भर्खरै :

हिरोशिमा : ह्यारी ट्रयुमेनको ‘सैन्य अखडा’

हिरोशिमा : ह्यारी ट्रयुमेनको ‘सैन्य अखडा’

७७ वर्षअघि हिरोशिमामा पहिलो अणुबम खसालियो । हिरोशिमालाई ह्यारी ट्रयुमेनले ‘सैन्य अखडा’ भने । कति मान्छे हताहत भए लेखाजोखा छैन । बम खसेको पहिलो ७ सेकेन्डमा १ लाख सर्वसाधारण हताहत भए ।
आणविक युद्धको खतरालाई मुलधारे मिडियाले बहस र विश्लेषणको विषय बनाएका छैनन् । जनताको दिमाग जानाजान अन्तै मोडिएको छ । जनतालाई सबथोक बताएको स्वाङ पारिन्छ । आणविक हतियारलाई शान्ति ल्याउने बमको रूपमा प्रचार गरिन्छ । अहिले हिरोशिमामा खसालिएको बमको भन्दा १/३ देखि ६ गुणासम्म विस्फोटक क्षमता भएका (कथित मिनिन्युक्स) वा आणविक हतियारबारे पेन्टागनसँग साठगाँठ गरेको विज्ञान जगतले ‘सर्वसाधारणलाई हानि गर्दैन किनभने यी बम जमिनमुनि धस्सिएर विस्फोट हुन्छ’ भनेको छ ।
यो सरासर झूट हो ।
संरा अमेरिकामा मात्र संसारलाई धेरैचोटि ध्वस्त पार्नसक्ने आणविक गट्ठाघर छ । संसारले हिरोशिमा दिवस मनाइरहँदा हामीले दुईचार कुरा स्मरण गर्नुपर्छ । हिरोशिमालाई एउटा ‘सैन्य अखडा’ भनियो । सन् १९४५ अगस्टमा बाक्लो जनसङ्ख्या भएका दुई जापानी सहर हिरोशिमा र नागासाकीमा अणुबम खसालियो । अमेरिकी राष्ट्रपति ट्रयुमेनले निर्दोष नागरिकहरूको जीवन जोगाउने उद्देश्यले बम खसालिएको बताए ।
“विश्वले पहिलो आणविक अस्त्र हिरोशिमाको सैन्य अखडामा खसालिएको याद राख्नेछ । यस्तो किन गरियो भने यो पहिलो हमलामा सकेसम्म निर्दोष नागरिकहरूको हत्या पन्छाउने हाम्रो चाहना थियो ।” (राष्ट्रपति ह्यारी एस. ट्रयुमेन, देशलाई रेडियो सन्देश, १९४५ अगस्ट ९ । पहिलो अणुबम १९४५ अगस्ट ६ मा हिरोशिमामा खसालिएको थियो, दोस्रो अणुबम १९४५ अगस्ट ९ मा नागासाकीमा खसालिएको थियो । त्यही दिन राष्ट्रको नाममा ट्रयुमेनले रेडियो सन्देश जारी गरेका थिए ।)
मानवताविरुद्धको यो अपराधमा कसैलाई दण्ड दिइएन । मृतकहरूलाई ‘आकस्मिक क्षति’ (कोल्याटरल ड्यामेज) भएको भनियो ।

राष्ट्रपति ह्यारी ट्रयुमेनले लेखे :
“हामीले संसारकै सबैभन्दा खतरनाक बम पत्ता लगाएका छौँ । युफ्रेटस सभ्यताको युगमा लेखिएको नोहा र उनको नाउले भागेजस्तो महाविनाश यो बमले पनि ल्याउन सक्छ । हामीले महिला र बालबालिकालाई नभई सैनिकहरूलाई निसाना बनाउन यसको सैन्य प्रयोग गर्नेछौँ । जापानीहरू असभ्य, निर्मम, निर्दयी र अतिवादी भए पनि विश्वको साझा भलाइ चाहने नेता देशको रूपमा हामीले यो बमलाई नयाँ पुराना राजधानीहरूमा खसाल्न सक्दैनौँ ।… निसाना एकदम सैन्य हुनेछ ।… यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा खतरनाक वस्तु हो । तर, यसलाई सबैभन्दा उपयोगी बनाउन सकिन्छ ।”
आजका मितिसम्म अमेरिकी सरकारले जापानी जनतासँग माफी मागेको छैन । न त मूलधारे मिडियाहरूले ह्यारी ट्रयुमेनलाई झूटो र अपराधी भनेर भन्न सकेका छन् ।
ट्रयुमेनको जुलाई २५ को माथिको डायरी पढ्दा हिरोशिमा एउटा सहर हो भन्ने कुरा थाहा नभएको देखिन्छ । के उनलाई उनका सल्लाहकारहरूले हिरोशिमा सैन्य अखडा हो र त्यहाँ बम खसाल्न हुन्छ भनेर झुक्याएका थिए ? कि उनले आफैसँग झूट बोलेका हुन् ? के उनी मूर्ख थिए ? कि उनी अशिक्षित हुन् ? सेनाका सबै उच्चपदस्थलाई हिरोशिमा एउटा बाक्लो जनसङ्ख्यायुक्त सहर हो भन्ने थाहा थियो । सन् १९४५ मा हिरोशिमाको जनसङ्ख्या ३ लाख ५० हजार थियो ।
‘पोट्सड्याम सम्मेलनको अवसरमा अमेरिकी जनतालाई रेडियो सन्देश’ नामक रेडियो सम्बोधनको पूर्ण पाठ ह्यारी ट्रयुमेन पुस्तकालय र मिसोरी विश्वविद्यालयस्थित ‘ह्यारी एस. ट्रयुमेनका सार्वजनिक कागजपत्रहरू’ मा पढ्न पाइन्छ ।
रेडियो सन्देशको पुछारमा ट्रयुमेनले हिरोशिमा र अणु बमको प्रसङ्ग उप्काएको देख्न सकिन्छ । सन्देशको अधिकांश भागमा जर्मनी र पोट्सड्याम सम्मेलनकै चर्चा छ । ध्यान दिनुपर्ने कुरा के छ भने अमेरिकाले बर्लिनमा शान्ति वार्ता चरमचुलीमा पुगेकै बेला अणुबम खसाल्ने समय तय गरेको थियो । ट्रयुमेन वासिङटन फर्केलगत्तै नागासाकीमा दोस्रो अणुबम खसेको थियो ।

ट्रयुमेनको दोस्रो रेडियो सन्देश यस्तो थियो :
“विश्वले पहिलो आणविक अस्त्र हिरोशिमाको सैन्य अखडामा खसालिएको याद राख्नेछ । यस्तो किन गरियो भने यो पहिलो हमलामा सकेसम्म निर्दोष नागरिकहरूको हत्या पन्छ्याउने हाम्रो चाहना थियो । तर, यो हमला भविष्यको चेतावनीमात्र हो । जापानले आत्मसमर्पण नगरे उसका युद्ध उद्योगहरूमा बम खसालिनेछ र दुर्भाग्यले त्यतिबेला हजारौँ सर्वसाधारणहरूको जीवन नष्ट हुनेछ । म जापानी सर्वसाधारणहरूलाई तत्काल औद्योगिक नगरीहरू छोड्न र विनाशबाट आफ्नो प्राण रक्षा गर्न आग्रह गर्छु ।
मलाई आणविक अस्त्रले दुःखद परिणाम ल्याउनेबारे म सचेत छु ।
यसको उत्पादन र उपयोगलाई यस सरकारले हलुका ढङ्गले लिएको थिएन । तर, हाम्रा शत्रुहरूले पनि यसको खोज गरिरहेको हामीलाई थाहा थियो । तिनीहरू खोजको नजिक पुगेका हामीलाई थाहा छ । तिनीहरूले पहिले पत्ता लगाएका भए यो देशमा, यो शान्तिप्रेमी राष्ट्रमा, समस्त सभ्यतामा विपत्ति आउँदै छ भन्ने हामीलाई थाहा थियो । यसकारण, हामीले खोज र उत्पादनको लामो, अनिश्चित र महँगो श्रम गर्नैपर्छ भन्ने महसुस ग¥यौँ ।
अनुसन्धानको होडमा हामीले जर्मनहरूलाई हरायौँ ।
बमको खोजीपछि हामीले प्रयोग पनि ग¥यौँ । हामीलाई बिनाचेतावनी पर्ल हार्बरमा आक्रमण गर्नेहरूविरुद्ध, अमेरिकी युद्ध बन्दीहरूलाई भोकै राख्ने, पिट्ने र मार्नेहरूविरुद्ध, युद्धका सम्पूर्ण अन्तर्राष्ट्रिय कानुनहरू मिचेको स्वाङ नपार्नेहरूविरुद्ध हामीले बम प्रयोग गरेका छौँ । हामीले युद्धको पीडा छोट्याउन बम प्रयोग ग¥यौँ । हजारौँ हजार अमेरिकी जवानहरूको जीवन रक्षार्थ बम प्रयोग ग¥यौँ ।
जापानको युद्ध गर्ने क्षमतालाई पूर्णतः ध्वस्त नपार्दासम्म हामीले यसको निरन्तर प्रयोग गर्नेछौँ । जापानले आत्मसमर्पण ग¥यो भनेमात्र हामी रोकिनेछौँ ।
यो कानुनविहीन विश्वमा आणविक बमबारे सबै कुरा खोल्नु अत्यन्त भयावह हुन्छ । त्यसैले बमको उत्पादनसँग जोडिएको गोप्यता बेलायत, क्यानडा र संरा अमेरिकासँग छ । यस बमलाई नियन्त्रण गर्ने माध्यम नभेटाएसम्म यो गोप्यता बाहिर ल्याउनेछैनौँ । यसले गर्दा हामी र बाँकी विश्व नष्ट हुनबाट जोगिनेछ ।
गत मे महिनामा युद्धमन्त्री स्टिमसनले मेरो सुझावअनुसार एउटा समिति बनाउनुभएको छ । यस समितिमा विदेशमन्त्री बेर्निज मेरा निजी प्रतिनिधि हुनुहुन्छ । समितिले भविष्यमा यस बमलाई नियन्त्रण गर्ने योजना तयार गर्दै छ । म संसद्लाई अन्तिमसम्म समन्वय गर्न अनुरोध गर्छु । यसको उत्पादन र उपयोगमाथि नियन्त्रण गरियोस् । यसको शक्तिले विश्व शान्तिमा ठूलो टेवा देओस् ।
यो नयाँ शक्तिको दुरूपयोग रोक्न र यसलाई मानव जातिको सेवाको माध्यम बनाउन हामी यसको संरक्षक बन्नुपर्छ ।
यो ठूलो जिम्मेवारी हाम्रो काँधमा आएको छ । यो शक्ति हाम्रा शत्रुहरूको भन्दा हाम्रो हात लागेकोमा हामी ईश्वरलाई धन्यवाद दिन्छौँ । आफ्नो चाहना र उद्देश्यअनुसार यसको उपयोग गर्नमा उहाँले हामीलाई मार्गदर्शन गर्नुहुन प्रार्थना गर्छौँ ।”

(‘ग्लोबल रिसर्च’ बाट)
अनुवाद : सम्यक

अमेरिकी राष्ट्रपति ह्यारी एस. ट्रयुमेन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *