भर्खरै :

‘ख्वपः स’ मा नयाँ नयाँ शिक्षामूलक कार्यक्रम प्रसारण हुने

भक्तपुर नगरपालिकाको रेडियो कार्यक्रम ‘ख्वप सः’ सञ्चालनको ४ वर्ष पूरा भई पाँचौँ वर्ष प्रवेश गरेको अवसरमा सम्पूर्णमा हार्दिक बधाई एवम् शुभाकामना व्यक्त गर्दछौँ ।
‘कला—संस्कृतिको नगर’, ‘नाचगानको राजधानी’ उपनाम पाएको यस
नगर पछिल्लो चरणमा भक्तपुर ‘संसारको जीवित सङ्ग्रहालय’ को रूपमा परिचित हुँदै छ । आकारले सानो यो नगरलाई ‘ज्ञान विज्ञानको केन्द्र’, पर्यटकीय गन्तव्यस्थल बनाउने हाम्रा अग्रजहरूले सुरु गर्नुभएको अभियानलाई हामीले निरन्तरता दिँदै छौँ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरको भविष्यको कल्पना गर्दै २०५९ असोजमा ‘सय वर्षपछिको भक्तपुर’ नामक पुस्तक प्रकाशित गर्नुभयो । त्यो पुस्तकलाई हामी जनप्रतिनिधिहरूले पथप्रदर्शक मानेर काम गर्दै आयौँ । हामी भक्तपुरलाई सफा, सुन्दर र शान्त नगरको रूपमा विकास गर्ने कोशिस गर्दै छौँ । जनताको साथ र सहयोगबाट काम गर्न हामीले सहज महसुस गरेका छौँ । जनप्रतिनिधि, कर्मचारी र जनताबिचको राम्रो समन्वयले भक्तपुर नगर आजको अवस्थामा आइपुग्न सम्भव भएको हो ।
वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनपश्चात् भक्तपुरमा मेयर, उपमेयर र १० वटै वडामा वडाध्यक्षहरूको बहाली भयो । जनप्रतिनिधि बहालीपश्चात् नगरपालिकाले जनताको साथ लिएर उदाहरणीय कार्यहरू सेवा प्रवाहमा देशकै उत्कृष्ट नगरपालिका बन्न सफल भएको छ । अघिल्लो कार्यकालको पाँच वर्षमा हामीले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाइलगायत नगर र नगरवासीहरूको जीवनसँग प्रत्यक्ष जोडिएका विषयहरूका साथै थुप्रै विकास निर्माणका कामहरू सम्पन्न ग¥यौँ । विगत ५ वर्षमा वि.सं. २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त १२० भन्दा बढी सम्पदाहरूको पुनःनिर्माण उपभोक्ता समितिहरूबाट सम्पन्न ग¥यौँ ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा भक्तपुर नगरपालिकामा भएको जितलाई हामीले देशभक्त जनताको जितको रूपमा लिएका छौँ । हामी देश र जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ ।
हामी जनप्रतिनिधिहरूले हरेक काम जनताको साथ लिएर गर्दै आएका छौँ । हामीले गरेका यी र यस्ता कामहरूबारे नगरवासीहरूलाई सुसूचित गर्नुपर्ने हामीले आफ्नो कर्तव्य ठानेका छौँ । जनतामाझ सूचना प्रवाह गर्न भक्तपुर नगरपालिकाले ‘ख्वप सः’ विगत चार वर्षदेखि सञ्चालन गर्दै आएका छौँ । यो कार्यक्रम भक्तपुर नगरपालिकाले भक्तपुर एफएममार्फत हप्ताको तीन दिन प्रसारण गर्दै आएका छौँ । नगरपालिकाले गरिरहेको कामको बारे सूचना प्राप्त गर्ने जनताको हकलाई सुनिश्चित बनाउन हामीले ‘ख्वप सः’ कार्यक्रम सञ्चालन गरेका छौँ । नगरपालिकाले गरिरहेको काम देश विदेशका राजनीतिक, सांस्कृतिक, शैक्षिक आदिबारे भक्तपुर एफएममार्फत ‘ख्वप सः’ बाट प्रसारण भइरहेको यहाँहरूमा जानकारी गराउन चाहन्छु । जनतालाई सुसूचित गर्न सहयोग गर्नुहुने भक्तपुर एफएम परिवारलाई भक्तपुर नगरपालिका आभार व्यक्त गर्दछ । ‘ख्वप सः’ युनिटले चार वर्षमा आफ्नो अथक मेहेनत र प्रयासबाट भक्तपुरको आवाज ‘ख्वप सः’ लाई सहयोग पु¥याउनुभएकोमा ख्वप सः युनिटलाई बधाई एवम् धन्यवाद दिँदै भक्तपुर नपाको नयाँ नयाँ शिक्षामूलक कार्यक्रमहरू प्रसारणमा निरन्तरता दिनुहुनेछ भन्ने विश्वास लिएकी छु ।
(भक्तपुर नगरपालिकाको रेडियो कार्यक्रम ‘ख्वप सः’ सञ्चालनको पाँचौँ वर्ष प्रवेश गरेको अवसरमा सोमबार आयोजित कार्यक्रममा व्यक्त मन्तव्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *