अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
वेस्टमिनिस्टरको राजनीतिक सङ्कट बेलायती पुँजीवादको गहिरो सङ्कटको लक्षण हो । बेलायत सरकारप्रतिको बढ्दो असन्तोष जीवनस्तर तीव्रगतिमा खस्किँदै गएकोमा जनता सचेत हुँदै गएको प्रमाण हो ।
सन् १९६० यता ५० वर्षसम्म सरदर आयु निरन्तर बढेको थियो । तर, गत एक दशकमा सरदर आयुमा कुनै बढोत्तरी भएन । बरु कोभिडले धेरै मानिस मारेको हुँदा सन् २०१९ को तुलनामा बेलायतमा सन् २०२० को सरदर आयु पुरुषमा १.३ वर्ष घट्यो भने महिलामा ०.९ वर्ष घट्यो ।
फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार बेलायतका १० मध्ये ४ परिवारले ऊर्जा महशुल तिर्न घुँडा धस्दै छन् । पछिल्ला केही महिनामा ऊर्जा महशुल नाटकीय ढङ्गले बढेको छ । मुद्रास्फीति ९ प्रतिशत छ । यो ४० वर्षयताकै उच्च मुद्रास्फीति हो ।
महँगी बढ्दै जाँदा आम्दानी घट्दै छ । जीडीपी २०२२ भरि नै घट्दो क्रममा छ ।
यसबीच बेलायत कोभिड १९ को मारबाट बौरिन सङ्घर्षरत छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार बेलायतमा १ लाख ८१ हजार व्यक्तिले कोभिड भाइरसका कारण ज्यान गुमाएका छन् ।
बेलायतमा मानव अधिकार सङ्कटमा छ । २१ औँ शताब्दीमा त्यसो नहोला भन्ठानिएको थियो । २०२१ डिसेम्बरमा प्रकाशित तथ्याङ्कले इंगल्यान्ड र वेल्समा सन् २०२० मा ६८८ जनाले घर नहुनाले ज्यान गुमाएको देखाएको छ । यस सङ्कटले सबै सामाजिक समूहलाई बराबर असर गरेको छैन । गोराभन्दा काला बालबालिका गरिबीमा हुर्किने सम्भावना दोब्बर छ ।
यो मानव अधिकार सङ्कट नै बेलायत सरकारको सङ्कटको मुहान हो । बेलायती सिंहदरबारमा मान्छे फेर्दैमा यो सङ्कट टर्नेछैन । कष्टकर आर्थिक स्थितिको कारण बेलायती पुँजीवादले दशकौँ अघिदेखि अपनाउँदै आएका नीतिहरू हुन् ।
सन् २००८ मा आएको आर्थिक मन्दीलाई केही देशहरूले आफ्ना भौतिक पूर्वाधारहरूमा लगानी बढाएर र जनसामान्यका आवश्यकताहरूमा ध्यान दिएर सामना गरे । तर, बेलायतले सामाजिक क्षेत्रमा नवउदारवादी कटौती गरेर तथा शिक्षा, स्वास्थ्य, आवास, युवा सेवा र अन्य क्षेत्रमा खर्च घटाएर सामना गर्न चाह्यो ।
ब्रेक्जिटपछि बेलायती शासक वर्गले नवउदारवादी कार्यक्रमलाई अझ गहिरो बनाएको छ । अर्थतन्त्रलाई विनियमन गरेको छ । कर घटाएको छ । सामाजिक खर्च घटाएको छ । संरा अमेरिकालाई रिझाउन नै बेलायतले यी सबै पाइला चालेको हो । बेलायत संरा अमेरिकासँग खुला व्यापार सम्झौता गर्न मरिमेट्दै छ ।
आफ्नै खुट्टामा बन्चरो हान्ने यो आर्थिक कार्यक्रमसँगै बेलायतले आफ्नो विदेशनीतिलाई वासिङ्टनको पुच्छर बनाएको छ । चीन र रुसलक्षित नयाँ शीतयुद्धमय नीतिहरूमा बेलायत अमेरिकाको पछि लाग्दै छ । यी नीतिहरूले अमेरिकाको रक्षा उद्योग गठजोडको स्वार्थपूर्ति गर्छन् । तर, यी नीतिहरू बेलायतका सर्वसाधारणको हितप्रतिकूल छन् ।
बेलायतको सन् २०२१ को रक्षा विश्लेषण प्रतिवेदन (ग्लोबल ब्रिटेन इन अ कम्पिटेटिभ एज) ले चीनलाई बेलायती आर्थिक सुरक्षाको निम्ति सबैभन्दा ठूलो राजकीय खतरा भनी परिभाषित गरेको छ । प्रतिवेदनले बेलायत एसिया प्रशान्त क्षेत्रतिर ढल्किने पनि घोषणा गरिएको छ । जब कि बेलायत प्रशान्त महासागरभन्दा धेरै परको देश हो ।
बेलायती साम्राज्यका दिनहरूतिर फर्किँदै बेलायतले गत वर्ष अष्ट्रेलिया र संरा अमेरिकासँग मिलेर अकस गठबन्धन बनायो । यो तीनपक्षीय सुरक्षा सम्झौता प्रशान्त क्षेत्रमा नेटो गठन गर्नतिर लक्षित छ । यससँगै बेलायतले आफ्नो सबैभन्दा ठूलो जलबेडा ‘एचएमएस क्वीन एलिजाबेथ’ लाई दक्षिण चीन सागरमा पठायो । आर्थिक मोर्चामा बेलायतले हुवाइ प्रविधिलाई आफ्नो ५जी नेटवर्कको पूर्वाधारबाट हटाउने आदेश दिएको छ ।
बेलायतले चीनको सिन्चियाङ क्षेत्रमा मानव अधिकार हनन भएको भनेर अमेरिकी रटानमा स्वरमा स्वर पनि मिलाइरहेको छ । साथै उसले हङकङका लाखौँ बासिन्दाहरूलाई बीएन (ओ) पासपोर्ट दिने प्रस्ताव गरेर जानाजान चीनको सार्वभौमिकता मिच्दै छ ।
यसबिच बेलायतले युक्रेन सङ्कटमा ‘हक’ को नेतृत्व गर्दै छ । अर्थात्, उसले ठूलो मात्रामा युक्रेनलाई वित्तीय र सैन्य सहयोग दिँदै छ र मस्कोविरुद्ध अभूतपूर्व नाकाबन्दी लगाउने अभियान चलाउँदै छ । यी एकपक्षीय मिचाहा गतिविधिले बेलायतका जनतामाथि ठूलो बज्रपात ल्याइसकेको छ । खाद्यान्न, ऊर्जा र मलको भाउ अचाक्ली बढेको छ । खासमा यस्तो समस्या विश्वभरि फैलिसकेको छ ।
(लेखक बेलायती लेखक र राजनीतिक विश्लेषक हुन् । ग्लोबल टाइम्सबाट ।)
(सारमा बेलायत सरकारले घरेलु स्वार्थलाई अमेरिकी सम्भ्रान्तहरूको अधीनस्थ पारेको छ । ती सम्भ्रान्तहरू चीन र रुसविरुद्ध आक्रामक र वर्चस्वशाली रणनीति अख्तियार गर्दै छन् । यो चर्किदो बहुपक्षीय युद्ध ‘नयाँ अमेरिकी शताब्दीको परियोजना’ तिर उन्मुख छ । यो परियोजनामा बेलायती जनताको कत्ति पनि हित छैन ।
बेलायतले आर्थिक र राजनीतिक सङ्कटबाट बाहिरिन सक्छ । यसको लागि उसले संरा अमेरिकी सम्राज्यवादको पुच्छर बन्न छोड्नुपर्छ । बरु उसले कसैको वर्चस्वबाट मुक्त बहुध्रुवीय विश्वमा बेलायतले स्थान परिभाषित गर्नुपर्छ । यस्तो विश्वमा बेलायतले चीन, रुस र अन्य उदाउँदा अर्थतन्त्रहरूसँग परस्पर लाभमा आधारित सम्बन्ध विस्तार गर्नसक्छ ।
वेस्टमिनिस्टरको नयाँ सरकारलाई जसले नेतृत्व गरे पनि उनीहरूले जनताको जीवनस्तर सुधार्ने खालको विदेशनीति र अर्थनीतिको विकास गर्नु समीचीन हुन्छ । दुःखको कुरो, बेलायतको शासक वर्ग यस्तो बुद्धिमानीबाट पर भाग्ने कुरामा झन्डै एकमत छ । यसरी भागेको खण्डमा सङ्कटमा पिल्सिएका लाखौँ सर्वसाधारणहरू सामूहिक प्रतिकारमा उत्रिनेछन् ।)
Leave a Reply