युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
गुआम, २८ अगस्ट (बीबीसी) । दुई अमेरिकी युद्धपोतहरू ताइवान स्ट्रेट हुँदै अगाडि बढिरहेको अमेरिकी नौसेनाले घोषणा गरेको छ ।
अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको अगस्ट महिनाको सुरुमा भएको ताइवान भ्रमणपछि उत्पन्न तनावमाझ यस्तो पहिलो अभ्यास हुन लागेको हो ।
सो भ्रमणको विरोधमा चीनले उक्त क्षेत्रमा सैन्य अभ्यास गरेको थियो ।
सो जलमार्गमा पछिल्ला वर्षहरूमा अमेरिका र अन्य पश्चिमा नौसेनाले नियमितरूपमा आउजाउ गर्ने गरेका छन् ।
वासिङ्टनका अनुसार ती दुई गाइडेड मिसाइल क्रुजरहरूले अन्तर्राष्ट्रिय जलक्षेत्रमा स्वतन्त्र रूपमा आउजाउ गर्न पाउने अधिकार प्रयोग गर्दैछन् ।
बेइजिङले त्यस्ता कार्यलाई उक्साहटपूर्ण ठान्छ र ताइवान टापुलाई चिनियाँ भूभागको अभिन्न अङ्ग मान्छ ।
चीनले के भन्यो ?
आइतबार चिनियाँ सेनाले ती दुई युद्धपोतका यात्रालाई निगरानी गर्दै उच्च सतर्कता कायम गरेको जनाएको छ । रोयटर्स समाचार संस्थाका अनुसार चिनियाँ सेनाले जस्तोसुकै उक्साहटलाई परास्त गर्न तयार रहेको जनाएको छ ।
अमेरिकी नौसेनाले एक विज्ञप्तिमा ताइवान स्ट्रेट हुँदै गरिने यात्राले ‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त क्षेत्रका लागि अमेरिकी प्रतिबद्धता’ प्रस्तुत गर्ने जनाएको छ ।
विज्ञप्तिमा थप भनिएको छ, “ती पानीजहाजहरू उक्त स्ट्रेटमा त्यस्तो जलमार्गबाट अगाडि बढेका छन् जुन कुनै तटीय राज्यको जल सीमाभन्दा बाहिर पर्छ ।”
ताइवानको रक्षा मन्त्रालयले भने ती पानीजहाजहरू दक्षिणी दिशामा रहेको र आफ्ना फौजले त्यसलाई निगरानी गरेको भए तापनि ‘सामान्य अवस्था रहेको’ जनाएको छ ।
चीनले ताइवान आफूबाट छुट्टिएको एउटा प्रान्त भएको दाबी गर्दै आवश्यक परे बलपूर्वक फिर्ता ल्याइने बताउने गरेको छ । तर, आफ्नै संविधान र प्रजातान्त्रिक निर्वाचन प्रणाली बताइसकेको स्वशासित टापु ताइवानले आफूलाई चीनभन्दा अलग्ग दाबी गर्दै आएको छ ।
Leave a Reply