नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
निर्वाचन निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र मर्यादित हुनुपर्छ । निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण बनाउन निर्वाचन आयोगले तयार गरेको आचारसंहिता सबै राजनीतिक दल, नागरिक समाज, सुरक्षाकर्मी, कर्मचारी सबैले पालना गर्नुपर्छ । निर्वाचन आचारसंहिता पालना नगर्ने दल, समूह या कुनै पनि व्यक्तिलाई आयोगले आवश्यकताअनुसार कारबाही गर्नुपर्छ । जसले जस्तोसुकै आचारसंहिता उल्लङ्घन गरे पनि आयोग मौन बस्छ या कारबाहीको प्रक्रिया अघि बढाउँदैन भने आचारसंहिता उल्लङ्घनको गतिविधि बढ्नेछ । निर्वाचन केन्द्रमा आपराधिक क्रियाकलाप बढ्ने छ । निर्वाचन केन्द्रमा हाहु गर्ने, धाँधली गर्ने, निर्वाचन केन्द्र कब्जा गर्ने, मतपेटिका फाल्ने, फोड्ने काम गर्न पनि बेर लाग्दैन । यसकारणले पनि निर्वाचन आयोग सतर्क हुनुपर्छ । निर्वाचन आयोग सत्ताकेन्द्रित हुनुहुँदैन ।
राजनीतिक दलले सिद्धान्त र विचारको राजनीति नगर्दा, इमानदारीपूर्वक राजनीति नगर्दा, बल, धाक–धम्की, दबाबमा राजनीति गर्दा आचारसंहिता उल्लङ्घन हुन्छ । सिद्धान्त र विचार छोडेर जसरी भए पनि जित्न अनेक षड्यन्त्र र पक्षपातपूर्ण व्यवहार गर्दा आचारसंहिता उल्लङ्घन हुन्छ । सबै मतदाताले मतदान गर्न नपाउँदा, मतदाता नामावलीमा नाम नभएका व्यक्तिले भोट खसाल्दा निर्वाचन निष्पक्ष र स्वतन्त्र हुनेछैन । प्रहरी प्रशासन, कर्मचारी क्षेत्र सत्तासीन दलको पक्ष लिनुहुँदैन, सबै पक्ष इमानदार हुनुपर्छ ।
अबको निर्वाचनमा विगतको निर्वाचनमा झैँ मतदातालाई पैसा बाँडेर, भोज खुवाएर, सामान बाँडेर, लोभ–लालच देखाएर, ठेक्का मिलाएर मत लिने काम कुनै पनि दलले नगरेको होस् । लोभलालच देखाएर राजनीति गर्नु सैद्धान्तिक राजनीति होइन । यो बेइमानको राजनीति हो । बेइमानको राजनीति गर्ने दलमा सत्तासीन र ठूला दलहरू नै परेका छन् । हेलिकप्टरमा बसेर निर्वाचन सभामा सहभागी हुने, मोटरसाइकल ¥याली गर्ने, टोपी, टी सर्त या अन्य सामानमा दलको निर्वाचन चिन्हको प्रचार गर्ने आदि विगतको निर्वाचनमा घटेको थियो । आचारसंहिताविपरीतका यस्ता कुनै पनि काम कुनै पनि दलले गर्ने घटनालाई नियन्त्रण गर्नुपर्छ । अनिमात्र निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण हुन्छ ।
Leave a Reply