भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
काठमाडौँ, २१ भदौ । प्रतिनिधिसभाको बैठकमा केही नेपाल ऐन संशोधन विधेयक २०७९ निर्णयार्थ प्रस्तुत हुँदा गणपूरक सङ्ख्या नपुगेर बैठक स्थगित भयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक सङ्ख्या यकिन गर्न माग गर्दा गणपूरक सङ्ख्या ६९ सांसद हुनुपर्नेमा ५८ मात्र थियो । १५ मिनेटको लागि स्थगित भएको बैठक ४५ मिनेटपछि सुरु भयो ।
सत्ता पक्ष नेका, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादीले आ–आफ्ना मन्त्रीहरूलाई बोलाएर गणपूरक सङ्ख्या यकिन गर्दा ७१ मात्र थियो ।
सिंहदरबार स्रोतअनुसार नेका, एमाले, माओवादी केन्द्रका कतिपय सांसदहरू आगामी मङ्सिर ४ गतेको निर्वाचनमा उम्मेदवारी सिफारिस गराउन आ–आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा गएको हुँदा गणपूरक सङ्ख्या नपुगेको हो । तर, यसअगाडि पनि पटकपटक गणपूरक सङ्ख्या पुगेको थिएन ।
Leave a Reply