नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
सन्दर्भः विश्व आत्महत्या निरुत्साहन दिवस
थालनी
विश्व आत्महत्या निरुत्साहन दिवसको सेरोफेरोमा रहेर उभिँदा नेपाली समाजमा दिनानुदिन आत्महत्याका घटनाले प्रवेश पाउँदै आएको छ । ३.७ प्रति एकलाख नेपालीहरूले आत्महत्या गर्ने गरेको तथ्याङ्क रहेको छ भने ७.२ प्रतिशतले आत्महत्याको बारेमा सोच्ने गरेको तथ्याङ्क छ । कानुनतः आत्महत्यालाई अपराधको संज्ञा दिइएको भए तापनि यो क्रम रोकिनुको सट्टा झन्झन् झाँगिँदै आइरहेको छ । आखिर किन गर्छन् त मान्छेले आत्महत्या ? के आत्महत्या मनोवैज्ञानिक कारणले हुने घटना हो ? आखिर किन गर्छन् त आत्महत्या ? यस आलेखमा हामी यही विषयमा छलफल गर्नेछौँ ।
आत्महत्याको जड
मानिसबाहेक अन्य कुनै पनि प्राणी वा बनस्पतिले आत्महत्या गरेको समाचार न हामीले सुनेका छौँ न त गर्ने गरेको तथ्य वा इतिहास नै छ । अपराध होस् वा दण्ड नै किन नहोस् मानव समाजको विकासक्रमसँगै विकसित भएको मान्यता हो । उदाहरणको लागि मानव समाजको प्राचीन युगलाई हेर्ने हो भने त्यहाँ मान्छेले मान्छेलाई मार्ने र मान्छेकै मासु खाने गरेको इतिहास छ भने दास समाजमा त दास मालिकलाई दास काट्न पाउने छुट रहेको थियो । मानव समाजको विकासक्रमकै कुरा गर्ने हो भने पछिल्लो समयमा आत्महत्या पनि तीव्रत्तर रूपमा अगाडि आएको देखिन्छ । कानुनतः यस्तो कार्यलाई अपराध नै भनिएको भए तापनि यस्तो कार्य गर्ने स्वयम् मरिसकेको हुने हुँदा यस किसिमको अपराध गर्नेलाई सजाय दिन सकिँदैन । तर, नेपाल सरकारको कानुनअनुसार आत्महत्या दुरुत्साहन गर्नेको लागि भने सजायको व्यवस्था गरिएको छ । तथापि, यस्तो घटनामा संलग्नलाई सजाय दिएको समाचार सुन्न र पढ्नमा पाइएको छैन । जे जस्तो भने पनि मृत्यु होस् वा हत्या होस् वा चाहे आत्महत्या नै किन नहोस् त्यसको प्रत्यक्ष वा परोक्ष सम्बन्ध मानव समाजसँग जोडिएको हुन्छ ।
हत्या वा आत्महत्या मान्छेले मानव समाजभित्रै हुने घटना हो । आफ्नो रिस, आवेग, बदला वा स्वार्थ पूरा गर्न र गरिसकेपछि मान्छेले हत्या गर्ने गरेको देखिन्छ । यो भनिरहँदा हत्या नितान्त व्यक्तिगतजस्तो लाग्न सक्छ । तर, यथार्थतः व्यक्तिलाई रिस उठ्ने, व्यक्ति आवेगमा आउने, व्यक्तिले बदला लिने वा स्वार्थ पूरा गर्नेजस्ता कार्यको पछाडि सामाजिक मूल्य–मान्यता, चालचलन वा अन्य पक्षले भूमिका खेलिरहेको हुन्छ । आदिम कालमा मान्छे–मान्छेबीच, झुण्ड–झुण्ड वा कविला–कविलाबीच झगडा हुन्थे । त्यस क्रममा प्राकृतिक स्रोत र साधनको लागि मान्छेले मान्छे मार्ने गरेका देखिन्छ भने वर्तमान समाजमा मान्छे निर्मित विभिन्न वस्तु तथा पैसाका लागि गर्ने गरेको देखिन्छ । यसर्थ, हत्याको कारण स्वयम् मानव समाज र उत्पादन सम्बन्धमा आएको फेरबदल तथा त्यससँग सम्बन्धित अन्य दृश्य वा अदृश्य तत्व नै हो । जुन मानव समाजले नै निर्माण गरेका हुन् भने आत्महत्याको स्थिति पनि मानव समाजको परिवर्तित स्वरूपसँगै विकास भएको घटना हो ।
आत्महत्या अर्थात् आपूmले आपैmलाई मार्ने कार्य । मान्छेले किन आफ्नै हत्या गर्छन् भन्ने सन्दर्भमा समाजशास्त्री इमिल दुर्खाइमले आफ्नो विचार स्पष्टरूपमा राखेका छन् । उनका अनुसार सामाजिक सङ्गति तथा असङ्गतिका कारण मान्छेले आत्महत्या गर्छन् । आत्महत्या समाजमा हुने नियमित प्रक्रिया हो, जुन सामाजिक एकताको स्तर र प्रकारका आधारमा थपघट हुने गर्दछ । उनका अनुसार आत्महत्याको सम्बन्ध प्रत्यक्षरूपमा व्यक्ति र समाजको एकता र नियमनसँग सम्बन्धित छ । कुनै व्यक्तिको समाजमा एकदम धेरै एकता भएमा परोपकारवादी आत्महत्या रोज्छन् भने एकदम न्यून एकता भएमा अहम्वादी आत्महत्या रोज्न पुग्दछन् । त्यस्तै एकदम धेरै नियमन भएमा भाग्यवादी र एकदम न्यून नियमन भएमा मान्यताविहीन आत्महत्या गर्ने गर्दछ ।
समाजशास्त्र दुर्खाइमले अगाडि सारेको आत्महत्याहरूमध्ये मान्यताविहीन आत्महत्या वर्तमान सामाजिक संरचनाका कारण उत्पन्न भएको हो । आपूm समाज अनुकूल बन्न नसक्दा समाजप्रति वितृष्णा पैदा हुन्छ र मान्छेले मान्यताविहीन आत्महत्या रोज्न पुग्दछ । दुर्खाइमका शब्दमा भन्नुपर्दा व्यक्तिले आपूmअनुकूल समाज नपाउँदा वा समाज अनुकूल आपूmलाई ढाल्न नसक्दा मान्छेहरू समाजप्रति ‘एनोमी’ अर्थात् समाजप्रति वितृष्णा पैदा हुन्छ र आत्महत्या गर्छन् । पुँजीवादको विकाससँगै यस्तो किसिमको आत्महत्या दर बढेको उनको ठम्याइ रहेको छ । अर्थात्, पुँजीवादमा नै बढीजसो आत्महत्या हुने गरेको देखिन्छ । अतः दुर्खाइमले विभिन्न कारणले आत्महत्या हुने भनिए तापनि विशेषतः उनको अध्ययन पुँजीवादको विकासपश्चात् हुनु र त्यसकै परिणामले आत्महत्याको दर बढ्नुले स्पष्ट हुन्छ कि आत्महत्याको प्रमुख कारण पुँजीवादी व्यवस्था नै हो । भारतका किसानहरूले गरेको आत्महत्या होस् वा नेपालकै विभिन्न आत्महत्याको घटना नै किन नहोस्, पुँजीवादकै परिणति भएको स्पष्ट हुन्छ ।
नेपालको सन्दर्भमा आत्महत्या
आत्महत्याको दर देशअनुसार फरक भएको भए तापनि सायद त्यस्तो देश छैन, जहाँ आत्महत्या नभएको होस् । यही परिप्रेक्ष्यमा नेपाल पनि अछुतो रहन सक्दैन । तर, पहिले आत्महत्याका कुरा कमैमात्र सुनिने गरिएकोमा हाल दिनानुदिनजस्तै सुनिने र घट्ने घटनाका रूपमा आत्महत्या देखापर्न थालेको छ । यस्तो हुनुको प्रमुख कारण बदलिँदो नेपाली समाज नै हो भन्न सकिन्छ । वर्तमान नेपाली समाज प्रत्यक्ष वा परोक्षरूपमा पुँजीवादमा प्रवेश गरिसकेको छ । पुँजीवादी समाज भनेकै लोभ, लालच, चोरी, हत्या, भ्रष्टाचार तथा अन्य आपराधिक गतिविधिले प्रश्रय पाउने तथा व्यक्तिवादी चरित्रको विकास हुने समाज हो । उमेरमै एक्लोपनाको अनुभव गर्ने, समाजमा कममात्रै घुलमिल हुने आदि कारण आपूmलाई समाज अनुकूल वा समाजलाई आपूm अनुकूल ढाल्न नसक्दा दिनानुदिन आत्महत्या बढ्दै गएको स्पष्ट हुन्छ ।
हिजोआज बालबालिकाले आत्महत्या गर्ने दर पनि बिस्तारै बढ्दै गएको तथ्यहरू सार्वजनिक हुँदै आएको छ । हिजोआजका बालबालिकाहरू मोबाइल वा कम्प्युटरमा बढी समय बिताउने, विद्यालयमै धेरै समय बिताउनुपर्नेजस्ता कार्यले समाजबाट बिस्तारै अलग हुँदै गएको यथार्थ कमैले मात्र बुझेका छन् । यही कारण पनि बालबालिकाले आत्महत्या गर्ने गरेको हो । पहिलेजस्तो केटाकेही सामाजिकीकरण प्रक्रियाबाट टाढा हुँदै गएको छ । आमाबुबा आफ्नै काममा लाग्नुपर्ने बाध्यता, हजुरबा, हजुरआमाहरू वृद्धाश्रममा राख्ने परिपाटी तथा अन्य यावत् कारणले बालबालिका एक्लोपनाको सिकार हुँदै गएको र अन्तमा आत्महत्या गर्ने गरेको स्पष्ट हुन्छ । वयस्कका हकमा भन्ने हो भन्ने आफ्नो इच्छा आकाङ्क्षा पूरा नभएको कारण आत्महत्या रोज्ने गरेको देखिन्छ । यसका साथै गरिबी वा अन्य बाध्यात्मक कारणले पनि आत्महत्या गर्ने गरेको देखिन्छ । यो सब मानव समाज जटिल बन्दै जाँदा विकसित पुँजीवादी संस्कृतिकै परिणाम हो ।
अन्तमा, मानव विकासको सुरुका चरणतिर आत्महत्या गर्ने गरेको पाइँदैन किनकि त्यसबेलाको मानव समाज भनेको प्रकृतिमा निर्भर थियो । बिस्तारै मानव सभ्य र सुसंस्कृत बन्ने क्रममा मान्छेले विकास गरेका प्रविधि, नीति नियम, मूल्य मान्यता आदि नै आत्महत्याको कारक तत्व हो । अझ त्योभन्दा पनि प्रमुख कुरा भनेको वर्तमान पुँजीवादी समाज र त्योसँगै विकसित विभिन्न असमानता, मूल्य मान्यता, प्रविधि आदि नै आत्महत्याको जड हो भन्दा फरक पर्दैन । जसरी आदिम साम्यवादी युगमा आत्महत्या थिएन त्यसरी नै पुँजीवादी समाजपछि आउने समाजवादमा मात्र यस्तो समस्या समाधान हुने कुरामा विश्वस्त हुन सकिन्छ ।
Leave a Reply