विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
भक्तपुर नगरपालिकाको रेडियो कार्यक्रम ‘ख्वपः स’ सञ्चालनको ४ वर्ष पूरा भई पाँचौँ वर्ष प्रवेश गरेको अवसरमा सम्पूर्णमा हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछौँ ।
नेपालको संविधान, २०७२ ले सम्पूर्ण नागरिकलाई सञ्चारको हक प्रदान गरेको छ । संविधानको धारा १९ (१) मा ‘विद्युतीय प्रकाशन, प्रसारण तथा छापालगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृश्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्व प्रतिबन्ध लगाइने छैन’ भनी उल्लेख गरिएको छ ।
नेपालमा राजनैतिक परिवर्तनपछि सञ्चारमा व्यापक विकास भयो । जनता हरेक काममा सुसूचित हुने अवसर पाए । संविधान प्रदत्त मौलिक हक सदुपयोगको सिलसिलामा भक्तपुर नगरपालिकाको रेडियो कार्यक्रम ‘ख्वप सः’ सुरु भयो । आज ४ वर्ष पूरा भई पाँचौँ वर्षमा प्रवेश गर्दै छ । यस अवधिमा ‘ख्वप सः’ कार्यक्रमले विभिन्न कठिनाइहरू भोग्नुपर्यो । प्राविधिक र दक्ष जनशक्तिको अभाव, विषयवस्तुको समस्या हुँदाहुँदै पनि काम गर्ने साथीहरूमा कुनै किसिमको निराशा देखिएन बरु थप जोश र जागरका साथ उत्साहित भएर नयाँ–नयाँ विषयवस्तु लिएर अघि बढ्नुभयो । उहाँहरू सबै धन्यवादका पात्र हुनुहुन्छ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित रेडियो कार्यक्रमको प्रभावकारिता कति रहेछ भन्ने कुरा कोभिड महामारीको बेला प्रस्ट भयो । त्यतिबेला बाहिर स्टुडियोसम्म गएर अन्तर्वार्ता दिने र सन्देशहरू दिने सम्भावना थिएन । जनता महामारीको ठुलो सङ्कटमा थिए । अक्सिजन अभावले कोभिड सङ्क्रमितहरू छटपटिरहेका थिए । ठीक त्यही बेला रेडियो ‘ख्वप सः’ र अनलाइन माध्यममार्फत अक्सिजन प्लान्टको लागि जनतासँग सहयोगको आह्वान ग¥यौँ । भक्तपुर नगरवासीमात्रै होइन, देश विदेशमा बस्नुभएका नागरिकहरूले समेत आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुभयो । एक डेढ महिनाभित्रमा ६ करोडभन्दा बढी आर्थिक सहयोग सङ्कलन भयो । आज सारा भक्तपुरवासीहरूले निःशुल्क अक्सिजन पाइरहेका छन् ।
भक्तपुर नगरपालिकाको हरेक सूचना ‘ख्वप सः’ मार्फत प्रचारप्रसार गर्ने हुँदा भक्तपुरवासीहरूमात्रै होइनन् धेरै नागरिकहरूले भक्तपुर नगरपालिकाले गरेका विविध विषयहरूबारे सुसूचित हुने अवसर पाएका छन् ।
हामी अहिले पुँजीवादी राज्य व्यवस्थामा छौँ । पुँजीवादी व्यवस्थामा सञ्चारको स्वतन्त्रता कस्तो हुन्छ भन्ने कुरा हामीले नबुझेका होइनौँ । पुँजीवादमा प्रेस वा सञ्चार स्वतन्त्रताको अर्थ सञ्चारगृहमाथि पुँजीपति वर्गको नियन्त्रण वा कब्जा हुने गर्छ । पुँजीपति वर्ग जे चाहन्छ सञ्चारमाध्यमले त्यही प्रचारप्रसार गर्छ । सञ्चारमाध्यमहरू पुँजीपति वर्गको स्वार्थ सिद्ध गर्ने हतियार हुने गर्छ । निजी क्षेत्रको सञ्चारमाध्यम एउटा ठुलो उद्योगको रूपमा सञ्चालित हुने गर्छ । ती सञ्चारमाध्यमहरूले मनग्य नाफा कमाउनुका साथै आफ्नो वर्गको पक्षमा वकालत गरिरहेका हुन्छन् । यहाँसम्म कि निर्वाचनमा कसलाई जिताउने वा हराउने भन्नेसम्म पनि ठुला सञ्चार गृहहरूले निर्धारण गर्ने गर्छन् । गत निर्वाचनमा निर्वाचन आचारसंहिता विपरीत विभिन्न बहानामा चुनाव चिह्न पहिलो पृष्ठमा छापेर प्रचारप्रसार गरेको हामी सबैले देखेका थियौँ ।
सञ्चारको स्वतन्त्रताको फाइदा उठाएर पुँजीपति वर्गले आफ्नो राजनैतिक स्वार्थ पूरा गर्न व्यापक लगानी गर्ने र त्यसमार्फत जनतालाई प्रभावित गर्ने गर्छ । नेपाली जनताले एमसीसीको विरोधमा देशव्यापी आन्दोलन गरे । तर ‘ठुला’ सञ्चार माध्यमहरूले देशघाती एमसीसीको विरोधका गतिविधिहरूबारे प्रचारप्रसार गरेनन् । त्यसको ठीकविपरीत ‘५० करोड डलरले नेपालको आर्थिक विकासमा टेवा पुग्ने’ जस्ता सरकारको स्वरमा स्वर मिलाइ प्रचारप्रसार गरे र राष्ट्रघाती सम्झौता संसद्बाट अनुमोदन गर्न भूमिका खेले । पछि थाहा भयो, एमसीसीको प्रचारप्रसारको निम्ति मात्रै विभिन्न सञ्चारमाध्यमले विज्ञापन गर्न करोडौ रूपैयाँको सम्झौता गरेका रहेछन् । हालै संसदबाट पारित नागरिकतासम्बन्धी विधेयकले विदेशीले सहजै नागरिकता पाउने बाटो खोलिदियो । गैरआवासीय नागरिकहरूले दोहोरो नागरिकता प्राप्त गर्ने भए । नेपालको सार्वभौमिकता झन्झन् खतरामा पर्दै गएको छ । जनपक्षीय सञ्चारमाध्यमहरूले निरन्तर खबरदारी र जनतालाई सचेत पार्ने काम गरिरहनु आवश्यक छ ।
हामीलाई थाहा छ, नेपालका ठुला सञ्चारमाध्यमहरूमा कुनै न कुनै ठुलो पुँजीपतिको लगानी छ । अझ कतिपयमा विदेशी लगानी भएको पनि सार्वजनिक भएको छ । तिनीहरू आफ्नो नीति र विचारधाराको प्रचारप्रसार गर्नुका साथै सही कुरालाई लुकाउने कोसिस गर्छन् । त्यस्ता सञ्चारमाध्यमहरू जनताको आन्दोलनलाई दबाउने र गलत सावित गर्ने कोसिस गर्छन् । रुस–युक्रेन युद्धमा कतिपय सञ्चारमाध्यमहरूले एकतर्फी युक्रेनको समर्थन र रुसको विरोध गरिरहेका छन् । त्यो सरासर अमेरिकाको पक्ष लिनु हो । यो देशघाती एमसीसी अनुमोदनकै परिणाम हो । ‘ख्वप सः’ कार्यक्रमले निरन्तर देश र जनताको पक्षमा प्रचार गर्छ र गरिरहनेछ ।
‘भक्तपुर मासिक’, पाक्षिक ‘ख्वप पौ’, अनलाइन ‘भक्तपुर खबर डट कम’ फेसबुक पेज ‘भक्तपुर म्युनिसिपालिटी’ लगायत भक्तपुर नगरपालिकाका सञ्चारमाध्यमहरूमार्फत भक्तपुर नगरपालिकाका गतिविधिहरू र राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाहरू प्रचारप्रसार गर्दै आएका छौँ । समयअनुसार श्रव्यदृश्यतर्फ अगाडि बढ्नुपर्ने साथीहरूको सल्लाह र सुझावअनुसार ख्वप टेलिभिजन सञ्चालनको तयारी थाल्दै छौँ ।
भर्खरै प्रदेश सञ्चार मन्त्रालयबाट ‘ख्वप टेलिभिजन सञ्चालनको स्वीकृति प्राप्त भयो । त्यसको परीक्षण प्रसारणको तयारीमा छौँ । विभिन्न सञ्चारमाध्यमको प्रयोग गरी नगरपालिकाको गतिविधिसँगै जनतालाई समग्र देशको राजनीतिबाट सुसूचित गर्नु हामी आफ्नो कर्तव्य ठान्छौंँ । निर्वाचनमा जनतालाई दिएको वचन पूरा गर्ने सिलसिलामा शिक्षा, स्वास्थ्य उपचार, सम्पदा संरक्षण, सरसफाइलगायतका कामहरूको साथै सञ्चार क्षेत्रमा टेलिभिजन सञ्चालनको चरणमा प्रवेश गर्दै छौँ । हामी नगरपालिकाका सबै गतिविधिहरूमा जनताको सहज पहुँच पु¥याउने कोसिस गर्नेछौँ । सञ्चारमाध्यमकै कारण भक्तपुर नगरपालिकाले गरेका कामहरूबारे अनुभव बुझ्न देशका धेरै नगरपालिकाका प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरू भक्तपुर आउनुभएको छ । यसले हामी जनप्रतिनिधिहरूले पनि अरू नगरपालिकाहरूले गरेका कामहरूबाट सिक्ने अवसर पाएका छौँ । सञ्चार जनतालाई सुसूचित गर्ने सशक्त माध्यम हो । अझ यसलाई अगाडि बढाउनु हामी सबैको जिम्मेवारी हो ।
अन्तमा, ‘ख्वप सः’ कार्यक्रम सफल सञ्चालनका लागि निरन्तर प्रत्यक्ष र परोक्ष सहयोग गर्ने सबैमा भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक आभार एवम् धन्यवाद ज्ञापन गर्दछौँ । धन्यवाद !
(भक्तपुर नगरपालिकाको रेडियो कार्यक्रम ‘ख्वप सः’ सञ्चालनको पाँचौँ वर्ष प्रवेश गरेको अवसरमा सोमबार आयोजित कार्यक्रममा व्यक्त मन्तव्य)
Leave a Reply