भर्खरै :

जातिवाद अमेरिकाको कहिल्यै मेट्न नसकिने दाग

जातिवाद अमेरिकाको कहिल्यै मेट्न नसकिने दाग

सान फ्रान्सिस्कोका लागि चिनियाँ महावाणिज्य दूतावासको वेबसाइटले अगस्ट २३ मा सार्वजनिक गरेको सूचनाअनुसार, हाल क्यालिफोर्निया राज्यको ओकल्यान्ड नगरमा एसियाली लक्षित भयङ्कर हिंसात्मक अपराध लगातार भएका छन्, जसमा दुई जना चिनियाँ अमेरिकीको मृत्यु हुनुका साथै धेरै एसियाली अमेरिकी घाइते भएका छन् ।
केही समययता अमेरिकामा चिनियाँ मूल अमेरिकीलगायत एसियाली अमेरिकी समूह लक्षित भेदभाव स्थिति गम्भीर हुँदै आएको छ र हिंसात्मक गतिविधि धेरै देखिएको छ । पछिल्लो जनमतका अनुसार, लसएन्जलसका दुईतिहाइ एसियाली अमेरिकीलाई जातिवाद एउटा गम्भीर चिन्ताको विषय बनेको छ । निजी जेलमा गोराबाहेक अरू रङ्गका मानिसहरू तथा आप्रवासीहरूलाई निकै अनुचित उपचार गरिएको छ, जातिवादको कारणले मारिएको अफ्रिकी अमेरिकी र अरू अल्पसङ्ख्यक समूहको घटना धेरै देखिन्छ । मानव अधिकारबारे अमेरिकाका विभिन्न दुष्कर्ममाथि संयुक्त राष्ट्र सङ्घका विभिन्न मानवअधिकार विशेष प्रणाली रिपोर्टरले आलोचना गरेका छन् ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले यसै वर्षको जातिवाद हटाउने अन्तर्राष्ट्रिय दिवसको स्मृति सभामा जातिवाद लोकतन्त्र, स्थिरता र शान्तिलाई धम्की दिने अँध्यारो बल भएको उल्लेख गर्नुभएको थियो । संयुक्त राष्ट्र सङ्घको सबै प्रकारका जातीय भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुसरण गरेको मुलुकको रूपमा रहेको अमेरिकाले प्रणालीगत रूपमा जातिवादको सुधार गर्न प्रभावकारी कदम चाल्न सकिरहेको छैन जुन सन्धिको दायित्वसँग पूर्ण विपरीत छ ।
यस्तो खराब मानवअधिकार रेकर्डको अमेरिका समस्याको समाधान गर्दैन । तर, अमेरिकाले मानवअधिकार विषयलाई राजनीतिक हतियारको रूपमा अरू मुलुकलाई दबाब दिएको छ । यो अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्ध आधारभूत नियमविपरीत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *