नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
“चालु वर्षदेखि, हाम्रो कम्पनीको उत्पादन बिक्री बढ्दै गएको छ । युरोप र अमेरिकामा निर्यातको लागि हाम्रा अर्डरहरू अक्टोबरसम्म राखिएको छ ।” यो चीनको पूर्वी भागमा अवस्थित चच्याङ प्रान्तमा एक सान्दर्भिक अटोमोबाइल पुर्जा उत्पादन कम्पनीका जिम्मेवार व्यक्तिले मिडियालाई बताएको कुरा हो ।
यो नै चीनको वैदेशिक व्यापार विकासको एक ज्वलन्त फुटनोट भन्न सकिन्छ । सेप्टेम्बर ७ मा चीनको भन्सार प्रशासन ब्युरोले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु वर्षको अघिल्ला आठ महिनामा चीनको कुल आयात र निर्यातको मूल्यमा संलग्न रकम २७३ खर्ब युआन पुगेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १०.१ प्रतिशतले बढेको हो । जसबाट चीनको आर्थिक जीवन्त शक्ति र लचिलोपनका विशेषताहरूलाई प्रतिबिम्ति गरिएको छ ।
तीमध्ये, चीनको वैदेशिक व्यापारको मुख्य शक्ति–निजी उद्यमहरू धेरै आकर्षक छन् । अघिल्लो आठ महिनामा ती निजी उद्यमहरूको आयात र निर्यातले चीनको कूल वैदेशिक व्यापारको ५०.१ प्रतिशत ओगटेको छ ।
यसबाहेक, चीनको वैदेशिक व्यापारको जीवन्त शक्ति बजार बनौटको विविधताबाट आउँछ । चालु वर्षको अघिल्ला आठ महिनामा, आसियान र युरोपेली सङ्घजस्ता चीनका प्रमुख व्यापारिक साझेदारहरूसमेत, चीनको व्यापार आयात र निर्यातमा ‘बेल्ट एन्ड रोड’ सम्बद्ध मुलुकहरू रहेका छन् । साथै क्षेत्रीय व्यापक आर्थिक साझेदारी सम्झौता (आरसीईपी) का १४ सदस्य मुलुकहरू पनि छन् ।
यसका अतिरिक्त, चीनको वैदेशिक व्यापारको जीवन्त प्रवृत्ति आफ्नै श्रेष्ठता बढाउने र विश्वलाई चाहिने कुराहरू उपलब्ध गराउनमा आधारित छ । चालु वर्षको अघिल्ला ७ महिनामा चीनको नयाँ ऊर्जा सवारी साधनको निर्यातले वार्षिकरूपमा ९० प्रतिशतले बढेको छ, जुन वैदेशिक व्यापारको मुख्य आकर्षण बनेको छ । वैदेशिक व्यापार नै चीनको अर्थतन्त्र स्वस्थ हुने मिटरको रूपमा लिन्छ । चीनको वैदेशिक व्यापार स्थिर वृद्धि कायम राख्दै जाने अवस्थामा छ ।
सेप्टेम्बर ८ मा, चीनको दक्षिण–पूर्वी भागमा अवस्थित फुच्यान प्रान्तमा २२ औँ चीन अन्तर्राष्ट्रिय लगानी तथा व्यापार मेला (ऋक्ष्ँक्ष्त्) आयोजना भएको छ । अनलाइन वा अफलाइन प्रदर्शनीमा करिब ७० मुलुक र क्षेत्रले भाग लिइरहेका छन् । यो नै विश्वमा अन्तर्राष्ट्रिय व्यापार र लगानी प्रवद्र्धन गर्नको लागि चीनले प्रदान गरेको अर्को प्लेटफर्म हो । चीनको लचिलो वैदेशिक व्यापार सधैँ, विश्व अर्थतन्त्रलाई बढाउने ‘चलायमान पानीको पोखरी’ भन्न सकिन्छ ।
Leave a Reply