‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
(प्रजग कोरियाको ‘राजकीय आपत्कालीन महामारी रोकथाम केन्द्र’ द्वारा गरिएको अनुसन्धानको नतिजा)
२०२२ अगस्ट १० मा आपत्कालीन महामारीप्रतिरोधी गतिविधिको समीक्षाको निम्ति प्रजग कोरियामा राष्ट्रिय बैठक बस्यो । गत तीन सातादेखि विद्यमान कोभिड–१९ सङ्कट समाप्त गर्ने कार्यमा प्राप्त सफलता र अनुभवको समीक्षा तथा भविष्यमा त्यसको पुनरावृत्ति रोक्न अवलम्बन गरिने भावी उपायहरूबारे छलफल गर्न सो बैठक डाकिएको थियो । बैठकमा बाहिरबाट घातक भाइरसको प्रवेश रोक्ने उपायहरूको विषयमा गहिरो छलफल भयो । किनभने, प्रजग कोरियाली भूमिलाई छोटो अवधिमै भाइरसमुक्त क्षेत्रमा बदल्नु महामारीप्रतिरोधी सङ्घर्षको उद्देश्य रहिआएको छ । साथै, प्राणघातक रोगलाई देशबाट निर्मूल गरिएको छ र त्यसको पुनरावृत्ति रोक्ने वातावरण बनिसकेको छ ।
राजकीय आपत्कालीन महामारी रोकथाम केन्द्रले एउटा जाँचबुझ समिति बनाएको थियो । त्यसमा आवश्यक विज्ञ निकायहरू सम्मिलित थिए । समितिले देशभरि द्रुतगतिमा फैलेको छलकारी ओमिक्रोन भेरियन्ट द्यब्।द्द को प्रवेश पथबारे अनुसन्धान थाल्यो । अनुसन्धानबाट वैज्ञानिक निचोड निस्केको छ । दक्षिण कोरियासँगको सैन्य सीमारेखानजिक पर्ने इफो–रिबाट सो घातक रोग फैलिन थालेको पाइएको छ । इफो–रि काङ्गवन प्रान्तको कुमगाङ काउन्टीमा पर्छ ।
जाँचबुझ समितिमा आवश्यक सम्पूर्ण निकाय सम्मिलित छन् । देशका आधिकारिक वैज्ञानिक संस्थानहरू, राष्ट्रिय सुरक्षा निकायहरू, न्यायिक र कार्यान्वयन निकायहरू जाँचबुझ समितिमा छन् । घातक भाइरसको प्रवेश पथबारे देशभरि सूक्ष्म अनुसन्धान गर्दा समितिले इफो–रि क्षेत्रबाट राजधानी पसेका अनेक व्यक्तिहरूमा ज्वरो देखापरेको पायो । यिनै व्यक्तिहरूले भेटेका मानिसहरूमा नै अचानक ज्वरोले उत्पात मच्चायो ।
साथै पुष्टि भइसकेको तथ्य के भने मध्य अप्रिलसम्ममा देशका विभिन्न भेगमा देखिएको ज्वरो अन्य रोगले गर्दा देखिएको थियो । ज्वरो तीव्रगतिमा फैलेको थिएन । तर, माथि चर्चा गरिएको क्षेत्र अपवाद रह्यो ।
जाँचबुझ समितिले इफो–रि घातक भाइरसको प्रवेश नाका हुनसक्ने सबै सम्भावनाहरूबारे बहुपक्षीय, सुक्ष्म र विस्तृत अनुसन्धान एवम् विश्लेषण ग¥यो । अनुसन्धानबाट पत्ता लागेअनुसार एक १८ वर्षीय सैनिक र ५ वर्षीय बालकले पालैपालो एउटा वस्तु छोएका थिए । त्यसखाले वस्तुहरू दक्षिण कोरियाबाट बेलुनमा राखेर सीमानजिक पर्ने एउटा डाँडामा छरिएको थियो । यो डाँडा ब्यारेक र आवासीय क्षेत्रबाट नजिकै पर्छ ।
लक्षण, महामारी विज्ञान र एन्टीबडी परीक्षणको नतिजाबाट जाँचबुझ समितिले दक्षिण कोरियासँग सीमा जोडिएको इफो–रिबाट घातक भाइरस पहिलोचोटि प्रजग कोरियामा प्रवेश गरेको तथ्य भेटायो । यस्तो प्रवेश दक्षिण कोरियाबाट हावाबाट सर्ने भाइरस दलिएको पर्चा र अन्य वस्तुको सम्पर्कबाट भएको थियो ।
प्रजग कोरियामा कोभिड–१९ को तीव्र विस्तार अप्रिलको अन्त्यदेखि मेको आरम्भसम्ममा सुरु भएको थियो । सबैभन्दा गम्भीर स्थिति र उच्च मृत्युदर काङ्गवन प्रान्तमा देखिएको थियो । चीन र रुस छुने उत्तर प्योङगान र उत्तरी हामग्योङ प्रान्तजस्ता क्षेत्रमा कोभिड–१९ (महामारीको) थालनीमा ज्वरोको समस्या थोरै थियो । पछि बिस्तारै सङ्क्रमण बढेको देखिन्छ ।
प्रजग कोरियाको सीमा विश्वमै एकदम व्यवस्थित र सबैभन्दा कडाइपूर्वक बन्द गरिएको सीमा हो । साथै, यहाँ महामारीप्रतिरोधी क्वारेन्टिन प्रणालीको बन्दोबस्त छ । भाइरस प्रवेश गर्ने एकमात्र अनियन्त्रित माध्यम हावा थियो । यसैको प्रयोग गरेर दक्षिण कोरियाबाट बेलुनमार्फत वस्तुहरू छरिएको थियो । माथिको सम्पूर्ण चर्चाले यही कुरा छर्लङ्ग हुन्छ ।
माथिको खोजले दुई कोरियाबीचको सम्बन्धमा पार्नसक्ने नकारात्मक प्रभावलाई गम्भीर ध्यान दिएर अन्य निकायहरूसँगै राजकीय आपत्कालीन महामारी रोकथाम केन्द्रले प्राप्त नतिजालाई विभिन्न कोणबाट बारम्बार जाँच ग¥यो । निश्चय नै वैज्ञानिक ढङ्गले गरिएको अनुसन्धानबाट प्राप्त तथ्य वस्तुनिष्ठ हुने नै भयो । त्यसैले हरेकचोटि उही निष्कर्ष निस्कियो ।
विश्वभर स्वीकृत वैज्ञानिक दृष्टिकोणअनुसार वस्तुको सतह निर्मलीकरण गर्नुपर्छ किनभने, कोरोना भाइरस हावाबाट मात्र होइन वस्तुको सम्पर्कबाट पनि सर्न सक्छ । २०२० मेमा डब्ल्यूएचओले एउटा प्रतिवेदन प्रकाशित ग¥यो । सो प्रतिवेदनअनुसार नोबेल कोरोना भाइरस मास्कको बाहिरी सतहमा ७ दिन, खिया नलाग्ने स्टीलमा ४ दिन र सीसामा २ दिन बाँच्न सक्छ । वस्तुको सम्पर्कबाट कोरोना भाइरस सङ्क्रमण हुने सम्भावना हुन्छ । त्यसैले उक्त प्रतिवेदनले वस्तुको निर्मलीकरणको महत्वमा जोड दिएको छ । २०२२ फेब्रुअरीदेखि मार्चसम्म विश्वभरि प्रकाशित तथ्याङ्कअनुसार ओमिक्रोन भाइरस प्लास्टिकमा ६.४–९.८ दिन (सरदर ८.१ दिन), खिया नलाग्ने स्टील र सीसामा ७ दिन, फाइबरमा २ दिन र कागजमा ३० मिनेट बाँच्न सक्छ । २०२२ मार्चमा दक्षिण कोरियाको एक समाचार संस्थाले एउटा रिपोर्ट छाप्यो । सो रिपोर्टअनुसार फ्रान्स, जापान र हङकङका प्रतिष्ठित विश्वविद्यालयका अनुसन्धान संस्थाहरूले ओमिक्रोन भाइरस मूल भाइरस तथा अल्फा, बिटा, गामा र डेल्टा भाइरसभन्दा २–५ गुना बढी वस्तुको सतहमा बाँच्न सक्छ । यो वर्ष मिसिगन विश्वविद्यालयले ५०० भन्दा बढी प्रकारका वस्तुहरूको जाँच गर्दा १.४ प्रतिशत वस्तुमा यो भाइरस देखिएको बतायो । भर्जिनिया प्रविधि संस्थानका एक प्रोफेसरलगायत प्रतिष्ठित अमेरिकी विद्वानहरूले यो भाइरसको प्रसारलाई वस्तुको सतह र हात धोएर रोक्न सकिनेमा जोड दिए । उनीहरूले वस्तुको सतहबाट भाइरसको खतरा बढ्न सक्ने चेतावनी दिए । २०२२ को मार्चको अन्त्यदेखि अप्रिलको आरम्भसम्म पेइचिङ, चेचियाङ प्रान्तको शाओसिङ, चियाङसु प्रान्तको छाङचौ र ल्याओनिङ प्रान्तको तालियानमा चीनले एउटा अनुसन्धान गरेको थियो । सङ्क्रमित व्यक्तिहरूको परीक्षणबाट स्थानीयहरूमा घातक ओमिक्रोन भाइरस फेला परेको थियो । अनुसन्धानबाट सो भाइरस दक्षिण कोरियाबाट आयातीत लुगाहरूबाट सरेको पुष्टि भयो । तसर्थ, दक्षिण कोरियाबाट आयातीत सामग्रीहरू निर्मलीकरण गर्ने र क्वारेन्टिनको व्यवस्था सबल पार्ने काम भयो ।
अझ गम्भीर कुरा, उत्तरबाट भागेर दक्षिण कोरिया पुगेकाहरूले अप्रिल र जूनमा मात्र लाखौँ पर्चा र फोहर चीजबीज छर्न ३० भन्दा धेरै ठूला बेलुनहरू प्रजग कोरियाली भूभागतिर उडाएका थिए । प्रजग कोरियातिर नोबेल कोरोना भाइरस सार्ने खुला नियतसाथ यस्तो गरिएको थियो । यसमा उनीहरूलाई वर्तमान दक्षिण कोरियाली अधिकारीहरूले भित्रभित्रै अनुमति र उत्साह दुवै प्रदान गरेका थिए ।
माथिको तथ्यबाट पुष्टि हुन्छ, दक्षिण कोरियाली अधिकारीहरूले दाबी गरेजस्तो कोभिड–१९ फैलाउन चीजबीचको प्रयोगलाई नगन्य मान्न सकिन्न । यो तथ्य अपुष्ट कपोलकल्पित पनि होइन । बरु वैज्ञानिक र वस्तुगत यथार्थ हो । पछिल्लोपल्ट प्रजग कोरिया र अन्य छिमेकी देशहरूमा छलकारी ओमिक्रोन भाइरस फैलिनुको कारण दक्षिण कोरिया नै हो भन्ने कुरा माथिको तथ्यबाट पुष्टि हुन्छ ।
वस्तुको सतहबाट कोभिड–१९ सङ्क्रमण हुने सम्भावना ०.००१ प्रतिशत छ । तैपनि, एकजना व्यक्ति वा कुनै वस्तुमात्र पनि यस घातक भाइरसबाट सङ्क्रमित भएको खण्डमा उसबाट छिनभरमै असङ्ख्य मानिसहरूमा सर्न सक्छ । यसले गम्भीर महामारी ल्याउन सक्छ । यो स्पष्ट र अकाट्य सत्य हो ।
यो वस्तुगत यथार्थबारे विचार गर्दा दक्षिण कोरियाले प्रजग कोरियामा घातक भाइरस दलेका मैला वस्तुहरू उडाउनुलाई अमानवीय बर्बरता र एक हिसाबले जैविक हतियार प्रहारभन्दा अर्थोक भन्न सकिन्न ।
तथ्य स्पष्ट भइसकेपछि पनि दक्षिण कोरियाली सत्ताले बेलुनबाट फालेका वस्तुहरूबाट सङ्क्रमित हुने सम्भावना शून्य बराबर हुने कुरामा अड्डी लिँदै छ । जो चोर उसैको ठूलो स्वर भनेझैँ तिनीहरूले यस विषयलाई दक्षिण कोरियालाई उक्साउने निहुँको रूपमा चित्रण गर्न खोज्दै छन् । साथै, उनीहरूले उत्तरका भगुवाहरूलाई सीमामा पर्चा र अन्य चीजबीच छर्न उक्साइरहेका छन् ।
दक्षिण कोरियाली सत्ताको यस्तो बर्बरता अझै पनि सहने हो भने कोभिड–१९ ठूलो मात्रामा उत्तरतिर सर्नेछ । यसले दुई कोरियाबीचको सम्बन्ध चिसिएर आमनेसामनेको स्थिति आउनेछ । यस्तो भए कोरियाली प्रायःद्वीप र यस वरपर कल्पनाभन्दा बाहिरको गम्भीर परिणाम निम्तिन सक्छ ।
अन्तर्राष्ट्रिय जगतले न्यायलाई सर्वोपरि राख्नेछ र दक्षिण कोरियाली सत्ताको जनविरोधी र अमानवीय क्रियाकलापको भत्र्सनामा आवाज बुलन्द गर्ने चेतना प्रदर्शन गर्नेछ भन्ने हाम्रो अपेक्षा छ । दक्षिण कोरियाली अधिकारीहरूले आफ्नो उत्तरदायित्व वहन गर्नुपर्छ र जिम्मेवार व्यक्तिहरूलाई दण्डित गर्नुपर्छ भन्ने हाम्रो अनुरोध छ । साथै प्रजग कोरियाको भूभागमा फेरिफेरि फोहर नफाल्न हामी आग्रह गर्छौैँ ।
Leave a Reply