भर्खरै :

समुद्रमा आणविक प्रदूषित पानी निष्कासनमा जापान जवाफदेही हुनुपर्ने

पेइचिङ, २४ जुलाई । जापानी आणविक ऊर्जा नियम समितिको अस्थायी सम्मेलनले जुलाई २२ का दिन टोकियो इलेक्ट्रिक पावर कम्पनीको फुकुशिमा दाइची आणविक ऊर्जा स्टेशन आणविक प्रदूषित पानी निष्कासन योजनालाई औपचारिकरूपमा पारित ग¥यो ।
हालसम्म मानवअधिकार सन्धि–सम्झौताहरूले समुद्रमा आणविक प्रदूषित पानी निष्कासनको अनुमति प्रदान गरेको छैन भने विज्ञानविपरीत र गैरजिम्मेवार गतिविधिले कस्तो नतिजा दिने भन्ने पनि थाहा छैन । हाल फुकुशिमा दाइची आणविक ऊर्जा स्टेशनमा १२ लाख ५० हजार टन आणविक प्रदूषित पानी जम्मा भएको छ । जापानले आणविक प्रदूषित पानीलाई प्रशोधन गरेर समुद्रमा निष्कासन गर्ने उल्लेख गरेको छ ।
तर, वैज्ञानिक अनुसन्धानकर्ताले आणविक प्रदूषित पानीमा रहने रेडियो आइसोटोपलाई हटाउन गा¥हो भएको उल्लेख गरेका छन् । साथै फुकुशिमा किनारमा विश्वका सबभन्दा शक्तिशाली सागर धारा छन् । यसरी नै रेडियोधर्मी सामग्री निष्कासन भएको ५७ दिनभित्र अधिकांश प्रशान्त क्षेत्रमा फैलिनेछ भने १० वर्षपछि विश्वका समस्त समुद्री क्षेत्रमा फैलिनेछ ।
त्यसैले गत वर्षको अप्रिलमा जापान सरकारले आणविक प्रदूषित पानी समुद्रमा निष्कासन गर्ने गलत निर्णय गरेयता अन्तर्राष्ट्रिय समूह र जापानी सर्वसाधारणले कडा विरोध गरिरहेका छन् ।
प्रशान्त टापु मञ्चको विदेश मन्त्री बैठकले पनि जापानले समुद्रमा आणविक प्रदूषित पानी निष्कासन गरेबाट अन्तरपुस्ताको प्रभाव जन्मिने दोहो¥याएको छ । दक्षिण कोरिया सरकारले २२ तारिख आपत्कालीन बैठकको आयोजना गरी सम्बद्ध जवाफी नीतिबारे छलफल गरेको छ ।
जापानमा विरोधको लहर पनि चर्कँदै आएको छ । तर, आन्तरिक तथा अन्तर्राष्ट्रिय विरोधको सामना गर्दा जापानी राजनीतिज्ञले वेवास्ता गरेका छन् । यदि निष्कासन गरेमा दक्षिण कोरियाली वातावरण संरक्षण सङ्गठनले भने झैँ यो र आणविक आतङ्कवादी प्रहार पनि उस्तै उस्तै हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *