भर्खरै :

नेका र माओवादीको लोकप्रियता ओरालो लाग्दै ?

नेका र माओवादीको लोकप्रियता ओरालो लाग्दै ?

१६ साउन २०७९ को ‘कान्तिपुर दैनिक’ ले अघिल्लो पानामा लेख्यो, ‘अधुरा काम फत्ते गर्न फर्काइए शर्मा’, ‘शर्माको काँधमा कुशासनको बन्दुक पड्काउँदै देउवा–दाहाल ।’
संसदीय अनुसन्धान समितिको निर्णयप्रति औँल्याउँदै व्यङ्य चित्रको क्याप्सनमा लेखियो, “सफाइ पाई सक्या हो क्या ! दाग लाग्दैन, जुत्ता हेर्नाेस् न… टिलिक्कै पा¥या छ !’ अर्थ मन्त्रालय !
सम्पादकीयको शीर्षक थियो, ‘देउवा–दाहालको निर्लज्ज शासन ।’
‘व्यवस्था बदनाम बनाउँदै पात्रहरू’, ‘मधेसवादी दलहरूको घट्दो लोकप्रियता ।’ (कान्तिपुर– १६ साउन २०७९)
ठूलो अक्षरमा लेखियो– ‘जुन ठेक्कामा सरकारको पनि केही चल्दैन ।’
सात पटक म्याद थप्दा पनि प्रगति नभएपछि तोडियो बालाजु–रानीपौवा खण्डको ठेक्का, तर अदालतको अन्तरिम आदेश जारी भएपछि न नयाँ ठेक्का लगाउन मिलेको छ न पुरानै ठेकेदारलाई निरन्तरता दिन सकिएको छ ।
ठेकेदारले निर्णय अलपत्र पारेपछि बर्खामा हिलाम्मे बनेको बालाजु–रानीपौवा–त्रिशुली सडक खण्ड ।’
‘विदेशीको आशीर्वाद पाएपछि ठेकेदारको भाउ बढेको’ भन्ने लेख्न बिर्सेजस्तो छ ।

सरकार, सेना, प्रहरी र राजनेताहरू
‘प्रहरी, बुट खरिदमा ६ करोड घोटाला’
‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट !’
यस्तै छन् १८ साउन २०७९ को ‘नागरिक दैनिक’ का शीर्षकहरू !

सरकारका कामकाज ‘भद्रगोल’ (राजधानी १७ साउन २०७९)

– आकलझुकल सिंहदरबार आउँछन् प्रधानमन्त्री
– तीन–चार महिनादेखि नियमित आउनै छोडे
– सबै प्रशासनिक काम बालुवाटारबाटै
– ‘कमाउ’ धन्दामा लाग्न पाउँदा मन्त्रीलाई रिल्याक्स
– शासन ‘कहाँबाट सञ्चालन हुन्छ ?’ भेउ पत्तो छैन

x                    x                              x

नेता त बिग्रे
कार्यकर्ता ?
पैसामा पालिए
अनि के होला ?!
ह्ह्ह्
तराईका नेताहरूको भ्रष्ट आचरणले गर्दा ‘मधेसवादी’ नेताहरू केही वर्षभित्रै एक एक गरी बदनाम हुँदै छन्, गरिब र पीडित जनता भन्दै छन्, “तराईका नेताहरू पनि गतिला छैनन् । किन ?”
‘लेडिज साइकल खरिदमा १० करोड बढी भ्रष्टाचार’, भुषालसहित १० विरुद्ध मुद्दा दायर, जनही १० करोड ३२ लाख बिगो माग’, (राजधानी–१९ साउन, २०७९)
अख्तियारद्वारा १० करोडको भ्रष्टाचार मुद्दा दर्ता ‘बेटी पढाऊ, बेटी बचाऊ’ मा अनियमितता ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन प्रदेश सचियामप्रसाद भुषाल, सीडीई, सहलेखापाल, ओम सत्य साई पालि वीरगञ्जमा कार्यकारी निर्देशक समेत ६ जना भ्रष्टाचार मुद्दामा तानिएका छन् । (नागरिक, दैनिक–१९ साउन २०७९)
‘बेटी पढाऊ’ को साइकलमा भ्रष्टाचार’
‘१६ हजार ३६ कमसल र ब्रान्ड नखुलेका साइकल खरिद’ तस्बिरको क्याप्सनमा लेखिएको छ– ‘मुख्य मन्त्री ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल वितरण गर्दै मुख्यमन्त्री लालबाबु राउत ।’ (अन्नपूर्ण पोष्ट–१९ साउन २०७९)
भारतको नारा नेपालमा पुग्दा नेता र कर्मचारी भ्रष्टाचारमा फसे । व्यापार र व्यापारीहरू भारतीय कम्युनिस्ट हुनाले नेपाली नेता र कर्मचारी फस्नु स्वाभाविक मान्छन्, भुक्तभोगीहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *