नेपालीहरू भारतविरोधी होइनन् – ४
- कार्तिक १४, २०८३
खोला कसको नेपालको, नेपालको पानी कसको भारतको भएको हो ? आफ्ना सरकार आफ्नो नभएपछि हुने परिणाम यही हो । पानी प्रकृतिले बनाउने हो, संसारलाई दिने हो । मान्छेले विज्ञानलाई घोटेर पानी त बनायो तर महँगो अति महँगो हुने रहेछ विज्ञानले बनाएको पानी प्रकृतिले बनाएको पानीको तुलनामा । पानी प्रकृतिले निःशुल्क दिएको छ यस जगतमा माटो र पानी यो दुनियाँको आधार हो । क्यानाडाको नायग्रा फल्स हेर्दा त छक्क छक्क लाग्यो । मेरी श्रीमती त यति भावुक भइन् नायग्रा फल्सको चमत्कार देखेर उनले अरूलाई त बिर्सिन् बिर्सिन् आफैलाई समेत झन्डै बिर्सेकी ? मान्छे कति भावुक बन्दो रहेछ पानीको चमत्कार देखेर म त के भएँ के ? कति धेरै पानी कहाँबाट आएको हो त्यति धेरै पानी ? हामीलाई थाहा छ, नेपालमा त पानीको अपरिमेय पानीको भण्डार छ हिमाल विशाल हिमाल । यसो हेर्दा मारिसस भन्ने राज्य पानीमै छ तर पेय पानी त्यहाँ छैन । यो संसारमै कति देश यस्ता छन् जहाँ पानीको पहुँच छैन । भारतले ब्रिटिश उपनिवेश बन्दादेखि नै नेपालको पानीमा आँखा गाड्दै आएको हो । सन् १८१६ मा सुगौली सन्धि गर्दादेखि नै नेपालको पानीमा ¥याल चुहाएको देखिन्छ भारतले । त्यो सन्धिमा महाकाली पश्चिमको जग्गामा आँखा गाड्ने छैन भन्यो । त्यसको अर्थ महाकाली नेपालको भएन ।
५,९६४ मेगावाटमा आँखा ?
चङ्ख, चङ्ख, अति चङ्ख ब्रिटिश सरकारले सुगौली सन्धिमा अरू धेरैथोक राख्यो तर महाकालीको उद्गमस्थल राखेन । परिणाम आज पानीको उद्गमस्थल वा मुहान कहाँ हो भन्ने गम्भीर मुद्दा भएको छ । यही मुद्दाको विवादमा भारत सरकारले नेपालको विशाल भूमि कालापानी क्षेत्र जबरजस्ती कब्जा गरेको छ । एकातिर यो मुद्दा त छँदै छ अर्कोतिर नेपालको खोलाको पानी कब्जा गर्दै छ । नेपाल राणा शासनबाट मुक्त हुन अघिल्लो शताब्दीको आधाआधीभन्दा अघिदेखि नै सङ्घर्षमा उत्रयो । भारतका प्रधानमन्त्री प. जवाहरलाल नेहरूले हिमाललाई आफ्नो उत्तरतर्फको पर्खाल भने जसको खण्डन त्यतिबेलै विश्वेश्वरप्रसाद कोइरालाले कडा शब्दमा गरेपछि नेहरू हच्किए । यो हो विगत । भारतलाई थाहा छ, यो विश्वमा पानीको निम्ति तेस्रो विश्वयुद्ध हुनसक्छ । त्यसैले भारतमा पानी उपलब्ध गराउन एउटा बहुवर्षे नदी जडान परियोजना नै बनाइसकेको छ । यो बृहद् परियोजना लागु गर्न अहिलेदेखि नै नेपालको पानी नेपालमै प्रयोग गरी सानादेखि ठूलासम्म जलविद्युत् आयोजना निर्माण गर्न कम्मर कसेर लागेको छ । अहिल्यैदेखि नेपालको खोलामा सानादेखि ठूलासम्म जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत् परियोजना सञ्चालन गर्दै आएको छ । भारतलाई बिजुली धेरै चाहिन्छ । नेपालमा पानीबाट अथाह विद्युत् उत्सर्जन हुन्छ । त्यसैले भारतको लगानी भएका ठाउँबाट बिजुली किन्ने नीति बनायो र अब ठूलठूला जलविद्युत् परियोजनामा आँखा गाड्दै छ । ५,९६४ मेगावाट क्षमता भएकोमा हात हाल्दै छ ।
पानीमा खेलाँची नगर
पूर्वी नेपालका अरूणदेखि कैयौँ साना ठूला नदी र खोलामा भारतका जलविद्युत् आयोजना पसिसक्यो । यो क्रम जारी छ । अब पश्चिम नेपालको पानीमा प्रवेश गर्न लाग्यो । ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाट सेती नदी ६ जलविद्युत् आयोजना गरी १२ सय मेगावाट दुई आयोजना भारतीय कम्पनी एनएचपीसीले निर्माण गर्ने समझदारी भइसको । अब सोही भारतीय कम्पनीले ४८० मेगावाटको फुकोट कर्णाली र १९० मेगावाटको मुगु कर्णाली पनि बनाउने इच्छा व्यक्त गरिसक्यो । यसरी पश्चिम नेपालका ५,९६४ मेगावाट विद्युत् शक्ति उत्पादनमा लगानी गर्ने इच्छाशक्तिभित्र नेपालको के–कति र भारतको कति भन्ने टुङ्ग्याउने दायित्व अब नेपालको भएको छ । यही ढाँचाको विकास नमुना लागू गर्दै जाने हो भने नेपालको सार्वभौम स्वतन्त्रता, स्वायत्तता, स्वाधीनता कति हदसम्म रहला ? कसैको ध्यान गएको छ छैन ? गम्भीर प्रश्न उभिएको छ । पानी जीवन हो । मान्छेहरूको मात्र होइन । सम्पूर्ण प्राणी, वन, वनस्पति र चट्टानको समेत प्राण हो पानी । त्यही पानीमा आँखा गािडएको छ आज विश्वका सानादेखि ठूला शक्तिको पनि । प्रत्यक्ष र परोक्षरूपमै पनि । पानीलाई शत्रु वा मित्रको मुलुकमा बगेर जाने वस्तु हो भनेर निच नमारौँ । पछि राष्ट्र हार्ने काम गर्ने अधिकार कसैलाई छैन । संयुक्त सरकार वा एकल सरकारले पनि पानीमा खेलाँची नगर ।
पानी कब्जा गर्ने रणनीति
भारतले नेपालको पानीमा आँखा गाडेको ब्रिटिश इन्डिया कम्पनीको कालदेखि नै हो । भारतमा जनसङ्ख्या उत्पातले बढिरहेको छ । जनसङ्ख्या बढ्यो भन्नुको अर्थ पेट पनि बढ्नु हो । यसका लागि खाद्यान्न उत्पादन समानान्तररूपमा बढाउनुपर्छ । यसका लागि सिँचाइ बढाउनैप¥यो । सिँचाइ भनेको पानी नै हो । यो तथ्य आत्मसात गर्दा भारत पानीको थोपाथोपाको उपादेयताको गम्भीर विश्लेषण गरी जलविद्युत् विकास एवं विस्तारको नाममा पनि पानीमा प्रवेश गर्दै छ । गङ्गा नदीको पानीमा मार्चदेखि मे महिनासम्म पानीको बहाव १९ सय १७ घनमिटर प्रतिसेकेन्ड (क्युसेक) हुन्छ जसमध्ये १४ सय २२ (५०५) क्युसेक पानी नेपालका नदीहरूबाट पूर्ति हुन्छन् । यसबाट के स्पष्ट हुन्छ भने नेपालबाट बग्ने पानीले भारतीय भूमिको जवानीमा ठूलो योगदान गरेको टिप्पणी गर्छन् नेपालका पानी पण्डितहरू । सन् २०५० सम्ममा भारतमा पानीको माग १४ सय २२ अर्ब घनमिटर पुग्ने अनुमान छ । भारतको त्यतिबेलाको जनसङ्ख्याका लागि वार्षिक ४५ करोड टन खाद्यान्न आवश्यक पर्छ । त्यति खाद्यान्न उत्पादनका लागि भारतले आफ्नो सिञ्चित हुने क्षेत्रफल १६ करोड हेक्टर पु¥याउनुपर्छ । पूर्व भारतमा हरित क्रान्ति र राष्ट्रिय नदी जडान परियोजना जस्ता दुईवटा महत्वाकाङ्क्षी कार्ययोजना अघि सारेको छ । यी दुईवटै परियोजनाका लागि नेपालको पानीको खाँचो पर्छ भारतलाई । तसर्थ, भारत पानी नभनी बिजुली भनेर नेपालको पानीमा प्रकारान्तरले भित्र पस्ने रणनीति लिएको छ ।
Leave a Reply