नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
भेनेजुयला पश्चिमी गोलाद्र्धको सबभन्दा ठूलो पेट्रोल उत्पादक देश हो । भेनेजुयलाको राजधानी सहर कराकस हो । कराकसको क्षेत्रफल ९ लाख १२ हजारभन्दा बढी वर्ग किलोमिटर छ यो देश ल्याटिन अमेरिकी ‘मुक्तिदाता’ सिमोन बोलिभारको जन्मभूमि हो । भेनेजुयला संसारको सबभन्दा बढी तेलखानी भएको देश प्रमाणित भएको छ २ करोडभन्दा बढी जनसङ्ख्यामध्ये ६२ प्रतिशत जनता आदिवासीसँग मिश्रित छन् ।
७२ भन्दा बढी साना–ठूला टापूहरू भएको भेनेजुयला संसारको सबैभन्दा उँचो भरना ‘एन्जेल’ को देश हो । सन् १४९६ मा कोलम्बसले यस देशको भूमिमा पाइला राखेपछि भेनेजुयला स्पेनको उपनिवेश भएको थियो । फ्रान्सेली क्रान्तिको प्रभाव ल्याटिन अमेरिकामा फैलियो । सन् १७८० देखि १८१६–१७ सम्म दक्षिण अमेरिकाको गौरवमय स्वतन्त्रताको अवधि थियो । तर, सन् १८३० मा बोलिभारको मृत्युपछि ‘ग्रेट कोलम्बियाली गणतन्त्र’ टुक्रियो र कोलम्बिया अलग्गिएर पुनः ‘न्यू ग्रेनाडा’ भयो । भेनेजुयला अलग राज्य बन्यो सन् १८५० सम्म त्यहाँ दास प्रथा कायम रह्यो । संरा अमेरिकाको चर्को दबाब थियो । सन् १९५८ मा नयाँ संविधान लागू भयो, ५ वर्षको कार्यकालको राष्ट्रपति र दुई सदनको प्रतिनिधिसभा सुरू भयो । अहिले भेनेजुयला २३ प्रान्तमा विभाजित छ ।
संरा अमेरिकी साम्राज्यवादको कठपुतली सरकारहरूको विरोधमा गुरिल्ला युद्ध चल्दै गयो । ती गुरिल्ला सेनाहरूले अमेरिकी गुप्तचर र सैनिक अफिसरहरूलाई अपहरण गर्थे र सजाय दिन्थे । सन् १९६४ को अक्टोबर महिनामा भियतनाममा अमेरिकी रक्षामन्त्री म्याकनमाराको भ्रमण हुँदा भियतनामी क्रान्तिकारी न्युगेन भान त्रोईले म्याकनमाराको हत्या गर्न खोजेका थिए । न्युगेन असफल भए र उनलाई ज्यान सजायको घोषणा गरियो । त्यसैबेला भेनेजुयाली गुरिल्लाहरूले एक अमेरिकी सैनिक अधिकारीलाई अपहरण गरेर न्युगेन भान त्रोईसँग साट्ने प्रस्ताव राखेका थिए । त्रोईलाई फाँसी दिइएमा अमेरिकी सैनिक अधिकारीलाई पनि गोलीले उडाउने खबरदारी गर्दै भेनेजुयाली गुरिल्लाहरूले आफ्नो अन्तर्राष्ट्रिय कर्तव्य पूरा गरेका थिए ।
सिमोन बोलिभार (१७८३–१८३०)
सिमोन बोलिभार भेनेजुयलाको राजधानी काराकसका एक सम्पन्न जग्गाधनी र महाजनका छोरा थिए । उनी सन् १७८३ मा काराकसमै जन्मिएका थिए । उनले अत्यन्त राम्रो शिक्षा पाएका थिए र युरोपको पूरा भ्रमण गरेका थिए । उनले युरोपमा बस्दा भोल्टाएर र रूसो जस्ता क्रान्तिकारीहरूको बारेमा गहन अध्ययन गरे तथा आत्मसात गरे । भोल्टाएर भन्थे – धेरै मुसाको शासनभन्दा एक सिंहको शासन राम्रो हुन्छ रूसो भन्थे – “जनता नै सम्प्रभु हो, राजा त जनताको कारिन्दा हो मानिस सबै दाजुभाइ हुन्, संसारमा कोही दास र मालिक हुँदैन ।”
अमेरिका फर्केर उनले मनमनै प्रतिज्ञा गरे –मेरो देशलाई स्पेनियालीहरूको बन्धनबाट मुक्त नगरेसम्म मैले आराम लिनेछैन । बोलिभारले स्पेनियाली सेनासँग लड्न भेनेजुयाली मुक्तिसेना शत्रुलाई निर्माण गरे । लडाइँमा पराजित गर्न र आफ्नो सेनाको उत्साह बढाउन आफूलाई एक जेनेरलको रूपमा विकास गरे । उनले हब्सीहरूलाई दासताबाट मुक्त गरी आफ्नो सेनामा मिलाए तथा युद्धपछि किसानहरूलाई जग्गा दिने प्रतिज्ञा गरे । उनको काम गर्ने शैलीकै कारण उनी एक मुक्तिदाताको रूपमा स्थापित भए ।
बोलिभारले स्पेनियाली अत्याचारीहरूको विरोधमा लड्न युरोपका प्रगतिशील जनतालाई सहयोगका लागि आह्वान गरे । उनको आह्वानबाट प्रभावित भएर स्पेनियालीहरूको विरोधमा सङ्घर्ष गर्न आयरल्यान्ड, बेलायत, जर्मनी, इटाली र पोल्यान्डका दृढ सङ्कल्प भएका ५ हजार स्वयम्सेवकहरू ल्याटिन अमेरिका पुगे । त्यस मुक्तियुद्धमा सहयोग गर्ने अनेक रूसी स्वयमसेवकहरू पनि थिए । धेरै लडाइँहरूमा अनेक बहादुरी देखाएकामध्ये लेफ्टिनेन्ट कर्नेल तन मिनुटा (क्ष्खबल ःष्लगतब) पनि थिए । बोलिभार युरोपबाट पहिले हाइटी पुगे र पछि भेनेजुयलाको ओरिनोको पुगेर लडाइँ सुरू गरे ।
महादेशीय मुक्ति सेना
सन् १८१९ मा स्पेनियालीहरूबाट न्यू ग्रानाडालाई मुक्त गर्न बोलिभारले दक्षिण अमेरिकाको पश्चिमको उँचो पर्वतमाला एन्डिसको हिमाल पहाड चढेर मद्दत गर्न भेनेजुयला छोडे । उनको फौजमा १२०० लडाकूहरू र ९०० घोडा थिए ।
घना जङ्गल, ठूल्ठूला नदी, अग्ला अग्ला पहाड र हिमालको आँधीबेहरीसँग जुझ्दै बोलिभार अगाडि बढे । ठूल्ठूला गोही, सर्प, विषालु माछा, मांसाहारी माछाहरूको छेलोखेलो भएको नदी–नाला पार गर्दै ती सिपाहीहरू अगाडि बढे । तर, धेरै घोडा हिउँमा चिप्लिएर मरे, धेरै स्वयम्सेवकहरू पहाडबाट चिप्लेर खसी मरे, उचाइमा लेक लागेर मरे । त्यस्ता अनेक हण्डर र ठक्कर खाँदै बाटैमा धेरै साथीहरूलाई सहिदको अन्तिम सलामी दिँदै शत्रुसँग लड्न बोलिभारको फौज मोर्चामा पुग्यो । तिनीहरू वीरतापूर्वक लड्दै गए ।
रूकी नामका एक बेलायती स्वयम् सेवकका कमान्डरले आफ्नो रगत बगिरहेको हातको घाउलाई थिच्दै आफ्नो खुट्टाको भरमा उठेर स्वयम्सेवकहरूलाई आह्वान गरे– ‘आफ्नो जन्मभूमिको निम्ति लड ।’ एक स्वयम्सेवक चिच्यायो “को हो, बोल्ने ?“ अन्तर्राष्ट्रवादी र क्रान्तिकारी बेलायतीले जवाफ दिए, “म जिउँदै छु ।” एक घण्टापछि उनी सहिद भए ।
बोलिभारका वीर विद्रोही सेनाले विजय प्राप्त ग¥यो र स्पेनियाली सेनाको पराजय भयो । न्यू ग्रानाडा र भेनेजुयला संयुक्त भयो र बोलिभार विशाल कोलम्बियाको नयाँ संयुक्त गणतन्त्रको राष्ट्रपति भए ।
बोलिभार सत्तामा पुगेपछि उनले दास प्रथा उन्मूलन गरे, मालिकहरूलाई आदिवासी जनताले तिर्नुपर्ने नजराना सबै समाप्त गरे तथा ठूलाठूला जमिनदारहरूको जमिनदारी जफत गर्ने ऐन पनि खेस्रा गराए । तर, भनिन्छ शोषकहरू एक भएपछि त्यो ऐन लागू भएन ।
बोलिभारले स्पेनियालीहरूबाट मुक्त गरेका सबै गणतन्त्रलाई एक संयुक्त गणतन्त्रमा सङ्गठित गर्ने सपना देखेका थिए । संरा अमेरिका स्पेनियालीहरूबाट मुक्त भएका ल्याटिन अमेरिकी देशहरूलाई आफ्नै पोल्टामा पार्न चाहन्थ्यो । तर, बोलिभारले उत्तरी अमेरिका (संरा अमेरिका) लाई त्यस्तो नगर्न खबरदारी गरे ।
सन् १८२५ मा बोलिभारले लेखे–उत्तरी अमेरिकीहरू हाम्रो निम्ति विदेशी नै हुन् । यसकारण हामी अमेरिकी (ल्याटिन अमेरिकीहरू) को मामिला सल्टाउन तिनीहरूलाई निमयाउने कुरा म स्वीकार्न सक्दिन । त्यसबेला संरा अमेरिकाका राष्ट्रपति जेम्स मुनरो थिए । उनले जेफरसन, म्याडिसन र अन्य मुख्य–मुख्य प्रतिनिधिसभाका सदस्यहरूसँग सल्लाह गरी अमेरिका अमेरिकीहरूको भनी सन् १८२३ डिसेम्बर महिनामा प्रतिनिधिसभामा सन्देश पठाएका थिए ।
त्यसैलाई ‘मुनरो नीति’ भनियो त्यसको मुख्य उद्देश्य हो–
१) पश्चिमी गोलाद्र्ध अन्य युरोपेली शक्तिहरूलाई अब उपनिवेश कायम गर्न खुला हुनेछैन ।
२) पश्चिमी गोलाद्र्धको कुनै पनि भागका युरोपेली शक्तिहरूले हस्तक्षेप गर्न पाउनेछैनन्, त्यस्तो हस्तक्षेपलाई सं.रा. अमेरिकाको शान्ति र सुरक्षामा खतराको रूपमा लिइनेछ ।
३) संरा अमेरिकाले कुनै युरोपेली शक्तिको आन्तरिक मामिलामा हस्तक्षेप गर्नेछैन ।
स्पेनियालीहरूमाथि विजय प्राप्त गरिसकेपछि बाहिरबाट आएर भूमिमाथि कब्जा जमाएका जमिनदारहरू र उठ्दो पुँजीपति वर्गले व्यापक जनताको विरोधमा धार्मिक सङ्ख्या, पादरी र सम्भ्रान्त वर्ग सबैलाई एक गराई गरिबहरूलाई आ–आफ्नो जमिनदारी वा भूमि वितरण गर्न अस्वीकार गरे । तर, पनि अर्जेन्टिना, चिली, पाराग्वे, भेनेजुयला, कोलम्बिया, इक्वेडर, पेरू आदि नौ देशमा बोलिभारलाई मुक्तिदाता मान्छन् ।
पुँजीवादी क्रान्तिका अग्रदूत बोलिभार पछि विचलित भए आफ्नो जीवनका पछिल्ला दिनहरूमा उनी जनताबाट टाढिए । सबभन्दा कठिन र निर्णायक समयमा उनी जनतासँगै रहेर जनताप्रति नै समर्पित थिए । तर, उनी एक पुँजीवादी क्रान्तिकारी थिए र पुँजीवादी क्रान्तिको एउटा सीमा थियो । समाजवादी क्रान्तिको परिस्थिति तयार भइसकेको थिएन । फ्रान्स र स्पेन मिलेर पुनः आफ्नो उपनिवेशमाथि कब्जा गरे ।
सन् १८३० मा क्षयरोगका कारण ४७ वर्षको उमेरमा बोलिभार बिते । तर, ल्याटिन अमेरिकी जनताले उनलाई आज पनि एक राष्ट्रिय वीर वा विभूतिको रूपमा सम्मान गर्छन् र उनलाई अमेरिकी उपनिवेशहरूका मुक्तिदाताको रूपमा मान्छन् । उनको सम्झनामा धेरै–धेरै स्मारकहरू स्थापना गरिएका छन्, अनेक स्थलहरू उनको नाममा नामाकरण गरिएका छन् । बोलिभिया देश उनकै नाममा रहन गएको हो । भेनेजुयलाको मुद्राको नाम नै बोलिभार राखिएको छ ।
यसरी ल्याटिन अमेरिका आज पनि बोलिभारबाट प्रेरित छ । बोलिभियामा जस्तै ल्याटिन अमेरिकामा स्पेनियाली उपनिवेशवादीहरूको विरोधमा भेनेजुयला, कोलम्बिया र पेरूमा सङ्घर्ष भएको थियो र सन् १८५० सम्म ती देशहरूमा दास प्रथा कायम रह्यो भने १८८० को दशकसम्म ब्राजिलमा दासप्रथा कायम थियो । ल्याटिन अमेरिकी जनताको स्वाधीनताको लडाइँ सारमा उपनिवेशवादविरोधी पुँजीवादी क्रान्ति थियो । त्यसको मुख्य उद्देश्य स्पेन र पोर्चुगलको औपनिवेशिक दासताबाट मुक्ति थियो । तर, त्यहाँका ठूलठूला जमिनदारहरूबाट किसानहरूले जग्गा पाउन नसकेका समस्या भने यथावत् नै रह्यो ।
तर, मेक्सिकोमा हिडाल्गोर क्युवामा सान मार्टिनजस्ता मुक्तिकामी र क्रान्तिकारीहरू सङ्घर्ष गर्दै गए । ल्याटिन अमेरिकी देशहरूका अनेक कमी कमजोरीहरूले गर्दा बेलायती र संरा अमेरिकी साम्राज्यवादले ती देशहरूमा आफ्नो आर्थिक प्रभुत्व कायमै राखेर भित्री मामिलामा निरन्तर हस्तक्षेप गरिरहे ।
ल्याटिन अमेरिकी मुक्तिदाता सिमोन बोलिभारबाट प्रेरित ह्युगो चाभेज २८ जुलाई १९५४ मा भेनेजुयलाको बारिनास प्रान्तको सवानेट सहरमा जन्मेका थिए । उनका बुबा ह्युगो डे लस रेटोज चाभेज र आमा एलेना फ्रियाज से चाभेज दुवै शिक्षण पेशामा संलग्न थिए । चाभेज मिश्रित जातीय परिवारका हुन् ।
सन् १९७५ मा भेनेजुयलाकै सैन्य विज्ञान प्रतिष्ठानबाट स्नातक उत्तीर्ण भएपछि उनले भेनेजुयलाको सेनामा सेवा गरे । सैन्य विज्ञान र कौशलमा स्नातक चाभेज २१ वर्षको उमेरमा सिमोन बोलिभार विश्वविद्यालयमा राजनीतिशास्त्रको कक्षामा सामेल भए । विश्वविद्यालय बीचमै छोडेर उनले केही साथीहरूसँग मिलेर बोलिभारियालीवाद सैद्धान्तिक आधारलाई एक सामाजिक–राष्ट्रवादी संस्थामार्फत त्यसको विकास गरे ।
तत्कालीन भ्रष्टाचारी राष्ट्रपति पेरेजले अन्तर्राष्ट्रिय मुद्रा कोषको सल्लाहमा आफ्नो देशको अर्थतन्त्र नै खलबलिने गरी मुद्रा अवमूल्यन गर्ने, तलब र ज्याला घटाउने कुकृत्य गर्दा त्यसको विरोधमा २७ फेब्रुअरी १९८९ मा आन्दोलन भयो । त्यस आन्दोलनका क्रममा ३००० मानिस मारिएका थिए ।
चाभेज निरन्तर सैनिक सेवामा लागे र मेजर पदमा पदोन्नति गर्दै लेफ्टिनेन्ट कर्णेल पदमा पुगे । त्यसैबेला अर्थात् सन् १९९० तिर आर्थिक ¥हासको कारण मूल्यवृद्धि भयो र जनता कष्टकर जीवन बिताउन लागे । त्यसको विरोधमा आफ्ना साथीहरूसँग मिलेर ४ फेब्रुअरी १९९२ मा ५ सैन्य टोलीलाई सञ्चालन गरी राष्ट्रपति भवन, रक्षा मन्त्रालय, ला कारतोबा भन्ने एक सैन्य विमानस्थल र सैन्य सङ्ग्रहालय कब्जा गरी सैनिक विद्रोह गरे । उनी ३८ वर्षका थिए र उनले १७ वर्ष सैनिक सेवामा बिताइसकेका थिए ।
उनको विद्रोहको योजना राष्ट्रपतिलाई बन्दी बनाउने र शासन सत्ता आफ्नो हातमा लिने थियो तर १४ जना सैनिक मारिए, ५० जना घाइते भए र साधारण जनता ८० जना घाइते भए । सैनिक विद्रोह असफल भयो । सन् १९७० को दशकमा मात्रै एसिया, अफ्रिका, ल्याटिन अमेरिका र संसारमा झण्डै ३ महिनामा एउटा सैनिक विद्रोह हुन्थ्यो । चाभेज पक्राउ परी जेल चलान गरिए, उनले जेलमै गम्भीर अध्ययन सुरू गरे ।
भ्रष्ट राष्ट्रपति पेरेजलाई प्रतिनिधिसभाले महाअभियोग लगाई हटायो र सन् १९९४ मा राफेल कालडेरा नयाँ राष्ट्रपति चुनिए । नयाँ राष्ट्रपतिले चाभेज र उनको समूहलाई आममाफी दिए २ वर्षपछि उनी कारागारबाट मुक्त भए ।
सन् १९९८ को राष्ट्रपति निर्वाचनमा चाभेज र उनको समूह एक नयाँ घोषणापत्रमार्फत निर्वाचनको मैदानमा उभिए निर्वाचनमा चाभेज ५६ प्रतिशत मत प्राप्त गरी राष्ट्रपति भए । कार्यकालको सुरूमै राष्ट्रपति चाभेजले आफ्नो देशको नाम ‘बोलिभारियाली गणतन्त्र भेनेजुयला’ राखे तथा राष्ट्रपतिको कार्यकाल ६ वर्ष, २ अवधि निर्वाचित हुन पाउने, दुई सदनको ठाउँमा एउटै सदनमात्र बनाउने कार्य जनमत सङ्ग्रहमार्फत गरे, स्थानीय निकायलाई पनि प्रभावशाली बनाउने निर्णय भयो । चाभेज ४५ वर्षका प्रौढ बने । बोलिभारियाली क्रान्ति र समाजवादको नारामा जनताको आधारभूत आवश्यकतालाई प्राथमिकता दिए । आफ्नो देशको पेट्रोल खानीहरूमा कब्जा जमाइरहेका विदेशी कम्पनीहरूलाई राष्ट्रियकरण गरे र त्यही रकमबाट जनताको शिक्षा र स्वास्थ्यमा खर्च गरे । छिमेकी देशहरूलाई पनि विश्व बजारको मूल्त्न्दा सस्तोमा पेट्रोल उपलब्ध गराए । सस्तोमा खाद्यान्न वितरण गरियो ।
चाभेजले संरा अमेरिका र त्यसको इशारामा चल्ने विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार सङ्गठन आदिका पनि रहस्य खोल्दै गए । उनका ती महत्त्वपूर्ण र साहसी कार्यको कारण अमेरिकी केन्द्रीय गुप्तचर विभागको निर्देशनमा सन् २००२ अप्रिल महिनामा एक प्रतिक्रियावादी सैनिक विद्रोह गराई चाभेजलाई बन्दी बनाइयो । रातारात लाखौँ–लाख भेनेजुयाली जनता बन्दी बनाइएको स्थानमा जम्मा भएर चाभेजको समर्थनमा राजधानीका दुई डिभिजन सेनाले प्रत्याक्रमणको तयारी गरे । जनता र सेनाको दबाब एवम् ठूलो रक्तपातको सम्भावना तथा विद्रोहको परिणाम अझ उल्टो हुने देखिएपछि सैनिक विद्रोहको पतन भयो । ४७ घण्टापछि चाभेज सकुशल जनताको माझमा देखापरे ।
सन् २००२ मा चाभेज दोस्रोपटक राष्ट्रपति निर्वाचित बने । चाभेजले भेनेजुयलाको मुख्य प्राकृतिक स्रोत पेट्रोललाई राष्ट्रियकरण गराई त्यसको रकमलाई चरम गरिबी दर ७० प्रतिशतले घटाउने काममा उपयोग गरे । जनताको जीवनस्तर बढ्नासाथ कलेजमा भर्ना सङ्ख्या दोब्बर बढ्यो र लाखौँ–लाख मानिसले निः शुल्क स्वास्थ्य उपचार पाए । निरक्षरता उन्मूलन अभियानले सफलताको चूली चढ्यो ।
चाभेज तेस्रोपटक सन् २००६ फेब्रूअरीमा राष्ट्रपतिमा निर्वाचित भए । सन् २००९ मा जनमत सङ्ग्रहमार्फत राष्ट्रपतिको कार्यकाल ६ वर्ष बनाइयो । सन् २०१० सम्ममा ल्याटिन अमेरिकी देशको माझमा विश्व बैङ्क र मुद्रा कोषको विरोधमा एक क्षेत्रीय आर्थिक सङ्गठन– अल्बा सङ्गठित गरियो । आर्थिक, शिक्षा र स्वास्थ्यमा बाहेक युवा, विद्यार्थी, महिला, मजदुरहरूबाट पनि नागरिकहरूका सैन्य संयन्त्र बनाए ।
३० जून २०११ को दिन क्युवा भ्रमणमा चाभेजलाई क्यान्सर भएको पत्ता लाग्यो र उपचार सुरू गरियो । २०१२ अक्टोबर महिनामा चाभेज चौथोपटक राष्ट्रपति पदमा निर्वाचित भए । डिसेम्बर २०१२ मा उनी पुनः उपचारको निम्ति क्युवा गए ।
१० जनवरी २०१२ मा राष्ट्रपतिको कार्यकाल सुरू भयो अप्रिल २०१२ मा उनको चौथोपटक शल्यक्रिया भयो । उनलाई अमेरिकीहरूले रोगको किटाणु सारिदिएको हल्ला फैलियो ।
सन् २०१३ फेब्रुअरी महिनामा चामेज क्युवाबाट भेनेजुयला फर्के । २०१३ मार्च ५ को दिन अर्थात् २२ फागुन २०६९ मा उनी आफ्नै देशको सैनिक अस्पतालमा बिते । उनी ५८ वर्षका थिए ।
चाभेज हत्याबारे छानबिन
भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेजलाई विदेशी शत्रुले क्यान्सर सङ्क्रमण गराएको भन्दै त्यहाँको सरकारले औपचारिक छानबिन थाल्यो । भेनेजुयलाका कार्यवाहक राष्ट्रपति निकोलस माडुरोले चाभेजलाई विष लगाएर क्यान्सर सङ्क्रमण गराइएको धेरै जनताको दाबीमाथि छानबिन गर्ने घोषणा गरे । “हामी सत्यको खोजी गर्नेछौँ, माडुरोले भने, “हाम्रा कमान्डर चाभेजलाई बाटोबाट हटाउन चाहने काला शक्तिहरूले उनलाई विष प्रयोग गरेको हाम्रो बुझाइ छ ।”
उनले छानबिन समितिका लागि विदेशी वैज्ञानिकहरूलाई पनि आमन्त्रण गरे । चाभेजको निधन हुनु केही घण्टाअघि माडुरोले ‘साम्राज्यवादी’ शत्रुहरूले समाजवादी नेतालाई क्यान्सर सङ्क्रमित गराएको ‘वैज्ञानिक प्रमाण’ केही दिनमै पत्ता लगाउने बताएका थिए ।
“चाभेजलाई यो रोगको किटाणु भएकोमा कुनै सन्देह छैन”, उनले भने ।
“हाम्रो देशका पुराना शत्रुहरूले उनको स्वास्थ्यमा क्षति पुयाउने काम गरेको देखिन्छ”, माडुरोको भनाइ थियो ।
उनको अन्त्येष्टिमा ८० देशका प्रतिनिधिहरूले भाग लिएका थिए भने इरानका राष्ट्रपति मोहम्मद अहमदिनेजाद र अन्य ल्याटिन अमेरिकी राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरू पनि अन्तिम सलामीमा सामेल थिए ।
राष्ट्रपति चाभेजको मृत्युपछि उपराष्ट्रपति निकोलस माडुरोलाई कार्यवाहक राष्ट्रपति बनाइयो र ३० दिनभित्र नयाँ निर्वाचनको घोषणा गरियो ।
चाभेजको जनमुखी कार्यक्रमले उनी लोकप्रिय हुनु स्वाभाविक थियो । चाभेजको कार्यक्रमलाई ‘२१ औँ शताब्दीको समाजवाद’ भनियो । चाभेजका मित्र र मजदुर नेता कार्यवाहक राष्ट्रपति निकोलस माडुरो एवम् चाभेजका सदस्यहरूले २१ औँ शताब्दीको समाजवादको
बाटोमा लागिरहने प्रतिज्ञा गरे । २३ प्रान्तमध्ये २० वटा प्रान्तीय सभामा समाजवादी वा चाभेजको पार्टीका समर्थकहरूले बहुमत प्राप्त गरे ।
चाभेजको व्यक्तित्व
सिमोन बोलिभार, जोसे मार्टीजस्ता ल्याटिन अमेरिकी मुक्तिदाता, विचारक र कमान्डर, पश्चिमी गोलाद्र्धका समाजवादका प्रतीक क्याष्ट्रो, समाजवादी विचारक र प्रयोगकर्ता चे, सङ्घर्षमै बलिदान दिने चिलीका माक्र्सवादी राष्ट्रपति साल्भाडोर एयेन्डे र ल्याटिन अमेरिकाका प्रतिष्ठित एवम् प्रगतिशील कवि पाब्लो नेरूदाबाट प्रभावित चाभेज एक अध्ययनशील चिन्तक र क्रियाशील व्यक्तित्वको रूपमा ल्याटिन अमेरिकाका प्रगतिशील जनमानसमा धेरै समयसम्म छाइरहनेछन् ।
चाभेजको अन्तर्राष्ट्रिय कार्य भनेको अल्बा, उनासुर र सेलाकजस्ता क्षेत्रीय आर्थिक र राजनैतिक सङ्गठनहरूमा ल्याटिन अमेरिकी देशहरूलाई एक गर्नु थियो ।
संरा. अमेरिकी साम्राज्यवाद, विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार सङ्गठन र बहुराष्ट्रिय कम्पनीको विरोधमा ‘बोलिभारियाली क्रान्ति’ को झन्डालाई उनले अझ माथि उचाले । पश्चिमी गोलाद्र्धलाई सम्पूर्ण क्षेत्रमा प्रभाव पार्ने ल्याटिन अमेरिकी समाजवादको अर्थ विदेशी कम्पनीहरूका तेलको स्रोतलाई राष्ट्रियकरण गरी कामदार वर्गको जीवनस्तर उठाउन आधा मूल्यमा टोल–टोल र गाउँमा खाद्यान्न वितरण, क्युवालाई तेल र क्युबाबाट डाक्टर र शिक्षकहरू सहयोग आदानप्रदान गरेर गाउँ–गाउँसम्म जनतालाई निःशुल्क स्वास्थ्य सेवा, निरक्षरता उन्मूलन र थप एक दर्जन विश्वविद्यालय स्थापना, जनतालाई प्रत्यक्ष प्रभाव पार्ने निजी उद्योगहरूको राष्ट्रियकरण, छिमेकीहरूसँगको आर्थिक सम्बन्ध, गाउँ र वडास्तरसम्मको जनपरिषद्को गठन हो । ल्याटिन अमेरिकी समाजवादको यो नयाँ प्रयोग हो ।
रूस, चीन, इरान, सिरियाजस्ता देशहरूसँग कूटनैतिक सम्बन्ध विस्तार गर्नु र होण्डुरस तथा पाराग्वेजस्ता पीडित छिमेकीहरूलाई विश्वासमा लिन सक्नु चाभेजको कूटनैतिक सफलता थियो ।
साम्राज्यवादविरोधी एसियाली देश इरान र अफ्रिकी देशहरूसँग पनि आर्थिक र राजनीतिक सम्बन्धको विस्तार गरी तेस्रो विश्वमा उनले नयाँ आयाम थपे । क्युवा, (राष्ट्रपति राउल क्यास्ट्रो निकारागुआ (राष्ट्रपति ओर्टेगा), बोलिभिया (राष्ट्रपति ते मोरालेस) ब्राजिल (पूर्व राष्ट्रपति लुला), अर्जेन्टिना, इक्वेडर (राष्ट्रपति कोरेया) आदि सँगको आर्थिक सम्बन्ध र राजनैतिक समझदारीले ल्याटिन अमेरिका उत्तरको मुनरो नीतिको विरोधमा उठेको प्रस्ट छ । इतिहासमा यसको दूरगामी प्रभाव पर्ने निश्चित छ ।
चाभेजको मृत्युले संसारका विभिन्न देशमा जस्तै नेपालमा पनि प्रगतिशील र संवेदनशील जनतालाई स्तब्ध र दुःखी बनाएको थियो । चाभेजविनाको भेनेजुयला र ल्याटिन अमेरिकामा के प्रभाव पर्ने होला भनी नेपालका चिन्तनशील समुदायमा खुल्दुली हुनु र जिज्ञासा जाग्नु स्वाभाविक हो ।
साम्राज्यवादविरोधी, देशभक्त र न्यायप्रेमी जनताको चासो र चिन्तामाथि घोर अपमान एवम् असहमति जाहेर गर्दै केही तत्वहरूले चाभेजमय काठमाडौँ शीर्षकमा चाभेजलाई ‘तानाशाह’ को संज्ञा दिए । (साप्ताहिक हिमाल, ११ चैत २०६९)
हिमालका टिप्पणीकारले अमेरिकी राष्ट्रपति बुशलाई संयुक्त राष्ट्र सङ्घकै सभामा चाभेजले विरोध गरेकोमा सा¥है चित्त दुखाएको प्रस्टियो । संयुक्त राष्ट्र सङ्घको बैठकमा चाभेजले मात्रै होइन, तेस्रो विश्वका अनेक राष्ट्राध्यक्षहरूले आ–आफ्नो देश, क्षेत्र, महादेश र संसारकै परिवेशमा संरा अमेरिकाले लिएको नीति, आक्रमण र हस्तक्षेपको कारण अमेरिकी राष्ट्रपतिहरूलाई दोष दिँदै विरोध, असहमति र निन्दा गरेका छन् । एक अर्थमा संयुक्त राष्ट्र सङ्घ संरा अमेरिकाको कठपुतली बन्यो । यसकारण संयुक्त राष्ट्र सङ्घको कार्यालय नै अन्य महादेशमा सार्नुपर्ने भावना र प्रस्ताव पनि राखियो । संरा अमेरिकामै गएर अमेरिकी नीतिकै खण्डन गर्नु पनि प्रजातन्त्रकै एउटा अभ्यास हो ।
तर, चाभेज र कर्णेल गद्दाफीलाई तानाशाह भन्ने केही नेपालीहरूले जनताबाट निर्वाचित राष्ट्रपति एलेन्डेका हत्यारा, मानवअधिकारविरोधी चिलीका स्वेच्छाचारी तानाशाह पिनोचे, इन्डोनेसियामा १५–२० लाख जनता मार्ने र दसकसम्म निरङ्कुश शासन गर्ने सुहार्तो र लुमुम्बाका हत्यारा मोबुतुजस्ता अनेकौँ अत्याचारीहरूलाई ‘तानाशाह’ भनेनन् । हिरोसिमा र नागासाकीमा आणविक बम खसालेर एकै चोटी लाखौं मानिस मार्ने र पुस्तौँसम्म त्यसको परिणामलाई भोगिरहेका लाखौँ जनतालाई पीडा दिने अमेरिकी राष्ट्रपति ट्रुम्यानलाई ‘तानाशाह’ भनेनन् ।
अत्यन्त बहुमत जनताको हितमा अमेरिकी साम्राज्यवादको अगाडि नझुकी विदेशी पेट्रोलियम कम्पनीलाई राष्ट्रियकरण गरी भेनेजुयला र ल्याटिन अमेरिकामै नयाँ जागरण ल्याउने चाभेजलाई ‘तानाशाह’ भन्नु साम्राज्यवादीहरूकै पक्ष लिनु हो । नेपाली जनता त्यस दृष्टिकोणसँग असहमत छन् । सारमा चाभेज ल्याटिन अमेरिकाका एक क्रान्तिकारी र लोकप्रिय नेता थिए । चाभेजकै राजनीतिक दलको सिद्धान्त र नीतिको रातो झन्डा बोकेर अगाडि बढ्ने भेनेजुयाली राष्ट्रपति नै निकोलस माडुरो हुन् । दोस्रोपटक पनि उनी जनताबाट निर्वाचित राष्ट्रपति हुन् । भेनेजुयाली जनता माडुरोको पक्षमा सङ्घर्ष गर्दैछन् ।
‘मजदुर किसान’ पूर्णाङ्क ११ (चैत २०६९ वैशाख २०७०) बाट
Leave a Reply