भर्खरै :

‘राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिठी पढ्दा

हिजोभन्दा आज मानिसहरूको जीवनमा जटिलता, दुःख, समस्याहरू बढ्दै गइरहेको छ । सार्वजनिक उद्योग कल–कारखानाहरू ध्वस्त भएका छन् । समुदायको नाममा सेवासुविधा व्यक्ति केन्द्रित बन्न पुगेको छ । समाजको हरेक क्षेत्र धरासयको स्थितिमा पुगेको छ । नवजवान युवा शक्ति विदेशिन बाध्य छन् । देशको राजनैतिक शक्ति विदेशीको हातमा पुगेको छ । उत्पादन घट्दो छ, आयात बढ्दो छ । देश सञ्चालनको तालाचावी अपराधीहरूको हातमा छ । ठेकेदार, गुण्डाका नाइकेहरू, कालाबजारिया, भ्रष्टाचारीहरू सत्ता सञ्चालकको मालिक छन् । देशको स्थिति यस्तो छ । यस्तो अवस्थामा एउटा असल, इमानदार मानिस भएर टिक्न र बाँच्न धेरै गा¥हो छ । त्यसमाथि अझ सच्चा कम्युनिस्ट समर्थक, कार्यकर्ता भएर चल्न झनै कठिन छ । हिजो पञ्चायत, बहुदलमा पनि समस्या यस्तै थियो । पुँजीवादको विकाससँगै नयाँ–नयाँ समस्याहरू सिर्जित हुँदै जानु स्वाभाविक रहन्छ । लक्ष्य प्राप्तिको निम्ति लम्किरहेका एउटा इमानदार व्यक्तिमा समाजको यस्तो विकृत राजनैतिक अवस्थाले अवरोध पु¥याउन सक्दछ । नैरास्यता र शिथिलता बनाउन सक्दछ । मानिसमा आउन सक्ने यस्तो नैरास्यता, थकाइपनलाई ऊर्जा दिने भनेको लेखन साहित्यले मात्र हो । माक्र्सवादी प्रगतिशील साहित्यहरू यसको निम्ति आवश्यक पर्दछ । ‘राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिठी’ ले एउटा प्रगतिशील साहित्य सँगसँगै आदर्श समाज बनाउनको निम्ति क्रान्तिमा होमिएका असल राजनैतिक कार्यकर्ताहरूको निम्ति ऊर्जा थप्ने काम गर्दछ । त्यसै महत्वका साथ चौथो संस्करण (२०७९, साउन) हाम्रोमाझ आएको हो ।
सधैँ हौसला दिइरहने र साहस थप्ने एक जीवन्त साहित्य ‘राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिठी’ हरिबहादुर श्रेष्ठद्वारा रचित कृति हो । देखाइ, भोगाइ र पछि आउन सक्ने कुराहरूलाई समेत समेटेर एउटा व्यक्तिको अझ भनौँ एउटा कम्युनिस्ट कार्यकर्ताको जीवनको भित्री मर्म र व्यथालाई छुने गरेर साहित्यकार हरिबहादुर श्रेष्ठले एउटा चिठीमार्फत प्रस्तुत गर्नुभएको छ । विभिन्न शीर्षकमा पस्किनुभएको चिठी एउटा इमानदार राजनीतिक कार्यकर्ताले अध्ययन गर्दैगर्दा मेरै जीवनलाई देखेर, बुझेर लेख्नुभएको हो भन्नेकुरा जो कसैको मनमा पर्न सक्छ । अहिलेको पुँजीवादी व्यवस्थामा जसले पुँजीपतिहरूको गुणगान गायो, उसैले काम पाउँछ । योग्यता र क्षमताको कदर हुँदैन । इमानदार भएर बाँच्न पनि गा¥हो बनाइदिन्छ । फलानोको छोरो थोरै पढेर पनि ठूला नेताहरूको सङ्गतले बाठो भयो, पैसा कमायो, घर बनायो । तिम्रो छोरोले कस्तो नेता र पार्टीको सङ्गत गरेको हो, यतिको पढेर पनि कमाउन सकेको छैन । बाठो मान्छेको सङ्गत गर्न अराउँछन् । घर परिवारका अभिभावक भन्छन्, “लुखुरलुखुर एक्लै सोझो भएर हिँडेर जीवन चल्दैन, पैसा कमाए सबैले मान्छन्, भोलिको जिन्दगी सोच्नुपर्दछ ।”
एउटा राजनैतिक कार्यकर्ताले देश र विदेशका ज्ञानहरू बटुलेका हुन्छन् । समाज परिवर्तनशील छ भनेर बुझेका हुन्छन् । कम्युनिस्ट कार्यकर्ता समाजमा मानिसबाट मानिसमा हुने हर प्रकारको अन्याय, अत्याचार विषयमा सजग र सचेत रहन्छ । आफ्नो देशमाथि विदेशी हस्तक्षेप हुँदा चुप लागेर बस्न सक्दैन । देशमा शोषणविरुद्धको आन्दोलन चलिरहँदा, विदेशी थिचोमिचो हुँदा राजनैतिक कार्यकर्ता आफ्नो पढाइ बिग्रेला भनेर एउटा कोठामा चुप लागेर बस्न नसक्ने कुरा चिठीमा पाउन सक्छौँ । राजनैतिक आन्दोलन र सङ्घर्षको कारण पढाइमा साथीसङ्गीहरूको तुलनामा दुईचार कक्षा तल परे पनि व्यवहारिक ज्ञानहरू धेरै बटुल्ने हुँदा आफ्नो पढाइ बिग्रेको, पछि परेको भन्ने भावना मनमा कहिल्यै नआउने र बरु देश र जनताको सेवा गर्न हौसला बढ्ने कुरा चिठीमा रहेको छ ।
काम नपाउँदा, कमाइ नहुँदा विवाह गर्न गा¥हो हुन्छ । राजनीतिमा लागेका केटाले केटी पाउन गा¥हो हुने र केटीले पनि केटा पाउन गा¥हो हुन्छ । समाजमा राजनीतिप्रतिको गलत बुझाइ र हेराइले विवाह हुनमा समस्या आउँछ । आफन्त घर परिवारलाई तेरो छोरो बिग्रियो, भत्कियो भनेर शत्रुहरूले गलत कुराहरू सुनाइदिने, दुःख दिने काम पनि गर्छन् । तर, समाजमा राम्रा इमानदार मान्छेहरू पनि हुन्छन् । कतै कुनामा बसेर कसको चरित्र कस्तो छ भनेर नियालिरहेको हुन्छ भन्ने कुरा हामीले भुल्नु हुन्न भनेर चिठीमार्फत सुल्झाइएको छ । यो चिठी पढिसकेपछि थप सशक्त भएर विरोधीहरूको विरुद्ध सङ्घर्ष गर्न हौसला मिल्छ । एउटा इमानदार कार्यकर्ताले समाजमा भइरहेको शोषण र अत्याचारको विरुद्धमा बोल्ने हुँदा, कामदार जनताको सेवामा समर्पित हुने हुँदा मुट्ठीभर पुँजीपतिहरू शत्रु भए तापनि अधिकांश जनता आफ्नो समर्थक र साथी हुने कुरा साहित्यकार श्रेष्ठले चिठीमा खुलाएका छन् । जनता राजनैतिकरूपमा सचेत बन्दै गएपछि शोषक र पुँजीपतिहरूको विरुद्धमा स्वयं जाग्नेछ ।
आफूसँगै पढेका साथीभाइहरू ठूलो पदमा पुग्ने र पैसा कमाउँदा, समाजको राजनैतिक र सांस्कृतिक स्तर नउठिसकेको अवस्थामा तिनीहरूको पद र पैसाको तुलनामा राजनीतिक कार्यकर्ताहरूको महत्वलाई नबुझ्ने हुँदा घर, परिवार र समाजले नै हेलाहोचो, तुच्छ व्यवहार गर्ने कुरा सामाजिक हेलाहोचो शीर्षकको चिठीमा उल्लेख गर्नुभएको छ । एउटा असल राजनीतिक कार्यकर्ता राजनीतिक सङ्घर्षदेखि पछि नहटी जीवनमा आइपर्ने जस्तोसुकै समस्याहरूसँग जुझ्दै निरन्तर इमानदारीपूर्वक समाजको सेवा गर्न लागिपर्नुपर्दछ । माक्र्सवाद सत्यतथ्य र विज्ञानसम्मत भएकोले राजनीतिक सिद्धान्त र विचारमा स्पष्ट भएर अघि बढ्न यो पुस्तकबाट प्रेरणा मिल्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *