भर्खरै :

शान्ति र विकासको लागि भावी गुरु योजनाको तर्जुमा

शान्ति र विकासको लागि भावी गुरु योजनाको तर्जुमा

“विगतमा हामीले साङघाइ भावनालाई व्यवहारमा उतारेर ठूलो सफलता प्राप्त गरेका छौँ । भविष्यमा हामी यथावत्रूपमा साङघाइ भावनालाई कायम राख्दै अगाडि हिँड्दै जाने छौँ ।” चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर १६ का दिन साङघाइ सहयोग सङ्गठनका सदस्य मुलुक राष्ट्र प्रमुख परिषद्को २२ औँ सम्मेलनमा सम्बोधन गर्दै सो सङ्गठन विकास र समृद्ध हुने पाँचबुँदे अनुभवको निचोड निकाल्नुभएको छ ।
उहाँले साङघाइ भावना सधैँ नै साङघाइ सहयोग सङ्गठनको जीवन्त शक्तिको आधार हुनुका साथै दीर्घरूपमा कायम राख्नुपर्ने मूलभूत सिद्धान्त हो भन्दै साङघाइ सहयोग सङ्गठनको अझ घनिष्ट भाग्यको एकरूपताको स्थापनाका लागि पाँचबुँदे प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।
चीन साङघाइ सहयोग सङ्गठनको संस्थापक मुलुक भएकोले लामो समययता यसै सङ्गठनको सञ्चालन र विकासका लागि वास्तविक योजना प्रस्तुत गर्नुका साथै कदम पनि चाल्दै आएको छ । यस पटकको शिखर सम्मेलनमा राष्ट्राध्यक्ष सी चिनफिङले साङघाइ सहयोग सङ्गठनको अझ घनिष्ट भाग्यको एकरूपताको स्थापना भन्ने विषयबमोजिम आपसी समर्थनलाई बढाउने, सुरक्षित सहकार्यको विस्तार गर्ने, वास्तविक सहयोगलाई गहन पार्ने, सांस्कृतिक आदानप्रदानलाई मजबुत पार्ने र बहुपक्षीयतावादलाई कायम राख्ने कुरामा जोड दिनुका साथै अनेकन ठोस कदम प्रस्तुत गर्नुभएको छ । शान्ति र विकासमा ध्यान दिएर साङघाइ सहयोग सङ्गठनको भावी विकासका लागि गुरूयोजनाको पनि तर्जुमा गरिएको छ ।
उक्त शिखर सम्मेलनमा प्रकाशित ‘समरकन्द घोषणापत्र’ मा चीनले प्रस्तुत गरेको वैश्विक सुरक्षा प्रस्तावको विषयलाई समेटिनुका साथै चीनद्वारा प्रस्तुत वैश्विक विकास प्रस्ताव भावनालाई पनि व्यवहारमा उतारिनेछ । साङघाइ सहयोग सङ्गठनका सदस्य मुलुकहरूले बेल्ट एन्ड रोड पहलकदमीलाई समर्थन गर्दै जाने कुरा पनि दोहो¥याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *