भर्खरै :

वातावरण प्रदूषण कम गर्नमा नागरिकको भूमिका

वातावरण प्रदूषण कम गर्नमा नागरिकको भूमिका

मुख्य मुख्य सहरहरूमा फोहोर व्यवस्थापनमा समस्या रहिआएको छ । राज्यले फोहोर व्यवस्थापनमा दीर्घकालीन सोच नल्याउँदा ठूलठूला सहरहरू बेलाबेलामा दुर्गन्धित भएको हो । आजभोलि घर पसलबाट निस्किने फोहोरहरू डस्टविन, प्लास्टिकका पोकाहरूमा हुने गर्दछ । त्यसो भएमा फोहोर उठाउने गाडीलाई सजिलो हुन्छ । मानिसमा चेतनाको कमि हुँदा अझैपनि बाटोमा खाएका बिस्कुट, चाउचाउ, चक्लेटलगायतका खोलहरू त्यसै फाल्ने गरिन्छ । जथाभावी खानेकुराका खोलहरू फाल्दा बाटोघाटो फोहोर हुन्छ । अभिभावकहरू सचेत भइ आफ्ना छोराछोरीहरूलाई खानेकुराका खोलहरू तोकिएको ठाउँमा मात्र व्यवस्थित गर्न सिकाउनु पर्दछ ।
भोला, पानजस्ता सुर्तीजन्य पदार्थका प्लास्टिकका खोलहरू बढी मात्रामा सडक र बाटोमा छरपस्ट देखिन्छन् । यसले गर्दा वातावरण नै कुरूप बनेको छ । मानिसहरू सुर्तीजन्य वस्तुहरू किन्न आउँदा डस्टविनमा मात्र फोहोर खसाल्न पसलेहरूले सल्लाह, सुझाव दिनु पर्दछ । उमेरको कुनै हद छैन, खाने बानी परेकाहरू र बानी नपरेका सबैले यस्ता सुर्तीजन्य पदार्थहरू जति पनि सेवन गरिरहेका हुन्छन् । जथाभावी प्लास्टिकका खोल फाली दिँदा वातावरण फोहोर भइरहेको छ । आफूबाट निस्किने प्लास्टिकको सानो टुक्रालाई निश्चित ठाउँमा तह लाउने मानिसमा ज्ञान नहुँदा वा चेतनाको कमी हुँदा पुरै वातावरण कुरूप भइरहेको छ । मानिसको हेलचेक्राइँ, मनपर्दीपना जस्ता व्यवहारले पनि वातावरण प्रदूषण भइरहेको हो ।
वर्षादको समयमा त्यही प्लास्टिकका खोलहरू नालामा थुप्रेर, ढल जाम हुँदा समस्या खेप्नु पर्दछ । घर पसलदेखि नै मानिसले आफूसँग निस्केका प्लास्टिकलगायत अन्य फोहोरहरू निश्चित ठाउँमा विसर्जन गर्न लागिपरे वातावरण प्रदूषण कम हुनेमा थप टेवा मिल्ने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *