन्दोबस्त गराएका थिए । ८१ कङ्गोली प्रतिनिधिहरूमध्ये ‘राष्ट्रिय प्रगति पार्टी’ (National Progress Party-NPP) का २२ जना सदस्य थिए । त्यो पार्टीलाई औपनिवेशिक अधिकारीहरूबाट औपचारिकरूपले नै आर्थिक सहयोग गरिएको थियो भने उपनिवेशिवादीहरूको दृष्टिकोण अघि साथ्र्याे । बेल्जिमेली उपनिवेशवादीहरूले आफ्नै सर्तहरू थोप्ने आशा गरेका थिए । तर, लुमुम्बाको उपस्थितिले तिनीहरू निराश भए । ३० जून, १९६० को दिन कङ्गोको स्वाधीनता घोषणा गर्ने गरी सम्मेलनको समापन भयो ।
सन् १९६० को वसन्त ऋतुभरि नै प्याट्रिस लुमुम्बा कङ्गोको पहिलो संसद्को निर्वाचनको तयारीमा व्यस्त रहे । १७ देखि १९ मईमा भएको निर्वाचनमा लुमुम्बाको कङ्गो राष्ट्रिय आन्दोलन (CNM) ले अत्यधिक स्थानहरू प्राप्त ग¥यो । कङ्गोका अरु दलहरूले भन्दा बढी उनको दलले ३४ स्थान हासिल गर्यो । आफ्ना मित्र दलहरूमा अफ्रिकी ऐक्यबद्धता पार्टी (African Solidarity Party-ASP), सीएफआरईए (CFREA), बालुवाकाट (Balubakat) र अन्य दलहरू थिए । अफ्रिकी ऐक्यबद्धता पार्टी (ASP) का नेता आन्टोनी गिजेंगा (Antoine Gizenga) थिए । कङ्गो राष्ट्रिय आन्दोलनले संसद्मा बहुमत प्राप्त गर्यो तथा लुमुम्बालाई पहिलो कङ्गोको सरकार निर्माण गर्न विश्वासको मत प्राप्त भयो ।
स्वाधीन कङ्गो
३० जून, १९६० को दिन कङ्गोका जनताको निम्ति एक ऐतिहासिक दिन थियो । प्याट्रिस लुमुम्बाले देशको स्वाधीनताको घोषणा गरे । कङ्गो सार्वभौम गणतन्त्रको सरकार प्रमुखको रूपमा उनको पहिलो भाषणलाई जनताले सा¥है उत्साहपूर्वक ग्रहण गरे । उपनिवेशवादीहरू भने त्रास र भ्रममा परे । एक सच्चा देशभक्त र आफ्नो देशको सुखको अत्यन्त इच्छा राख्ने नेताको रूपमा प्याट्रिस लुमुम्बाले त्यस दिन कङ्गोमा सदाको लागि औपनिवेशिक दासता अन्त भएको घोषणा गरे ।
३० जून, १९६० को दिन कङ्गोको स्वतन्त्रताको घोषणामा प्याट्रिस लुमुम्बाले भने, “कङ्गोको स्वाधीनता सम्पूर्ण अफ्रिकी महादेशको मुक्तितिरको एक निर्णायक पाइला हो ।”
“दृढतापूर्वक राष्ट्रिय अर्थतन्त्रको निर्माणको कार्यमा लाग्न र हाम्रो आर्थिक स्वाधीनता सुनिश्चित गर्न म सारा कङ्गोली नागरिकहरू, सज्जन, महिला एवं युवाहरूलाई आह्वान गर्दछु ।”
१९६० हाम्रो वर्ष
२५ अगस्ट १९६० को दिन लियोपोलमिली (Leopoldville) मा सम्पूर्ण अफ्रिकी सम्मेलन भएको थियो । त्यस सम्मेलनको उद्घाटन भाषणमा उनले भने, “१९५८ डिसेम्बरमा आक्रा (Aecra) मा भएको पहिलो अफ्रिकी जनताको सम्मेलनदेखि हाम्रो महादेशको मुक्तिको सम्पूर्ण बाटोमा हामीले अनेक बाधा–व्यवधान खप्यौँ ।”
आक्राको सम्मेलनपछि अङ्गोला, अल्जेरिया, कङ्गो, केन्या, मोजाम्बिक, न्यासालायन्ड (Nyasaland) र रोजेशिया तथा आज रुआन्डा–उरुन्डीका जनताको मुक्ति सङ्घर्षको ज्वारलाई तपाईँहरू सम्झनुहोला ।
सम्मेलनले एक शिखर सम्मेलनको तयारी गरी तलका विषयहरूमा ध्यान दिने थियो –
१) सम्पूर्ण अफ्रिकी शिविरको व्यापक सङ्घर्षमा सारा अफ्रिकी राज्यहरूको बिनासर्त समर्थन,
२) साँचो स्वाधीनताको प्राप्तिको उद्देश्यको निम्ति तटस्थताको नीति,
३) सांस्कृतिक आदानप्रदानबाट औपनिवेशिक बाधा अवरोधहरूलाई हटाउने,
४) अफ्रिकी राज्यहरूबिच व्यापार सम्झौताहरू,
५) युरोपेली साझा बजारप्रति अफ्रिकाको स्थिति,
६) सैनिक–सहकारी,
७) सम्पूर्ण अफ्रिकी राज्यहरूको सहयोगमा लियोपोल्डभिलीमा एक शक्तिशाली रेडियो स्टेसनको निर्माण गर्ने,
८) लियोपोल्डभिलीमा एक अनुसन्धान केन्द्र स्थापना गर्ने ।
त्यस भाषणमा प्याट्रिस लुमुम्बाले बेल्जिमेली साम्राज्यवादी शक्ति र मुक्तिका शक्तिहरूबिच सङ्घर्ष भइरहेको र कङ्गोको सङ्कटको उल्लेख गरेका थिए । त्यसबारे संयुक्त राष्ट्र सङ्घप्रति उनले विश्वास जाहेर गरेका थिए । उनले भ्रातृत्वपूर्ण समर्थनको निम्ति राष्ट्रपति बोर्गुइबा (Bourguiba), महामहिम मोहमद पाँचौँ (His Majesty Mohammed V), राष्ट्रपति सेकु तुरे (Sekou Toure), राष्ट्रपति ट्युबमान (Tubman), राष्ट्रपति एनक्रुमा (Nkrumah) र राष्ट्रपति नासीर (Nasser) तथा महामहिम हेल सीलासी (His Majesty Hails Selasie) को निमन्त्रणालाई भौतिक असुविधाको कारण उत्तर दिन नसकेकोमा दुःख प्रकट गरे ।
कटाङ्गा एक झूटा समस्या
३१ अगस्ट, १९६० को दिन लियोपोल्डभिलीमा भएको अखिल अफ्रिकी सम्मेलनको समापन भाषणमा प्याट्रिस लुमुम्बाले भने, “उपनिवेशवादीहरूले एक झूटा समस्या खडा गरेका छन् । तपाईँहरूलाई पनि थाहा छ त्यो कटाङ्गा (Katanga) नाटक हो, त्यसले हाम्रो राष्ट्रिय स्वाधीनताका विध्वंशकारीहरूको सम्पूर्ण सदरमुकामलाई लुकाएको छ । आफ्नो भाषणमा उनले कटाङ्गा समस्या पूरै नियोजितरूपले गरिएको व्यवस्थित प्रचारहरूबाट प्रस्ट भएको बताए । त्यसबारे न्युयोर्कमा संयुक्त राष्ट्र सङ्घलाई राम्रो अवगत गराएको बताए ।
१९६० अगस्ट महिनामा कङ्गोली युवाहरूको माझमा युवाहरूका लडाकु भावना, देशभक्ति, उपनिवेशवादविरोधी सङ्घर्षलाई उच्च मूल्याङ्कन गरे । ४ जनवरीको दिन लियोपोल्डभिली (LeopoldVille) मा आक्रमणको विरोधमा गरेको युवा प्रतिरोधको उनले प्रशंसा गरे ।
उनले कङ्गोका युवाहरू पार्टीगतरूपले होइन बरु कङ्गोली नागरिकको रूपमा सरकारले ३०० युवाहरूलाई संरा अमेरिका, १५० जना सोभियत सङ्घमा र २० जना क्रिमिया (Crimea) र अन्य देशमा अध्ययन गर्न पठाउने बताए ।
जुलाई १९६० मा प्रेस वक्तव्य
लियोपोल्डभिलि (Leopoldville) मा विदेशी प्रेस सङ्गठन (Foreign Press Association) मा प्याट्रिस लुमुम्बाले दिएको प्रेस वक्तव्यमा भने, “कङ्गो बेल्जियमसँग समानताको सिद्धान्तमा घनिष्ठ र सहयोग गर्न तयार छ, तर हाम्रो देशको मालिक साम्राज्यवादीहरूलाई बनाउन हामी तयार छैनौँ ।”
२८ जुलाई १९६० को दिन वासिङटनमा प्याट्रिस लुमुम्बाले सोभियत समाचार संस्था तास (Tass) को संवाददातालाई एक अन्तर्वार्ता दिए ।
प्रश्न थियो, “संरा सङ्घको सुरक्षा परिषद्ले तत्काल कङ्गोबाट आफ्नो सेना बेल्जियमबाट फर्काउनुपर्ने निर्णयबारे तपाईँको के राय छ ?” उनको उत्तर थियो, “१४ जुलाईको दिन सुरक्षा परिषद्ले बेल्जिमेली सेना फिर्ता लिने निर्णय गर्यो र संरा सङ्घले आफ्नो सेना कङ्गो पठायो । तर, बेल्जिमेली सेनाले कङ्गोको हजारौँ राष्ट्रिय सेनाका जवानहरू र सयौँ कङ्गोली नागरिकहरूलाई गोली हानेर मार्यो । पश्चिमी देशहरूले कङ्गोबाट उपनिवेशवादी बेल्जिमेली हटाउनेबारे एक शब्द बोलेनन् र एकजना पनि बेल्जिमेली सेना फर्काएको छैन ।”
सुरक्षा परिषद्ले जुलाई १४ र २२ मा आधा मनले मात्र बेल्जियमलाई आफ्नो सेना फिर्ता लान निर्णय गरेको थियो । कङ्गोसित बेल्जिमेली सेनालाई फर्काउन सक्ने हातहतियार थिएन ।
अर्को प्रश्न थियो, कटाङ्गा (Katanga) को स्थिति कस्तो छ ? सोम्बे (Tshombe) ले भर्खरै घोषणा गरेको तथाकथित हुट्नेबारे तपाईँको के राय छ ?
उत्तर थियो, कटाङ्गाको समस्या कहिल्यै थिएन । साम्राज्यवादीहरू यस देशको सम्पदा शोषण गरिरहन चाहन्छन् । उपनिवेशहरूमा साम्राज्यवादीहरूको आ–आफ्ना दलालहरू हुन्छन् । खास गरेर सोम्बे बेल्जिमेली साम्राज्यवादीहरूको दलाल हो । उसले भनेको र उसले लेखेको भनाइ उसका होइनन् । ऊ त खाली बेल्जिमेली उपनिवेशवादीहरूको थुतुनो हो । ऊ पहिलेका कङ्गोका उपनिवेशवादी कम्पनीहरूको व्यापारी हो । ऊ एक भ्रष्टाचारी (Zoo Chontion) र बैङ्क घोटाला (Overdropts) गर्ने व्यक्ति हो भन्ने कुरा थोरैलाई थाहा छ । ऊ एक करोड बेल्जिमेली फ्रैङ्क (Ten million Belgian francs) भन्दा बढीको मालिक हो । उसमाथि मुद्दा चलाइने भएको थियो । तर, परिस्थितिअनुसार बेल्जिमेलीहरूले उसलाई ‘माफी’ दिए र त्यसबेलादेखि ऊ तिनीहरूको आदेश पालन गर्ने आज्ञाकारी भयो ।
जनता सरकारको पक्षमा
५ सेप्टेम्बर १९६० मा प्याट्रिस लुमुम्बाले एक रेडियो सन्देश दिए, ‘भर्खरै राष्ट्रप्रमुख जोसेफ कासभुवु’ (The head of State Mr. Joseph Kasavubu) ले राष्ट्रिय रेडियोमार्फत मैले नेतृत्व गरेको सरकार भङ्ग गर्नुपर्ने बताएको छ ।
यो सूचनालाई म सरकार र सम्पूर्ण राष्ट्रको तर्फबाट औपचारिकरूपले अस्वीकार गर्छु ।
राष्ट्रप्रमुखसँग यसबारे सरकारसँग कुनै कुराकानी भएको छैन । यो सरकार लोकतान्त्रिक ढङ्गले राष्ट्रले चुनेको सरकार हो र संसद्मा सर्वसम्मत विश्वासपात्र छ । जनताको विश्वास गुमेपछि मात्रै सरकारलाई भङ्ग गर्न सक्छ । आजसम्म सरकारमाथि जनताको विश्वास प्राप्त छ र सम्पूर्ण जनताको समर्थन छ ।
कम्युनिस्टको आरोप
३२ जुलाई १९५० को दिन एक फ्रान्सेली प्रचारमाध्यम (France–Soir) को संवाददातालाई एक अन्तर्वार्तामा प्याट्रिस लुमुम्बाले भने, “यो एक प्रचारबाजी हो । म कम्युनिस्ट होइन । म एक क्रान्तिकारी हुँ । हाम्रो मानवीय प्रतिष्ठालाई अस्वीकार गर्ने उपनिवेशवादी शासन उखेल्न माग गर्ने भएको हुँदा उपनिवेशवादीहरूले देशभरि मेरो विरोधमा प्रचार गरेका हुन् । साम्राज्यवादीहरूको घुसलाई मैले अस्वीकार गरेको हुनाले तिनीहरूले मलाई कम्युनिस्ट देखेका हुन् ।”
न्युयोर्क टाइम्स (The New York Times) का संवाददाता टोम ब्रेडी (Tom Brody) सँगको कुराकानीमा प्याट्रिस लुमुम्बाले संयुक्त राष्ट्र सङ्घमा जान संरा अमेरिकासँग हवाईजहाज मागेका थिए, अमेरिकाले हवाईजहाज नदिएपछि सोभियत सङ्घसँग हवाईजहाजमा प्याट्रिस लुमुम्बा संयुक्त राष्ट्र सङ्घको बैठकमा गएपछि पश्चिमी शक्तिहरूले उनलाई कम्युनिस्ट भन्न सजिलो भयो ।
साम्राज्यवादीहरूले राजनैतिक स्वतन्त्रता अफ्रिकी जनताकै हातमा सुम्पे पनि अर्थतन्त्र, सेना र कर्मचारी संयन्त्र सुम्पदैनन् । अर्थतन्त्र स्वाधीन जनताको हातमा नपुगेसम्म प्राप्त स्वतन्त्रता र स्वाधीनता नामको मात्र हुने तथा देश र जनताको उन्नति गर्न सकिँदैन । यसकारण, अनुभव नभएका, जनता पूरै सचेत भई नसकेका नवस्वाधीन देशहरूमा आर्थिकरूपले स्वाधीन हुन खोज्नासाथै सेना, प्रशासनयन्त्र र आफ्ना पिछलग्गू राजनैतिक ठग र विश्वासघातीहरूमार्फत देशभक्त नेता, राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूलाई शारीरिकरूपमा हत्या गर्न सैनिक विद्रोहहरू गर्ने गर्छन् ।
स्रोत : मजदुर–किसान, २०६९ भदौ–असोज
Leave a Reply