ट्रम्पले अचानक किन खोजे सीको साथ ?
- जेष्ठ ३, २०८३
भक्तपुर, २१ असोज । बयालीसौँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रमको शुक्रबार भक्तपुरको भार्वाचो टोलमा भव्य समारोहबीच उद्घाटन भयो ।
नेपालभाषाको जगेर्ना, जनपक्षीय साहित्यको प्रवद्र्धन, न्यायप्रेमी नेपाली जनताको उत्थानको उद्देश्य बोकी ४२ वर्ष अगाडिदेखि भक्तपुर नगरका विभिन्न टोलमा नेपाल भाषा साहित्य तःमुंज्या हुँदै आएको छ ।
बयालीसौँ नेपालभाषा साहित्य तःमुंज्याको उद्घाटन ९३ वर्षीय स्थानीय बाजागुरू हरिलाल पञ्चले पानसमा दीप प्रज्ज्वलित गरी गर्नुभएको थियो ।
समारोहमा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँले देश र जनताको हितविपरीत काम गर्ने राजनीतिक पार्टीहरू सङ्ख्यात्मक रूपले जतिसुकै ठूला भए पनि राष्ट्रिय र जनताको पार्टी हुननसक्ने स्पष्ट पार्नुभयो ।
नेमकिपाका अग्रज कार्यकर्ताहरूले निःस्वार्थ रूपमा देश र जनताको पक्षमा गरेको सङ्र्षको प्रतिफल आजको अवस्था रहेको बताउँदै उहाँले स्वार्थी, लोभीपापीहरू कहिल्यै जनताको राजनीतिक कार्यकर्ता र सच्चा कम्युनिस्ट बन्नसक्दैनन् भन्नुभयो ।
साहित्यले देश र समाजको अवस्थाबारे पाठक वा जनतालाई प्रस्ट पार्नुपर्ने धारणा राख्दै उहाँले साहित्य वाचनमात्र नगरी वाचित साहित्यको समालोचना पनि हुनपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले अङ्ग्रेजी र नेपाली भाषामा जस्तै नेपालभाषामा पनि व्याकरण रहेको र साहित्यमा व्याकरणीय शुद्धतामा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले यसपालिको निर्वाचनमा हाम्राभन्दा पनि राम्रो विचारका उम्मेदवारलाई मतदान गर्नुपर्ने बताउनुभयो ।
उहाँले भाषा भाषामात्र नभई समाजको ज्यान, संस्कृति र संस्कार भएको उल्लेख गर्दै देशका सबै भाषा र संस्कृति देशकै सम्पदा भएको बताउनुभयो ।
उहाँले देशमा समाजवाद र साम्यवाद स्थापना नभई बहुसङ्ख्यक कामदार जनतालाई सुख हुनेछैन भन्नुभयो ।
साहित्यकार नरेन्द्र प्रसाईले भक्तपुर र नारायणमान बिजुक्छेँ पर्यात्mैं भइसकेको धारणा राख्दै भक्तपुरले सारा देशवासीलाई देशभक्ति र निःस्वार्थ राजनीतिको उदाहरण पस्किरहेको बताउनुभयो ।
उहाँले नारायणमान बिजुक्छेँ र नेमकिपाबारे पञ्चायतकालमा पञ्चायती सरकार, काङ्ग्रेस र वामपन्थी बनाउँदाहरूले समेत भ्रामक प्रचार गरेको र अहिले पनि काङ्ग्रेस र नक्कली कम्युनिस्टहरूले त्यसलाई निरन्तरता दिइरहेको बताउँदै त्यस्तो भ्रमको कुहिरो धेरै समय रहने छैन भन्नुभयो ।
समारोहमा सीमाविद् रतन भण्डारीले विशाल जनसङ्ख्या रहेका दुई देश चीन र भारतको बीचमा रहेको र भारतसित तीनतिर खुल्ला सिमाना भएको नेपालजस्तो देशमा खुकुलो नागरिकता नीति आत्महत्यासरह रहेको उल्लेख गर्दै नेपालका शासक दलहरू देशघाती बनेकोमा कुनै शङ्का बाँकी नरहेको बताउनुभयो ।
नेपालको पहिलो नागरिकता ऐन मस्यौदा गर्ने कानुनविद भारतीय नै रहेकोले भारत सरकारको निर्देशनमा भारतीय आप्रवासीहरूलाई सजिलै नागरिकता प्रदान गर्ने प्रावधानसहितको ऐन बनेको इतिहासबारे जानकारी दिँदै उहाँले अहिले नेपाली जनताबाट निर्वाचित भनिएको संसदले पनि विदेशीलाई सहजै नागरिकता प्रदान गर्ने विधेयक पारित गर्नुले शासक दलहरू आफूलाई भारतीय दलाल साबित गरेको स्पष्ट पार्नुभयो ।
इतिहासविद् प्रा.डा. पुरूषोतमलोचन श्रेष्ठले इतिहास, संस्कृति र पुरातत्वको अध्ययनमा भाषा निकै महत्वपूर्ण भएको चर्चा गर्दै आफ्नै लिपि भएका भाषामात्र चिरकालसम्म बाँच्नसक्ने बताउनुभयो ।
नेपालभाषाको रञ्जना लिपि राष्ट्रिय लिपि भएको हुनाले नेपालभाषा पनि राष्ट्रभाषा हुनुपर्ने जीकिर उहाँले गर्नुभयो ।
धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना र सञ्चालन भएको १० वर्षभित्रमा हजारजनाभन्दा बढीको अङ्ग प्रत्यारोपण गरेर नयाँ जीवन दिएको जानकारी दिनुभयो ।
उहाँले मस्तिष्क मृत्यु भएका एक व्यक्तिको अङ्गदानबाट आठ जना विभिन्न रोगीले नयाँ जीवन पाउने चर्चा गर्दै मृत्युपछि अङ्गदान गर्न सबैजना प्रेरित हुनुपर्नेमा जोड दिनुभयो ।
डा. श्रेष्ठले वर्षको एकपटक पूरै शरीरको स्वास्थ्य परीक्षण गर्न नभए कम्तीमा मिर्गौलाको परीक्षण गराउन आह्वान गर्दै त्यसबाट मिर्गौलाको खराबीबाट हुने मृत्युलाई उल्लेख्य रूपमा कम गर्न सकिने बताउनुभयो ।
त्यस्तै साहित्यकार इन्दिरा प्रसाईले नेपालभाषा साहित्य तःमुंज्याले गैरनेवारीभाषी साहित्यकार र विद्वानहरूलाई समारोहमा अतिथिको रूपमा निम्त्यिाएर तःमुंज्यालाई राष्ट्रिय डबली बनाएको बताउनुभयो ।
उहाँले हालै दिवङ्गत हुनुभएका महिला नेतृ एवं नारायणमान बिजुक्छेका जीवनसङ्गिनी का. शोभा प्रधानको स्मृतिमा कविता वाचन गर्नुभयो ।
समारोहमा महिला नेतृ शोधा प्रधानलाई उहाँले शिक्षा, संस्कृति र साहित्य क्षेत्रमा गर्नुभएको योगदानका लागि मृत्युपर्यन्त सम्मान गरियो ।
महिला नेतृ चनमति खुलिमुलिले सभापतित्व गर्नुभएको तःमुंज्याको पहिलो दिनको समारोहमा ज्योतिषशास्त्री वीरेन्द्रभक्त प्रधानाङ्गले पनि मन्तव्य राख्नुभएको थियो भने दर्जनौं नयाँ तथा स्थापित साहित्य सर्जकहरूले रचना वाचन गर्नुभएको थियो ।
समारोहमा ग्वसाखलः (स्थानीय आयोजक समितिका अध्यक्ष एवम् भनपा वडा नं. १ का वडाअध्यक्ष श्यामकृष्ण खत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो भने चर्चित गायक राजेश हाडा र लक्ष्मण पलिखेलले स्वागत गीत गाउनुभएको थियो ।
साहित्यिक कार्यक्रमपश्चात् बेलुकी विभिन्न प्रगतिशील नृत्य, नाटक, प्रहसनसहितको सांस्कृतिक कार्यक्रम गरिएको थियो । तःमुंज्याको दोस्रो दिन आज दिउँसो १ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।
Leave a Reply