भर्खरै :

भारतीय शासक वर्गलाई खुसी पार्न देशघाती नागरिकता विधेयक

काठमाडौँ, ७ साउन । चन्द्रागिरी नगरपालिका, बलम्बुमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा उपत्यकाव्यापी दुईदिने आवासीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रशिक्षण दिँदै नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले नागरिकता विधेयक पास गर्ने दिन सबै दलका शीर्ष नेताहरू संसद्मा उपस्थित हुनु आफैमा भारतलाई खुसी पार्न खोज्नु हो भन्नुभयो ।
उहाँले देशमा समाजवादी व्यवस्था स्थापना गर्नका लागि नेक्राविसङ्घका विद्यार्थीहरूले आफ्नो विषयका साथै राजनीतिक शिक्षा पनि लिनुपर्नेमा जोड दिनुभयो ।
प्रशिक्षण कार्यक्रममा नेक्राविसङ्घका पूर्वसचिव सुमन महर्जनले सङ्गठनले विद्यार्थीलाई हिम्मत दिने र आत्मनिर्भर बन्न प्रेरित गर्ने बताउनुभयो । सङ्गठनमा लाग्दाका आफ्ना अनुभवहरू बताउँदै उहाँले पार्टीप्रति सकेको योगदान गरिरहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले नेमकिपा चन्द्रागिरी नगर समितिलाई धन्यवाद दिँदै दुईदिने प्रशिक्षण कार्यक्रममा सिकेका कुराहरू विद्यार्थीहरूले आ–आफ्ना गाउँ – ठाउँमा गएर बाँड्नुपर्ने बताउनुभयो ।
प्रशिक्षणमा गोरख शाही, हृदय दाहाल, सुष्मा बाटा, सिर्जु शाही, प्रतिभा रावल र तारा न्यौपानेले भारतसँग भएको विभिन्न असमान सन्धिसम्झौताबारे प्रस्तुतिहरू राख्नुभएको थियो ।
कार्यक्रममा दिनेश खड्गीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *