भर्खरै :

डेङ्गु ज्वरो र बच्ने उपायहरू

डेङ्गु ज्वरो र बच्ने उपायहरू

डेङ्गु ज्वरो एक भाइरसको सङ्क्रमण हो । यो ज्वरो एडिज एजिप्ती ९ब्भमभक ब्भनथउतष्० नामको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । यो डेङ्गु भाइरस नामको भाइरसबाट हुने रोग हो । डेङ्गु भाइरसका चारवटा प्रजातिहरू छन् । त्यसैले, ती चार प्रजातिका भाइरसले छुट्टाछुट्टैरूपमा एकजना मानिसलाई चार पटकसम्म डेङ्गु ज्वरो आउन सक्छ ।
चर्को खालको डेङ्गु ज्वरोले मानिसको मृत्युसमेत हुनसक्ने भएकोले डेङ्गु ज्वरोका बिरामीहरूको उपचार स्वास्थ्यकर्मीहरूबाट गराउनुपर्दछ ।
डेङ्गु ज्वरोको छिटोभन्दा छिटो पहिचान गरी त्यसको सही व्यवस्थापन गर्नुपर्दछ । यसको विशेष उपचार पद्धति हालसम्म उपलब्ध भएको छैन । समयमै पहिचान तथा उपचारले डेङ्गुबाट हुने मृत्युलाई १ प्रतिशतभन्दा कम गर्न सकिन्छ ।
डेङ्गु ज्वरो उष्ण तथा समशितोष्ण सहरी तथा सहर वरिपरिका बस्तीहरूमा विश्वभरि नै पाइने रोग हो ।
डेङ्गुका बिरामीहरू विश्वभरि नै नाटकीय ढङ्गले वृद्धि भएको छ । विश्वभरि हरेक वर्ष १० करोडदेखि ४० करोड मानिसहरूलाई डेङ्गु ज्वरो हुने गर्दछ । तीमध्ये १० प्रतिशत मानिसलाई सामान्य खालको लक्षण वा लक्षणै देखानपर्ने पनि हुनसक्छ ।
डेङ्गु ज्वरोको नियन्त्रण तथा रोकथामको सबैभन्दा प्रभावकारी उपाय लामखुट्टेको नियन्त्रण नै हो । यसमा समाजको सक्रिय र महत्वपूर्ण भूमिका रहन्छ ।
धेरैजसो डेङ्गु भाइरस सङ्क्रमण सामान्य रोगको रूपमा देखापर्ने भए पनि चर्को खालको डेङ्गु सङ्क्रमणको जटिलता प्राणघातक पनि हुने गर्दछ ।
डेङ्गु ज्वरो सर्वप्रथम १९५० को दशकमा फिलिपिन्स र थाइल्यान्डमा भएको डेङ्गु महामारीको बेला पत्ता लागेको हो । डेङ्गु ज्वरोमा एक प्रजातिको सङ्क्रमणपछि अर्को प्रजातिको डेङ्गु भाइरसले सङ्क्रमण भयो भने चर्को खालको डेङ्गु हुने गर्दछ ।
डेङ्गु ज्वरोले मानवीय स्वास्थ्यमा असर गर्नुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक अवस्थामा क्षति पु¥याएको हुन्छ । साथै डेङ्गु रोग फैलिने मौसममा अस्पतालका धेरैजसो खाटहरू (बेड) डेङ्गुका बिरामीले भरिएका हुुन्छन् ।
विश्वभरिका डेङ्गु ज्वरोका बिरामीहरूमध्ये करिब ७० प्रतिशत बिरामी एसियाली मुलुकहरूका देशमा हुने गर्दछ । नेपालमा केही वर्ष अघिसम्म तराईका जिल्लाहरूमा देखिने गरेको डेङ्गु ज्वरो हालका वर्षहरूमा काठमाडौँ उपत्यकालगायत अन्य पहाडी जिल्लाहरूमा पनि देखिएको छ ।

डेङ्गु ज्वरोका लक्षण तथा चिह्नहरूः
अधिकांश डेङ्गु सङ्क्रमित व्यक्तिमा लक्षण देखिँदैन । देखिएकोमा सामान्य खालको ज्वरो, खोकी वा जीउ दुख्ने हुन्छ । लामखुट्टेले टोकेको ४ देखि १० दिनमा देखिने लक्षण सामान्यत ः २ देखि ७ दिनसम्म रहन्छ ।
उच्च ज्वरो १०४ ०ँ (४० ० c) सहित तलका लक्षणहरूमध्ये कुनै दुई लक्षणहरू हुनेलाई डेङ्गु सङ्क्रमणको शङ्का गर्न सकिन्छ ।
१) चर्को टाउको दुख्ने
२) आँखाको गेडी दुख्ने
३) जोर्नी तथा जीउ दुख्ने
४) वाकवाकी आउने
५) ग्रन्थीहरू सुन्निएमा
६) रातो डावरहरू आउने
डेङ्गु ज्वरो सुरु भएको ३ देखि ७ दिनपछि चर्को खालको डेङ्गु हुने गर्दछ । चर्को खालको डेङ्गुमा सेतो रक्तकोष खेर जाने, शरीरमा पानीको मात्रा बढी जम्मा हुने, श्वास फेर्न कठीनाइ हुने, रक्तश्राव हुने तथा अङ्गहरूले काम नगर्ने अवस्था भएमा प्राणघातक हुनसक्छ ।
डेङ्गु सङ्क्रमण लक्षण तथा चिह्नका आधारमा शङ्का गरेपछि च्त्(एऋच् वा ब्लतष्नभल परीक्षण विधिबाट पत्ता लगाउन सकिन्छ ।
डेङ्गु ज्वरोको विशेष उपचार व्यवस्था नभएकोले लक्षणको आधारमा बिरामीको उपचार गरिन्छ ।
डेङ्गु ज्वरोविरुद्धको खोप पनि पाइन्छ । तर, हालको अवस्थामा प्रचलनमा देखिँदैन ।

रोकथाम तथा नियन्त्रण
– डेङ्गु सङ्क्रमितले आफूलाई लामखुट्टेको टोकाइबाट जोगाएमा त्यसले अरू मानिसलाई जीवाणु सार्न दिँदैन ।
– लामखुट्टेको वृद्धि विकास रोक्न लामखुट्टेको वासस्थान खोजी नष्ट गर्नुपर्दछ ।
– लामखुट्टेको टोकाइबाट जोगिन पूरै बाहुला भएको लुगा लगाउने, झूलको प्रयोग गर्ने झ्यालढोकामा लामखुट्टे छिर्न नसकिने जालीखापा प्रयोग गर्ने, लामखुट्टे भगाउने मलम लगाउनेजस्त ा उपायहरू अपनाउन सकिन्छ ।
– लामखुट्टेको टोकाइबाट हुने रोगबारे समुदायलाई सजग र सचेत पार्ने कार्य गर्नुपर्छ ।
– लामखुट्टेको निरन्तर खोजी कार्य जारी राख्नुपर्छ र डेङ्गुका कारक लामखुट्टे देखिएमा नष्ट गर्ने विधि दोहो¥याउनुपर्छ ।

Leave a Reply

Your email address will not be published.