आजको सङ्कटका कारक शासक दलहरू !
- कार्तिक १७, २०८३
काठमाडौं, १ भदौ । नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीप्रसाद काफ्लेले नेपाल सरकारले नेपाल–भारतको सिमानामा भारतले बनाएका वैध र अवैध बाँध, तटबन्ध र पर्खाल अनुगमन गरेर त्यसलाई भत्काउनुपर्नेमा जोड दिनुभएको छ । व्यवस्थापिका–संसदको कृषि तथा जलस्रोत समितिको बैठकमा बिहीबार भाग लिंदै उहाँले भारतले नेपाली सीमापारि अन्तर्राष्ट्रिय मापदण्डविपरीत असर पार्ने बाँध, सडकसमेत भत्काउन भारतसँग कूटनैतिक सम्बन्धबाट समाधान खोज्नुपर्छ भन्नुभयो । उहाँले बाढी, पहिरो र डुबानमा पर्ने जनतालाई भूकम्प पीडितले पाएजत्तिकै सुविधा दिनुपर्छ र गरिब जनताको घर सरकारले बनाइदिनुपर्छ भन्दै राहत सामग्री वितरण गर्दा भ्रष्टाचार, नातावाद, कृपावाद र अनियमितता गर्नेलाई कडा कारबाही गर्नुपर्छ भन्नुभयो । सांसद काफ्लेले समितिअन्तर्गत पर्ने मन्त्रालय र अन्य सम्बन्ध निकायहरूलाई परिचालन गर्ने र आवश्यक बजेटको व्यवस्था गरेर राहत कार्य व्यवस्थित र जनमुखी बनाउनुपर्छ भन्नुभयो ।
Leave a Reply