धर्म, परम्परा र विज्ञान : कर्मकाण्डको भीडमा हराउँदै गरेको चेतना
- जेष्ठ २, २०८३
हरेक चाडपर्वको आफ्नै महत्व हुन्छ । दसैँमा लुगा किन्ने, मीठा परिकार खाने, नयाँ ठाउँ घुम्ने, आफन्तकहाँ टीका थाप्न जाने, दक्षिणा दिनेजस्ता हरेक कार्य हुन्छन् । चाडपर्वमा गरिने क्रियाकलाप मानिसको शारीरिक, मानसिक र आर्थिक क्षेत्रसँग जोडिन्छन् । चाडपर्वमा कोही मानिस धितमरूञ्जेल खान्छन् भने कोही संयमता अपनाएर खानपान गर्छन् । दसैँ मनाउने अधिकांश परिवारले दसैँमा माछामासु धित मरूञ्जेल खान्छन् । पहाडियाहरू दसैँमा सकेसम्म घरमै खसीबोका काट्छन्, नकाटे पनि पाँच–सात किलो मासु किन्छन् । दसैँ भनेको माछामासुले पेट भर्ने पर्वजस्तो लाग्छ । दसैँमा अष्टमीदेखि पूर्णिमासम्म माछा मासु खाइन्छ । यसरी एकैपटक धेरै मात्रामा माछामासु खाँदा अपच हुनेलगायत स्वास्थ्यलाई प्रतिकूल असर पु¥याउने हुन्छ । माछामासु धेरै खाँदा त्यसलाई पचाउने खालका अन्य खानेकुरा पनि खानुपर्छ । मासुसँगै सलाद, फलफुल र सागपात पनि खानु अनिवार्य छ ।
चिल्लो र मसलेदार खानेकुरा बढी खाँदा त्यसलाई पचाउने खालको खानेकुरा खानुपर्छ । पर्वहरूमा हामी मासुका धेरै परिकार प्रयोग हुन्छन् । माछा, मासु, अन्डा र दुग्ध पदार्थलाई पोषिलो आहारका रूपमा प्रयोग गरिन्छ तर हामी त्यसलाई पचाउने खानेकुरा पनि खानुपर्छ । शरीरलाई चाहिने प्रोटिनको स्रोतको रूपमा मासुलाई लिइन्छ । मासुमा प्रोटिन त पाइन्छ तर पाचन प्रक्रियालाई चाहिने रेसेदार छोक्राबोक्रा नहुने र बोसो बढी हुने भएकोले पच्न गा¥हो हुन्छ । मासु पच्न धेरै समय लाग्छ र मासु खाँदा शरीरमा भारीपन आई आलस्य बनाउने भएकोले मानिसको स्वास्थ्यमा विभिन्न असर गर्नसक्ने भएकोले चाडपर्वमा मासु धेरै खान नहुने चिकित्सकहरू बताउँछन् । माछामासु धेरै खाँदा क्षणिकदेखि लामो समयसम्म असर हुन्छ, क्षणिक असरमा अपच हुनसक्छ, युरिक एसिडको समस्या भएकालाई असर गर्छ । कोल्डस्टोर बढेर जाने भएकोले पाचन र कलेजोसम्बन्धी समस्या हुनसक्ने भएकोले सचेत हुनुपर्छ । कुनै पनि खानेकुरा आवश्यकताभन्दा बढी खान हुँदैन । मासु खाइहालेमा प्रशस्त हरियो सागसब्जी, गाजर, फलफूलसँग मिलाएर खाँदा जति हानि गर्ने हो त्यसबाट बच्न सकिने भएकोले त्यसतर्फ ध्यान दिनु उचित हो । स्वास्थ्यको ख्याल गरेरमात्र खानपान गर्नु बुद्धिमानी हुन्छ ।
Leave a Reply