अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
देशलाई बर्बादमा पु¥याउने, देशको राजनीति बिगार्ने र राजनीतिलाई अन्योल र अस्थिर बनाउने काम सत्तासीन राजनीतिक दलको सिद्धान्त र विचार ठीक र बेठीक कुनै नसोची कुन दलसँग गठबन्धन गर्दा आफ्नो सीट बढ्छ भनी त्यसतर्फ सत्तासीन दलका नेताहरू लागिरहेका छन् । त्यसैको आधारमा आफ्नो दल ठुलो, शक्तिशाली र सही ठानी नेताहरू नाक फुलाउँछन् या गौरवको अनुभूति गर्छन् । अहिले कति दलहरूले निर्वाचनमा राम्रो सीट नपाएका कारण र भएको दलभित्र असन्तोष बढेको कारण अरू दलसँग मिल्ने या मिलेर निर्वाचनमा लड्ने उद्घोष पनि गर्न थालेका छन् । ती दलका नेताहरूको ध्यान चुनाव केन्द्रित भएको छ ।
‘समाजवादी मोर्चा’ बनाएर आगामी निर्वाचनमा जान कसेका सत्तारुढ गठबन्धनभित्र रहेका दलका नेताहरूमा द्वैधचरित्र देखिएको छ । ती दलका नेताहरू एकातिर अर्को निर्वाचनसम्म नेकासँगै मिलेर जाने उद्घोष गरिरहेका छन् भने अर्कोतिर ‘वामपन्थी समाजवादी मोर्चा’ भनेर नेकालाई छाडेर वाम शक्तिहरू मिली अघि बढ्ने कुरा सञ्चारमाध्ममा आइरहेको छ । एकीकृत समाजवादी दलका नेताहरू गठबन्धनको भर छैन, स्थानीय निर्वाचनमा धोका दिए भन्दै आफू एक्लै अघि बढ्नेछ विचार पनि फुक्छन् । उपेन्द्र यादवको नेतृत्वमा रहेको जसपाबाट अलग भई नयाँ पार्टी बनाउन लागेका बाबुराम भट्टराई समाजवादी मोर्चामा सामेल हुने हुन् या नयाँ पार्टी खोलेरै अघि बढ्ने हुन् ? अहिलेसम्म यकिन भएको छैन । सारमा, ती दलका नेताहरूमा स्पष्ट दृष्टिकोण छैन न त अडान नै छ ।
ती दलका नेताहरू अवसरवादी भए । अवसरवादी नेताहरूले पछिको असर या नोक्सान हेर्दैनन् । अहिलेको मात्र फाइदा खोज्ने या फाइदा भएपछि दूरगामी असरको ख्याल नगर्ने नेताहरूले के देश सपार्लान् ? देशमा भइरहेको ठूला दलको राजनीतिक गतिविधिले देशको लक्षण राम्रो देखिँदैन । देश रहे पनि नरहे पनि, देश बिग्रे पनि वास्ता नराखी अवसर छोप्ने ती दलका नेताहरूको चिन्तन, सोचाइ र धारणा अल्पबुद्धिको छ । तिनीहरूको ध्यान जसरी भए पनि दल ठुलो बनाउने, सरकारमा जाने, मन्त्री बन्ने र राजस्वमा दाइँ गर्नेतर्फ गइरहेको छ । हुँदा हुँदा लामो समयदेखि राजनीतिमा निष्कृय रहेका नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमसमेत भागबन्डामा अल्झिएका छन्, भागबन्डा गरेर प्रदेशसभा र प्रतिनिधिसभामा केही सीट पाउने आशामा दगुरिरहेका छन् । ती दलका नेताहरूको यस्तै–यस्तै अवसरवादी नीतिले गर्दा देशको राजनीति बिग्रिरहेको हो, देशलाई दिशाहीन बनाइरहेको हो ।
Leave a Reply