अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
नेपाली रूपैयाँ यो हप्ता अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै न्यून बिन्दुमा पुगेको छ । गत हप्ता डलरको तुलनामा १२८ रुपैयाँमा विनिमय दर तोकिएको थियो । धेरै विश्लेषकहरूले आगामी महिनामा नेपाली रुपैयाँ अझै कमजोर हुने र १ डलरको मूल्य १२८ रुपैयाँभन्दा माथि जाने अनुमान गरेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष
(आईएमएफ) ले केही वर्षसम्ममा एक अमेरिकी डलर बराबर नेपाली रुपैयाँ १५० हुने अनुमान गरेको छ ।
विश्लेषक भन्नाले नेपाली विश्लेषक सोच्नुभयो होला ! होइन, यहाँ विश्लेषक भन्नाले भारतीय विश्लेषक बुझ्नुपर्छ । त्यसैगरी आइएमएफले अमेरिकी डलरसँग नेपाली मुद्राको विनिमय दर अनुमान गर्लान् र भनेर पनि सोच्नु भयो होला । सही हो, वास्तवमा आइएमएफले नेपाली विनिमय दरबारे भविष्यवाणी गरेको नभई भारतीय रूपैयाँबारे भविष्यवाणी गरेको हो ।
वास्तवमा माथि उल्लेख गरिएको नेपाली विनिमय दरको गणना पनि भारतीय रूपैयाँलाई १ दशमलव ६ ले गुणन गरेर निकालिएको हो । त्यही भएर व्यङ्ग्यात्मक भावमा नेपाल राष्ट्र बैङ्कका पदाधिकारीहरूलाई जिस्क्याएर भन्ने गरिन्छ, “विनिमय दर गणना गर्न यिनीहरूलाई १ दशमलव ६ ले गुणन गर्न आएपुग्छ, अरु धेरै जान्नु पर्दैन ।” अर्थात् एक अमेरिकी डलर बराबर जति भारतीय रूपैयाँ हुन आउँछ त्यसैलाई नै १ दशमलव ६ ले गुणन गरेर एक अमेरिकी डलर बराबर कति नेपाली रूपैयाँ हुन आउँछ भनेर गणना गरिन्छ । गत हप्ता १ अमेरिकी डलर बराबर ८० दशमलव ०३ भारतीय रूपैयाँ पुगेको थियो जसअनुसार १ अमेरिकी डलर बराबर १२८ रूपैयाँसम्म पुगेको थियो । सन् १९२३ देखि ‘निश्चित विनिमय दर’ अन्तर्गत एक भारतीय रूपैयाँ बराबर १ दशमलव ६ नेपाली रूपैयाँ कायम गरिएको हो जुन आज पर्यन्त कायमै छ । अर्थशास्त्रको भाषामा यस विधिलाई पेग ९एभन० प्रणाली भनिन्छ । अतः भारतीय रूपैयाँको मूल्य घट्नु भनेको स्वत नेपाली रूपैयाँको पनि मूल्य घट्नु हो । त्यसैले हामीले नेपाली रूपैयाँको मूल्य किन घटिरहेको छ भनेर बुझ्नुभन्दा भारतीय रूपैयाँको मूल्य किन घटिरहेको भनेर बुझ्नु आवश्यक छ ।
भारतीय रूपैयाँको मूल्य किन घटिरहेको छ ?
भारतीय रूपैयाँ विगत केही दिनदेखि निरन्तर ओरालो लागिरहेको छ । गत हप्ता अमेरिकी डलरको तुलनामा भारतीय रूपैयाँ ८०.०३ को कीर्तिमानी न्यून बिन्दुमा पुगेको छ । यसले विश्लेषकहरूमाझ कमजोर आधारहरूबिच भारतीय मुद्रा अझै घट्न सक्ने बहस सुरु गरेको छ ।
अमेरिकी डलरमा भारतीय रूपैयाँको मूल्य माग र आपूर्तिको आधारमा निर्धारण गर्दछ । अमेरिकी डलरको माग बढी भएमा भारतीय रूपैयाँको मूल्य घट्छ र डलरको माग घटे भारतीय मुद्राको मूल्य बढ्छ । आपूर्तिको कोणबाट बुझ्दा यदि कुनै देशले निर्यातभन्दा बढी आयात गर्छ भने आपूर्तिभन्दा डलरको माग बढी हुन्छ र भारतीय रूपैयाँ डलरको तुलनामा अवमूल्यन हुन्छ । त्यसको उल्टो निर्यात बढी हुँदा अमेरिकी डलरको आपूर्ति बढ्छ जसअनुसार डलरको मूल्य घट्छ भने भारतीय रूपैयाँको मूल्य बढ्छ ।
कच्चा तेलको उच्च मूल्य र विदेशी पुँजी भारतबाट फर्किनुको आजको दिनमा भारतीय रूपैयाँको मूल्य घट्नुको मुख्य कारण हो । रुस–युक्रेन युद्ध, विश्वव्यापी आर्थिक चुनौती र मुद्रास्फीतिलगायत अन्य मुद्दाहरूका कारण आपूर्ति शृङ्खला अवरुद्ध भएपछि भारतीय रूपैयाँ यस वर्षको सुरुदेखि नै घटिरहेको छ ।
यसबाहेक विदेशी संस्थागत लगानीकर्ताले अहिलेसम्म २८ अर्ब ४० करोड अमेरिकी डलर भारतीय पुँजी बजारबाट शेयर बिक्री गरेकाले आन्तरिक बजारबाट ठूलो मात्रामा विदेशी मुद्रा सञ्चिती घटेको हो । भारतबाट डलर बाहिर जाँदा रूपैयाँ–डलरको विनिमय दर प्रभावित हुन्छ जसको कारण रूपैयाँको अवमूल्यन हुन्छ । यस्तो अवमूल्यनले कच्चा पदार्थको पहिले नै उच्च आयातीत मूल्यमा ठुलो दबाब पर्छ । उच्च आयातीत मुद्रास्फीति र उच्च खुद्रा मुद्रास्फीतिबाहेक उत्पादन लागत बढाउनको लागि यसले मार्ग प्रशस्त गर्दछ ।
यसैबिच, अमेरिकी केन्द्रीय बैङ्क ‘अमेरिकी फेडरल रिजर्भ’ ले भर्खरै ब्याजदर बढाएको छ र भारतजस्ता उदीयमान बजारहरूको तुलनामा डलरको सम्पत्तिको प्रतिफल बढेको छ । अमेरिकी केन्द्रीय बैङ्कले थप आक्रामक दरमा ब्याज वृद्धि गर्नसक्ने अनुमान गरिएको छ । यसले गर्दा भारतमा लगानी गर्नुभन्दा अमेरिकामै बढी फाइदा हुने भएपछि भारतीय रूपैयाँको मूल्यलाई थप घटाउन सक्छ ।
कच्चा तेलको मूल्यले भारतीय रूपैयाँलाई कसरी असर गर्छ ?
भारतले आफूलाई चाहिने कच्चा तेलको ८० प्रतिशतभन्दा बढी आयात गर्छ जुन देशको सबैभन्दा ठुलो आयात हो । यस वर्षको फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १३० डलरसम्म पुगेको थियो । तेलको उच्च मूल्य र कमजोर रूपैयाँले अर्थतन्त्रमा मुद्रास्फीतिको दबाब मात्रै थप्नेछ । जब कच्चा तेलको मूल्य बढ्छ भारतको आयात बिल उच्च रूपमा बढ्दै जाँदा यसले रूपैयाँमा दबाब पर्छ ।
विगतमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १३० डलरसम्म पुगेको थियो । यदि तेलको मूल्य बढिरहेको छ भने यसको अर्थ आयातको लागि रकम निरन्तर बढिरहेको छ । यसले अमेरिकी डलरको मागलाई बढाउँछ जसले रूपैयाँको तुलनामा डलर बलियो बनाउँछ । यही कारण यस वर्षको जनवरीदेखि भारतीय रूपैयाँको अवमूल्यन हुँदै आएको छ । यसले अन्तर्राष्ट्रिय बजारमा भारतीय मुद्राको क्रयशक्तिमा ¥हास आएको छ ।
कमजोर रूपैयाँले सर्वसाधारण जनतालाई कसरी असर गर्छ ?
यस वर्षको जनवरीदेखि भारतीय रूपैयाँ ६ प्रतिशतभन्दा बढीले तल झरिसकेको अवस्थामा सोअनुरूप नेपाली रूपैयाँ पनि त्यति नै दरमा घटेको छ । यही कारणले अहिले चर्को मुद्रास्फीति र दैनिक उपभोग्य वस्तुको मूल्य ह्वात्तै बढेकोले आम मानिसका लागि यो दोहोरो मार हो ।
कच्चा तेल, धातु, इलेक्ट्रोनिक्स लगायतका सामानको आयातमा नेपाल निर्भर हुने भएकाले नेपालले अमेरिकी डलरमा भुक्तानी गर्छ । अब नेपाली रूपैयाँ कमजोर भएपछि सोही परिमाणका वस्तुका लागि बढी रूपैयाँ तिर्नुपर्छ । यस्तो अवस्थामा कच्चा पदार्थ र उत्पादनको लागत बढ्छ जुन उपभोक्तामा पुग्छ । अर्कोतर्फ सैद्धान्तिक रूपमा कमजोर घरेलु मुद्राले निर्यात बढाउँछ किनभने स्वदेशी वस्तुको मूल्य घट्दा विदेशी वस्तुसँग थप प्रतिस्पर्धी गर्नसक्ने हुन्छ र विदेशी उपभोक्ताहरूले माग बढाउँछन् । यद्यपि, हाम्रो देशले निर्यात गर्ने वस्तुको सङ्ख्या कममात्र हुनु र कमजोर विश्वव्यापी माग र निरन्तर अस्थिरताको वर्तमान परिदृश्यमा नेपाली निर्यातकर्ताहरूले मुद्राको अवमूल्यनबाट खासै फाइदा लिन सकेका छैनन् ।
नेपाली रूपैयाँलाई कहिलेसम्म पेग प्रणालीमा राख्ने ?
पेग (निश्चित विनिमय दर) ले निर्धारण गरेको विदेशी मुद्रा सतही दर भनेको नाममात्र विनिमय दर हो । यसको विपरीत अस्थायी अथवा लचिलो विनिमय दर ९ाभिहष्दभि यच ायिबतष्लन० विदेशी मुद्रा बजारहरूमा माग र आपूर्तिको आधारमा निर्धारण गरिन्छ र यो सामान्यतया निरन्तर उतार–चढाव हुन्छ ।
निश्चित विनिमय दर व्यवस्थाले अन्तर्राष्ट्रिय व्यापार र लगानीलाई निरुत्साहित गर्न सक्छ । अर्कोतर्फ पेग व्यवस्थामा हाम्रो देशको स्वायत्त मौद्रिक नीति हराएको हुन्छ किनकि केन्द्रीय बैङ्कले आधिकारिकरूपमा निर्धारित स्तरमा विनिमय दर कायम राख्न भारतीय विनिमय बजारमा भर पर्नुपर्छ । यसरी स्वायत्त मौद्रिक नीति अस्थायी विनिमय दरको ठुलो फाइदा हो । यदि घरेलु अर्थतन्त्र मन्दीमा फसेको समयमा स्वायत्त मौद्रिक नीतिले केन्द्रीय बैङ्कलाई माग बढाउन सक्षम बनाउँछ । अनन्त व्यापार चक्रलाई सजिलो बनाउँछ अर्थात् घरेलु उत्पादन र रोजगारीमा आर्थिक धक्काको प्रभावलाई कम गर्छ । हुन त यी दुवै प्रकारका विनिमय दर व्यवस्थाहरूका फाइदा र बेफाइदा सम्बन्धित देशहरूको विशेष परिस्थितिहरूमा निर्भर हुन सक्छ । भारतीय मुद्रासँग पेग प्रणाली लागु भएको झन्डै ३० वर्ष पुगिसकेको अवस्थामा यसबारे नेपालको केन्द्रीय बैङ्क ‘नेपाल राष्ट्र बैङ्क’ का पदाधिकारीहरूले व्यापक अध्ययन गर्नुपर्ने आवश्यकता छ ।
Leave a Reply