भर्खरै :

मेक्सिकन आतिथ्यको रौनकबिच उदास इरान विश्व कपबाट इरानको उदास बिदाइ !

मेक्सिकन आतिथ्यको रौनकबिच उदास इरान विश्व कपबाट इरानको उदास बिदाइ !

(तिह्वानामा आफ्नो तीन हप्ता बसाईमा इरानका खेलाडीहरूले मेक्सिकनहरूसँग प्रेम र सम्मानको पारस्परिक सम्बन्ध स्थापित गरे ।)
इरानको तीतो–मीठो, व्यवस्थापनका (Logistics) हिसाबले जटिल, राजनीतिकरूपमा प्रभावित र हृदयविदारक विश्वकप यात्राले मेक्सिकोमा आशाको किरण फेला पा¥यो । फूटबल टीम मेलीले सीमावर्ती सहर तिह्वानाका प्रशंसकहरूको तर्फबाट न्यानो बिदाइका साथ आफ्नो फिर्ती यात्रामा आधार शिविरबाट प्रस्थान ग¥यो ।
इरान विश्वकपबाट आइतबार बाहिरिएको थियो । अस्ट्रियाले खेलको अन्तिम समय (९६ औँ मिनेट) मा अल्जेरियाविरूद्ध बराबरी गोल गरेपछि† प्रतियोगिताको समूह चरणमा तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट आठ टोली मध्येबाट इरान बाहिरिएको (अस्ट्रिया र अल्जेरिया दुवै छनोट भएको) थियो ।
सो नतिजाले इरानको नाटकीय २४ घण्टा समापन भयो । इरानले शनिबार इजिप्टसँग १–१ को बराबरी खेलेपछि नकआउट चरणको लागि आफ्नो भाग्यको नियन्त्रण गुमाएको थियो । उक्त खेल नाटकीय रूपमा समाप्त भयो जब अन्तिम क्षण (९३ आंै मिनेट) मा इरानी जित सुनिश्चत गर्ने गोललाइ भार (VAR – Video Assistant Refree) जाँचपछि विवादास्पद रूपमा अफसाइड ठहर गरिएको थियो ।
फिफा विश्वकप २०२६ मा टीम मेलीको उपस्थितिको लागि व्यवस्थापन (Logistics) संयुक्त राज्य अमेरिका र इजरायलको इरान विरुद्धको जारी युद्धले निर्धारण ग¥यो ।
प्रतियोगिता सुरु हुनुभन्दा केही समय अगाडि नै इरानले भिसा जटिलताको डरले आफ्नो आधार शिविर एरिजोना (अमेरिका) बाट तिह्वाना (मेक्सिको) मा सार्न बाध्य भयो । विरलै देखिने कडा व्यवस्थागत परिस्थिति (Logistical Condition) मा; अमेरिकामा खेल सम्पन्न भएको सिट्टी बजेको केही घण्टामै इरानी टोलीलाई मेक्सिको प्रस्थान गर्न बाध्य पारियो । इरानीहरूले बारम्बार आफ्ना खेलहरू उनीहरूविरूद्ध सक्रिय युद्धमा संलग्न देश (अमेरिका) बाहिर सार्न अनुरोध पनि गरेका थिए ।
तर, इरानले पहिलोपटक तिह्वानामा अवतरण गरेको क्षणदेखि नै मेक्सिकोले टोलीलाई खुला हातले स्वागत ग¥यो । प्रत्येक समूह चरणको खेलको लागि यात्रा गर्नु अघि र पछि प्रशंसकहरू टोलीको होटलको परिधिमा पोस्टरहरू बोकेर र खेलाडीहरूबाट अटोग्राफ लिनका लागि पर्खिरहेका हुन्थे ।
“आशा छ हाम्रो भेट फेरि हुनेछ”
तीन हप्ताको दौरानमा विकसित भएको इरानी–मेक्सिकन पारस्परिक प्रेम तथा सम्मान; सामाजिक सञ्जाल र विश्वव्यापी अनलाइन दर्शकहरूमाझ पुग्यो भने टिम मेलीको मैदान बाहिरको कठिनाइहरूमा समर्थन ग¥यो ।
सामाजिक सञ्जालमा पनि टोलीको मिडिया विभागले मेक्सिकोका जनतालाई उनीहरूको आतिथ्यको लागि धन्यवाद दिएको थियो ।
“तपाईंको व्यावसायिकता, तपाईंको समर्थनको र हाम्रो टोलीको खेलकुद यात्रा मात्र नभई हाम्रो प्रतिनिधिमण्डलले आफ्नो बसाइँको क्रममा सामना गरेको अनुचित र खेलपे्रमी भावनाविहीन व्यवहारलाई पनि समेटेकोेमा धन्यवाद”, मेक्सिकोस्थित इरानको दूतावासले सामाजिक सञ्जाल एस्क (X) मा पोस्ट गरेको सन्देशमा भनिएको थियो ।
“तथ्यहरू सही र इमानदारीपूर्वक रिपोर्ट गर्ने तपाईंको प्रतिबद्धताप्रति हामी आभार छौँ ।”
सन्देशले तिह्वानाका बासिन्दाहरूलाई विशेष धन्यवाद दियो । तिह्वानाले टोलीलाई “उदारता र वास्तविक आतिथ्यताका साथ स्वागत गरे जसले गर्दा हामीलाई घरमै भएको महसुस गरायो ।”
“हामी सबैको लागि, तिह्वाना छोड्नु साँच्चै गा¥हो महसुस भएको छ । हामीले यहाँ बनाएका सम्झनाहरू, हामीले बनाएका मित्रताहरू र हामीले पाएको स्नेह इरानी राष्ट्रिय टोलीका प्रत्येक सदस्यको हृदयमा सधैँभरि रहनेछ ।”
“धन्यवाद, हामी आशा गर्छौं कि हाम्रो बाटो फेरि एकअर्कासँग जुट्नेछ”, सन्देशमा लेखिएको थियो ।
“तिमी अब मेक्सिकन भयौँ”
सामाजिक सञ्जालमा राखिएका भिडियोमा इरानी टोलीले विश्वकप फूटबल र पानिनी स्टिकर पुस्तकमा हस्ताक्षर गरेको र प्रशंसकहरूसँग तस्बिर खिचाएको देखाइएको छ ।
मेक्सिकोका लागि इरानका राजदूत अबोल्फाजल पासान्डिदे र इरान फूटबल महासङ्घ (FFIRI) का महासचिव हेदायत मोम्बेनीले सप्ताहन्तमा समर्थकहरू र मिडिया प्रतिनिधिहरूसँग कुरा गरे र मेक्सिकोको आतिथ्यको लागि धन्यवाद दिए ।
साराएभोस्थित इरानी दूतावासले पनि इरानलाई विनम्रतापूर्वक आतिथ्य प्रदान गरेकोमा मेक्सिकोलाई धन्यवाद दियो, साथैे टोलीमाथि अमेरिकाले गरेको दुव्र्यवहारलाई पनि उजागर ग¥यो ।
“फिफाले भविष्यका आयोजक राष्ट्रहरू छनौट गर्दा बढी सावधानी अपनाउनुपर्छ; उनीहरू योग्य आयोजक हुन् र मानवीय सिद्धान्तहरूप्रति प्रतिबद्ध छन् भनी सुनिश्चित गर्नुपर्छ” एक्समा रहेको पोस्टमा लेखिएको थियो ।
दुई राष्ट्रबिचको सम्बन्धबाट प्रभावित सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले इरानी समर्थकहरूको समर्थनमा मेक्सिकोले प्रतियोगितामा धेरै अगाडि बढ्ने आशा गरेका थिए ।
इरानको प्रस्थानको दिनमा भावनाहरू चरम बिन्दुमा पुगेको थियो जब “इरान भाइ, तिमी अब मेक्सिकन भयाँँै” लेखिएको बेसबल टोपी लगाएका धेरै प्रशंसकहरू होटल बाहिर इरानी टोलीलाई बिदाइ गर्न पर्खिरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *