भर्खरै :

गाईजात्रा सम्पन्न

भक्तपुर, ३० साउन । साताव्यापी रुपमा मनाइने गाईजात्रा पर्व आजदेखि सम्पन्न भएको छ ।
जनैपूर्णिमाका दिन तलेजुको पूजा गरी साँझ गाई निकालेपछि सुरु भएको गाईजात्रा आज तलेजुको पूजा गरिएपछि सकिएको हो ।
जनैपूर्णिमाको भोलिपल्ट गाईजात्राका दिन दिवंगत व्यक्तिको सम्झनामा गाईजात्रा निकालिने भए पनि अन्य दिनमा भने घिनताङ घिसीनाच र व्यंग्य प्रस्तुत गरेर गाईजात्रा मनाइएको थियो । जात्रा समापनका क्रममा आज घिनताङ घिसी, हनुमान, माकप्याख र जंगली नाच, कार्टुन, प्ले कार्ड, प्रदर्शन गर्दै टोल टोल घुमाइएको थियो भने भैरव मन्दिरमा नेवारी धोती हाकुपटासी लगाएर लामबद्ध सयौँ महिलाले टोलटोल घुमेर बत्तीसमेत दिएका थिए ।
श्रीकृष्णजन्माष्टमी समेत रहेकाले नारायणको पूजा गरी नारायण बत्ती बालेर आज भक्तपुरका बालबालिका एवं युवा टाउका, हात र शरीरमा पालामा बत्ती बालेर सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, तौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुनः सूर्यमढी गएका थिए । टोलटोलबाट निकालिएका विभिन्न नाच नगर परिक्रमा गराई साँझ तलेजुको जात्रा गरेपछि गाईजात्रा सम्पन्न भएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *