भर्खरै :

मानव अधिकारको झन्डा उठाएर मानवअधिकार नै उल्लङ्घन गर्दै अमेरिका

चिनियाँ ‘जन दैनिक’ अखबारले ‘मानव अधिकारको झन्डा उठाएर मानवअधिकारको उल्लङ्घन गरिएको कपट’ शीर्षकको समाचार प्रकाशित गरेको छ । उक्त समाचारअनुसार, अमेरिकाले तथाकथित ‘जबरजस्ती श्रम’ को नाउँमा सिन्च्याङका प्रतिस्पर्धी उद्योगलाई दबाउने गतिविधि सिन्च्याङका सबै जातीय सर्वसाधारणको रोजगारी र श्रम अधिकारबाट वञ्चित गरिरहेको छ । अमेरिकाले चिनियाँ सरकारको गरिबी निवारण कार्यमाथि हस्तक्षेप र भङ्ग गर्ने गतिविधि सिन्च्याङका सबै जातीय सर्वसाधारणको जीवनयापन र विकास अधिकारबाट वञ्चित गरिरहेको छ ।
युगुर जातिको उखानमा भनिएको छ, ‘बाली वर्षामा हरित हुन्छ भने मानिस श्रममा निर्भर भई सुख प्राप्त गर्छ’ । श्रम जीवनयापन, विकास र सुखको मूल हो । सिन्च्याङले श्रमिकको रोजगारी इच्छालाई सम्मान गरेर नजिकै रोजगार, सहरमा रोजगार र स्वरोजगारका लागि विभिन्न जातीय सर्वसाधारणलाई सर्त सिर्जना गरेको छ । यसबाट सक्षम मान्छेहरू पूर्णतः रोजगारयुक्त भएका छन् । सन् २०२० मा सिन्च्याङमा ३० लाख ६० हजारभन्दा बढी ग्रामीण गरिबीहरू सबै गरिबीबाट मुक्त भएका थिए । निरपेक्ष गरिबी समस्याको ऐतिहासिकरूपमा समाधान गरिएको छ ।
अमेरिकाले तथाकथित ‘युगुर जबरजस्ती श्रमको रोकथाम कानुन’ लागू गरेर सिन्च्याङका विभिन्न व्यवसायका लाखौँलाख कार्यकर्ताको सबैभन्दा आधारभूत श्रम अधिकारमाथि गम्भीर धम्की दिएको छ । अमेरिकाले मुखमा मानवअधिकार बोले तापनि सिन्च्याङको मानवअधिकारलाई भङ्ग गर्ने काम गरिरहेको छ ।
अमेरिकाले बेरोजगार र पुनःगरिबी बनाएर सिन्च्याङलाई बन्द तथा गरिब अवस्थामा फर्काएपछि सिन्च्याङमा जातीय विवाद र अराजकता बनाउन खोजेको छ । सिन्च्याङको प्रयोग गरी चीनको नियन्त्रण गर्ने षड्यन्त्र कहिल्यै सफल हुँदैन ।

Leave a Reply

Your email address will not be published.