शैक्षिक डामाडोलले देश ध्वस्त हुने !
- बैशाख ८, २०८३
युक्रेनविरुद्ध ‘विशेष सैन्य कारबाही’ गर्नुभन्दा एकाध हप्ताअघि भ्लादिमीर पुटिनले क्रेमलिनमा जर्मन चान्सलर ओलेफ शोल्जसँग भेटघाट गरे । बैठकपछि संयुुक्त पत्रकार सम्मेलनमा पुटिनले युक्रेन नवनाजीहरूको नियन्त्रणमा गएको उल्लेख गरे । यो टिप्पणीलाई ‘हास्यास्पद’ भनेर शोल्जले मजाकमा उठाए । यस घटनापछि उनले क्रेमलिनको तिरस्कारबाहेक केही पाएनन् । त्यसयता जर्मनी र रुसको सम्बन्ध चिसिँदै गयो । बिस्तारै जर्मनीले किभमा घातक हतियारहरू पैठारी गर्ने कामलाई तीव्रता दियो । रुसले पनि आफ्नो घरेलु छलफलहरूमा जर्मनीलाई संरा अमेरिका र बेलायतको समकक्षमा राख्यो । युद्ध चर्किँदै गएमा रुसी मिसाइलले तारो बनाउनुपर्ने हुनसक्ने भनी उसले अमेरिका र बेलायतजस्तै जर्मनीलाई ‘सह उत्तेजक’ देश भन्यो ।
फेब्रुअरीमा पुटिन र शोल्जबीच शिष्टाचार भेट हुँदा मैले युक्रेनमा नाजीवाद तीव्रगतिमा बढेको रुसी दाबीको पृष्ठभूमि खुलाउने प्रयास गर्दै एउटा निबन्ध लेखेँ । त्यो निबन्ध धेरै पश्चिमाहरूलाई पचेन । तर, रुसी पाठकले त्यसमा राम्रो प्रतिक्रिया जनाए । प्रत्येक वर्ष मे ९ मा दोस्रो विश्वयुद्धको विजय दिवस मनाउँदा उनीहरू सधैँ नाजीवादको उदय सम्झिने गर्छन् । रुसी आरोपको एउटा कारण मैले त्यसबेला उल्लेख गरेको थिएँ । किभ सरकारले दोस्रो विश्वयुद्धमा नाजीहरूलाई सघाउने स्तेपान बान्देराजस्तो उग्र राष्ट्रवादीको पक्षमा हर्षबढाइँ गर्नुले नै पुटिनले नवनाजीवादको उदयबारे बोल्न घच्घच्याएको थियो । दोस्रो विश्वयुद्धको क्रममा बान्देराले यहुदी, रुसी र पोलहरूको जातीय सफाया गर्ने अभियान नै चलाएका थिए । तर, युक्रेनभरि बान्देराको प्रतिमा ठडाइएको छ, सडकहरू उनकै नाममा नामकरण गरिएको छ ।
निश्चय नै युक्रेनमा नवनाजीहरूको खास सङ्ख्या पहिले पनि थोरै थियो र सन् २०१४ पछि पनि यसको सङ्ख्या त्यति धेरै बढेको होइन । अमेरिकाले २०१४ फेब्रुअरीमा किभमा आफूले चाहेका मानिसहरूलाई सत्तामा ल्याएपछि भएका सबै संसदीय र राष्ट्रपतीय निर्वाचनमा नवनाजी उम्मेदवारहरूले केही प्रतिशतको अन्तरले मात्र जितेका छन् । तर, फेब्रुअरीको विद्रोहपछि नवनाजीहरूले नै युक्रेन सरकारको रक्षा मन्त्रालय र सुरक्षा निकायहरूको लगाम सम्हाल्दै आएका छन् । उनीहरू विदेश नीति र रुससँगको आमनेसामनेमा हर्ताकर्ता बने ।
रुसीहरूले लडाइँ सुरु भएको तीन महिनापछि मारिउपोलस्थित एजोभस्तल स्टील कारखानामा रहेको अतिवादी एजोभ बटालियनको मोर्चा तहसनहस पारे । त्यहाँ उनीहरूले युक्रेनी सेनामा नाजीहरू रहेका प्रमाणहरू फेला पारे । यो कुरा उनीहरूले टीभीमा पनि प्रसारण गरेका छन् । युक्रेनी युद्धबन्दीहरूको लुगा खोल्न लगाउँदा रुसी क्यामेरामेनहरूले तिनको शरीरमा कुँदिएका ट्याटुहरूको भिडियो खिचे । उनीहरूले शरीरमा स्वस्तिक छापलगायत नाजी चिह्नहरूमात्र कुँदाएका थिएनन् । साथमा उनीहरूले हिटलर र अन्य नाजी नेताहरूका तस्बिरहरू पनि शरीरमा कुँदाएका थिए । पश्चिमा पत्रकारहरूले यी सबै नदेखेका होइनन् । तर, उनीहरूले सञ्चारमाध्यममा यसको समाचार नै दिएनन् । नवनाजीहरूका सम्बन्धमा शोल्जले जुन अरूचि देखाएका थिए त्यसमा पुनर्विचार गर्ने सङ्केत पश्चिममा देखिन्न ।
बाल्टिक र पोल्यान्डजस्ता युरोपेली युनियनका ‘अग्रमोर्चा’ का देशहरूले रुसी चासोमा नयाँ आयाम थपेका छन् । सन् १९४५ मा इस्टोनिया, लाट्भिया र लिथुआनियाबाट जर्मन सेनालाई मुक्त गर्दा सोभियत सेनाका वीरहरूका स्मारक र प्रतिमूर्तिहरू हटाउने वा भत्काउने दृश्यबारे मैले अनुमान गरेको थिएँ । किनभने, ती देशमा पनि दोस्रो विश्वयुद्धकालीन नाजी सहयोगीहरूलाई सम्मान गरिँदै छ । पछिल्ला हप्ताहरूमा यो कार्यले तीव्रता पाएको छ । यसबीच, लाटभियाको राजधानी रिगालगायत विभिन्न सहरहरूमा वर्षैपिच्छे नाजी सहयोगीका सन्ततिहरू परेड खेल्दै छन् ।
सबैभन्दा विवादित र महत्वपूर्ण निर्णय हालै लिथुआनियाले लिएको छ । उसले रुस र उसको अभिन्न अङ्ग कालिनिनग्रादबीच (भूमिमा आधारित) यातायात ठप्प पार्ने निर्णय ग¥यो । युरोपेली युनियनले रुसका विभिन्न भागहरूबीच खुला आवागमन गर्न दिने विभिन्न सम्झौता गरेको छ । लिथुआनियाको पछिल्लो निर्णयले युरोपेली युनियनले गरेका ती सम्झौताहरू भङ्ग गर्छ ।
यसमाथि इस्टोनियाको अर्को प्रयास थपिएको छ । उसले रुसको निम्ति युरोपको ढोका पूरै बन्द गर्ने प्रयास ग¥यो । केही हप्ताअघि इस्टोनियाको सीमाबलले नार्भा नाकामा शेनजेन भिजा लिएका रुसीहरूलाई सीमा पार गर्न दिएनन् । यी भिजा पहिले इस्टोनियाले नै जारी गरेको थियो । अहिले उनीहरूले युरोपेली युनियनका अन्य सदस्य देशहरूले जारी गरेका शेनजेन भिजाहरू पनि बुझ्न मानेका छैनन् । पोल्यान्डसहित तीनवटै बाल्टिक देशहरूले युरोपेली युनियनसँग रुसी पर्यटकहरूलाई भिजा नदिन माग गरेका छन् ।
युक्रेन युद्धको दण्डस्वरूप सम्पूर्ण रुसीहरूलाई युरोपमा आउन बन्देज लगाउनुपर्छ भन्ने मागलाई युरोपेली युनियनका सबै देशले अनुमोदन गरेका छैनन् । जर्मनी आफै पनि यस मागको विपक्षमा छन् । मानवीय नाताले गर्दा अपवाद बनाउनुपर्छ भनेर स्वयम् शोल्जले भने । अन्य देशहरूले एउटा देश विशेषका सबै नागरिकमाथि प्रतिबन्ध लगाउनु युरोपेली कानुनले दिन्छ वा दिन्न भनी वैधताको बहसमा उत्रेका छन् । यो बहस चर्किँदै छ ।
केही दिनअघि लाटभियाका राष्ट्रपति एगिल्स लेभित्सको वक्तव्यमा मस्कोको ध्यान गएको छ । उनले लाटभियाका रुसी भाषी बासिन्दालाई ‘समाजबाट एक्ल्याउनुपर्ने’ बताए । युक्रेन युद्धका सम्बन्धमा सरकारी नीतिको विरोध गरे त्यसो गर्नुपर्ने उनको राय थियो । ‘एक्ल्याउनु’ को अर्थ के हो, स्पष्ट छैन । के लेभित्स उनीहरूलाई यातना शिविरहरूमा राख्न चाहन्छन् ? लाटभियाले सन् १९९१ मा सोभियत सङ्घबाट स्वतन्त्र भएपछि नै युरोपेली युनियनको मानव अधिकार मापदण्ड पालन गर्न विफल हुँदै आएको छ । त्यसैले उसको पछिल्लो अत्याचार नयाँ भने होइन ।
यस विषयमा मैले सन् २०१४ को एक लेखमा उल्लेख गरेको थिएँ । त्यसका दुई पाठका शीर्षक थिए ‘लाटभियाका ३ लाख अनागरिक र आजको युक्रेनी सङ्कट’ र ‘रुस र रुसीहरूविरुद्ध अमेरिका निर्देशित नीतिहरूमा असफल लाटभिया’ । सन् २०१९ को प्रकाशित पुस्तक ‘अ बेल्जियन पर्सपेक्टिभ अन इन्टरनेसनल रिलेसन्स’ मा एउटा लेख परेको थियो ‘लाटभिया गणतन्त्र, युरोपेली युनियनको रङ्गभेदी राज्य’ स्वतन्त्र प्राप्त गर्न लाटभियाका रुसी भाषी नागरिकहरूको ठूलो हात छ । तर, अहिले लाटभिया सरकारले मुन्टो बटारेको छ र उनीहरूमध्ये ४ लाख नागरिकहरूको नागरिकता खोसेको छ । यो भनेको लाटभियाको झन्डै ४० प्रतिशत जनसङ्ख्या हो । उनीहरूलाई पासपोर्ट लिन बाध्य पारिँदै छ । उनीहरूमध्ये निकै थोरैले मात्र पासपोर्ट लिन सक्छन् । राष्ट्रपति लेभित्सले रुसी भाषी ‘बासिन्दाहरू’ को कुरा गर्दा उनको दिमागमा नागरिक अधिकारबाट वञ्चित मानिसहरू छन् । यस्ता मानिसहरूसँग पासपोर्ट पनि छैन र अहिले राज्यविहीनताको स्थितिमा छन् । लाटभियाले आफ्ना रुसी भाषी जनतालाई ३० वर्षअघि पु¥याएको छ । युक्रेनले पनि लाटभियाको बाटो पछ्याउन के बेर ? युक्रेन सरकारले पनि आफ्ना ४० प्रतिशत रुसी भाषी जनताप्रति दमनकारी नीति लिँदै आएको छ । सन् २०१४ मा लेभोभका राष्ट्रवादीहरू सत्तामा आएपछि यस्तो दमन चर्केको हो ।
‘त्निङ विथ भ्लादिमिर सोलोभ्योभ’ एक बहस कार्यक्रम हो । यसबाट रुसका राजनीतिक र सामाजिक शासकहरू के सोच्दै छन् भन्ने भेउ पाउन सकिन्छ । यसमा कहिलेकाहीँ नचाहिने गफ पनि प्रशारण हुन्छ । तर, राष्ट्रपति लेभित्सको भनाइ बाहिरिएपछिको ‘एपिसोड’ महत्वपूर्ण थियो । युरोपमा नवनाजीवादको उदयबारे गतिलो छलफल भयो । त्यहाँ लेभित्सको अभिव्यक्तिबाहेक सोभियत सङ्घको पतनपछि कजाखस्तान र मध्य एसियामा रहेका सामान्य रुसीहरूको भाग्यबारे कुरा भयो । रुसमाथि आइपरेका चुनौतीहरूबारे चर्चा चल्यो ।
सन् २०२२ मा रुसप्रतिको घृणा र ‘रुसी संस्कृति खारेज’ गर्ने आन्दोलन युरोपभरि फैलिनुको अर्थ रुसीहरूलाई आजका यहुदीको रूपमा हेरिनु हो भन्ने बहसको चुरो बन्यो । हिटलरपन्थीहरूले यहुदीलाई ‘उन्तरमेन्स्चेन’ अर्थात् तुच्छ मान्छे भन्छन् । उनीहरूको हत्या गर्दा केही फरक पर्दैन वा सबै किसिमका नियमहरू भङ्ग गरेर उनीहरूलाई सजाय दिन सकिन्छ भन्ने उनीहरूको बुझाइ हो । युक्रेनमा यो कुराले कुत्सित रूप लियो । त्यहाँ रुसीहरूलाई व्यवस्थितरूपमा दानवीकरण गरियो । देशको उच्च नेतृत्वका अभिव्यक्तिमा नै यो स्वर स्पष्ट सुनियो । युक्रेनका उग्रराष्ट्रवादीहरू रुसीहरूलाई ‘कोलोराडो’ भन्छन् । स्थानीय भाषामा कोलोराडो भनेको आलुमा लाग्ने कीरा हो । यी कीरा राता र पहेँला रङका हुन्छन् । यो रङ रुसीहरूको देशभक्तिको रङ हो । जापोरोझीमा रुसी सैनिकहरूमाथि जैविक हतियार प्रयोग गर्न युक्रेनी सेनालाई घृणाको यही मानसिकताले उक्साएको हो । घाइतेहरूलाई विषालु आघात उपचार गरिने सघन कक्षमा पठाइएको थियो । यो कुरा पश्चिमी सञ्चारमाध्यममा आएको छैन ।
‘सोलोभ्योभ’ बहस ‘के गर्ने’ भन्ने प्रश्नतिर मोडियो । लाटभिया नेटोको सदस्य हुनाले ऊमाथि ‘विशेष सैन्य कारबाही’ गर्नु व्यवहारिक नहुने विचार आयो । यो विचार राख्ने व्यक्ति रुसी संसद्को पूर्व सोभियत गणराज्यसँगको सम्बन्ध समितिका प्रमुख हुन् । रुस र लाटभियाबीचको पारवहन व्यापारबाट दशकौँ नाफा लिने रुसीहरूले अहिले मूल्य चुकाउनुपर्ने र उनीहरूले रुसी भाषीहरूलाई रिगाबाट रुस ल्याउने खर्च तिर्नुपर्ने उनको जिकिर थियो । यसको अर्थ ती आप्रवासीहरूलाई आवास र नोकरीको बन्दोबस्त उनीहरूले नै गर्नुपर्ने उनले बताए । अर्का एक बहसकर्ताले एउटा प्रस्ताव राखे । केही दशकअघि इजरायलले केही काला अफ्रिकी यहुदीहरूलाई तिनका स्वदेशबाट इजरायलमा पुनर्बास गराएजस्तै पूर्व सोभियत गणराज्य कजाखस्तान र मध्य एसियामा दोस्रो दर्जाका नागरिक बनाइएका रुसी भाषीहरूलाई रुसमा पुनर्बास गराउन सकिने बताए ।
सोभियत सङ्घ विघटन भएपछि रुसी सीमाबाहिर बस्ने रुसी जातिहरूको भाग्यबारे लामो समयदेखि छलफल हुँदै आएको छ । भ्लादिमिर पुटिनले सोभियत सङ्घको विघटनलाई २० औँ शताब्दीको सबैभन्दा ठूलो भूराजनीतिक विपत्ति भन्ने गरेका छन् । रुसलाई घृणा गर्ने पश्चिमाहरूले प्रायः उनको यस भनाइलाई बढाइचढाइ गर्ने गर्छन् । तर, त्यसो भन्दै गर्दा पुटिनले अन्य देशहरूमा छरिएका २ करोड ५० लाख असहाय रुसी भाषीहरूको भाग्यबारे बोलेका हुन्छन् । ती सार्वभौम देशहरूमा अहिले गैर रुसी बहुसङ्ख्याले शासन गर्छन् । सन् १९९१ र त्यसपछिका वर्षहरूमा आफ्नै आर्थिक दुर्गतिका कारण रुसले वार्सा सन्धि देशहरूबाट फिर्ता आएका आफ्ना सैनिक र अफिसरहरूलाई समेत गतिलो आवास उपलब्ध गराउन सकेन । रुसी सीमाबाहिर बस्ने २ करोड ५० लाख रुसी भाषीहरूको रेखदेख गर्नु परको कुरा थियो ।
बहस कार्यक्रममा रुसले रुसी भाषा बोल्ने आफ्ना पूर्वनागरिकहरूको पक्षमा उभिन नसकेको नैतिक कमजोरी सुधार्नुपर्ने कुरा निस्कियो । उनीहरूलाई सुविस्तापूर्वक स्वदेश फर्काउनुपर्ने कुरा भयो । सन् १९९० को दशकपछि रुसको जनसङ्ख्या निरन्तर ओरालो लाग्यो । सीमापारका रुसी भाषीहरूलाई देश ल्याउँदा रुसको जनसङ्ख्याका चुनौतीहरू सल्टिनेछन् । साथै, यो कदम आफ्नो देशका रुसी भाषीहरूमाथि तीव्रतर दमन गरिरहेका युरोपका नवनाजी आन्दोलनहरूलाई रुसको तर्फबाट सीधा जवाफ पनि हुनेछ ।
(स्रोत : एमआर अनलाइन ।)
अनुवाद : सम्यक
Leave a Reply