लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
भक्तपुर, २६ असोज । अक्टोबरको मध्य समयमा पेइचिङ र मुख्यमुख्य सहर–बस्ती राताम्मे भएका छन् । सार्वजनिक स्थलहरू पनि त्यस्तै देखिएका छन् । चीनको राष्ट्रिय झन्डा र चिनियाँ कम्युनिस्ट पार्टीको हँसिया–हथौडा अङ्कित रातो झन्डा आकर्षक ढङ्गमा सजाइएका छन् । अक्टोबर १ को राष्ट्रिय मुक्ति दिवसको ‘सुनौलो हप्ता’ (Golden Week) मनाएर आ–आफ्नो दैनिक क्रियाकलापमा व्यस्त हुन थालेका चिनियाँ जनता अर्को महत्वपूर्ण गतिविधिको तयारीमा जुटेका छन् । देशभित्र र बाहिरका चिनियाँ जनता यतिखेर व्यग्र प्रतीक्षामा छन् । विश्वको आँखा पेइचिङतिर पुग्दै छ । कारण, यही अक्टोबर १६ आइतबारको दिन चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशन पेइचिङमा सुरू हुँदै छ ।
१० वर्ष अगाडिको पेइचिङको दृश्यको स्मरण
चिकपाको १८ औँ अधिवेशन चल्दै थियो । सन् २०१२ को नोभेम्बरमा राजनीतिक भ्रमणको क्रममा हामी पेइचिङ पुगेका थियौँ । सुरक्षा प्रबन्ध अत्यन्त व्यवस्थित थियो । पेइचिङबाहिर तथा विभिन्न क्षेत्रबाट आएका पाहुनाको स्वागत तथा आवश्यक सहयोगका निम्ति स्वयम्सेवकहरूको राम्रो उपस्थिति जताततै देखिन्थ्यो । ज्येष्ठ नागरिकहरूसमेत पाखुरामा ‘स्वयम्सेवक’ अङ्कित रातो कपडा बेरेर सेवा प्रदान गर्दै गरेको दृश्यले मन नछुने कुरै थिएन ! आफ्नो गौरवशाली पार्टीको विराट महत्वको राजनीतिक महोत्सवमा जनताले स्वस्पूmर्त ढङ्गमा साथ दिनु तथा समर्थन प्रकट गर्नु अस्वाभाविक पनि लाग्दैन ।
त्यो बखत अर्को हिसाबले पनि चीन र चिनियाँ जनताका निम्ति संवेदनशील थियो भन्नु अतियुक्ति नहोला ! दक्षिणी चीन सागरमा जापानले उत्तेजना पैmलाउँदै थियो । विशेषगरी चिनियाँ युवा पुस्तामा एक खालको आक्रोश र जापानविरोधी भावना थप पैmलिरहेको अनुमान लगाउन गा¥हो थिएन ।
चिकपाको त्यही १८ औँ अधिवेशनले सी चिनफिङलाई महासचिव निर्वाचित ग¥यो । चिकपाले नयाँ बलियो नेतृत्व पायो । यो दस वर्षमा महासचिव सीको नेतृत्वमा चीन सामाजिक, आर्थिक, सैन्य, विज्ञान तथा प्रविधिलगायत हरेक क्षेत्रमा उल्लेख्य सफलता हासिल गर्दै अगाडि बढ्यो† विश्वसँगको मित्रता, आपसी सहयोग तथा आदानप्रदानमा समेत इतिहास रच्न सफल भएबाट त्यतिखेरको चिकपाको निर्णय कति सही तथा दूरदर्शी थियो भन्ने प्रमाणित हुन्छ । पछिल्लो दस वर्षमा चीनले विश्वमा जुन स्थान हासिल ग¥यो र जुन ढङ्गमा विश्वव्यापी भूमिका निर्वाह ग¥यो त्यसको विजारोपण आजभन्दा १० वर्ष अगाडि चिकपाको १८ औँ महाधिवेशनमा भएको थियो भन्नु समीचीन हुनेछ ।
२० औँ महाधिवेशनसम्म आइपुग्दा
सन् १९७२ मा सुरू भएको संरा अमेरिका र जनवादी गणतन्त्र चीनबीचको कूटनीतिक सम्बन्ध ५० वर्षपछि झन् तिक्ततापूर्ण बन्दै नयाँ–नयाँ द्वन्द्व देखा पर्दै छन् । सन् २०१८ को जनवरीमा संरा अमेरिकाले चीनविरूद्ध व्यापारयुद्ध सुरू ग¥यो । दुवैतर्पm ठूलो आर्थिक नोक्सानी भयो । संरा अमेरिकाले झन् बढी आर्थिक घाटा व्यहो¥यो । व्यापार युद्धमा संरा अमेरिकाले पराजय नै भोगेको विश्लेषकहरूको भनाइ छ ।
संरा अमेरिकाले चीनविरूद्ध ‘नयाँ शीतयुद्ध’ अझ तीव्र पा¥यो । आफ्ना असफलता ढाकछोप गर्नु, चीनको आर्थिक तथा सैन्य प्रगति रोक्नु, विश्वमा आफ्नो खस्कँदो साख तथा स्थान जोगाउनु र आफ्नो ¥हासोन्मुख अर्थतन्त्रमा सुधार ल्याउनु अमेरिकी प्रशासनको मुख्य उद्देश्य थियो । तत्कालीन ट्रम्पले ‘मुनरो नीति’ कै सिलसिलाको रूपमा ‘अमेरिका प्रथम’ र ‘अमेरिकाको गौरव फर्काउने’ नीति प्रतिपादन गरे । तर, नोभेम्बर २०२० को निर्वाचनबाट उनी आपैm फालिए ¤ ट्रम्पले चीनलाई घेरा हाल्ने नीति कठोरतापूर्वक अगाडि बढाए र जो बाइडेन त्यही आत्मघाती बाटोमा हिँड्ने मूर्खता देखाउँदै छन् । ‘हिन्द प्रशान्त रणनीति’, ‘क्वाड’ को गठन, ‘एमसीसी’ आदि चीनविरूद्ध लक्षित भएको जगजाहेर छ । अमेरिकी प्रशासनले फासीवादी नीति अवलम्बन गर्नु समाजवाद, विश्व शान्ति तथा समृद्धिको विरूद्धमा त हो नै साथै विश्वमाथि आधिपत्य कायम राख्न या विश्वको प्राकृतिक स्रोतमा हालिमुहाली निष्कण्टक जारी राख्नको निम्ति हो । यो झन्झन् प्रस्ट हुँदै छ ।
सन् २०१९ को डिसेम्बर ३१ मा चीनको उहानमा कोरोना भाइरस भेटिएको खबर सार्वजनिक भयो । खेलकुद गतिविधिमा भाग लिन उहान पुगेका पाँच जना अमेरिकीबाट त्यो पैmलिएको र अमेरिकामा त्योभन्दा अगाडि नै त्यो भाइरस भेटिएको तर सामान्य भाइरस या रूघाखोकीमात्र हो भनी त्यहाँका स्वास्थ्य अधिकारीहरू पन्छिएको या ढाँटेको वास्तविकता पनि बाहिर आयो । तर, संरा अमेरिकाले चीनलाई एकतर्फी दोषारोपण गर्ने र बदनाम गर्ने काम रोकेन ।
चीन र चिनियाँ जनताले ‘कोभिड–१९’ महामारीविरूद्ध एक ढिक्का भई लडे । संरा अमेरिकाको ‘किटाणु युद्ध’ परास्त गर्न चीन सफल भयो† यसले महामारीविरूद्ध लड्न विश्वलाई मद्दत पु¥यायो । विशेषगरी चीनले स्वास्थ्य सामग्री, चिकित्सकीय यन्त्रहरू विश्वका कुनाकाप्चामा मात्र पु¥याएन बरू लडाइँमा आपूmले हासिल गरेको अनुभव र ‘कोभिड–१९’ विरूद्धको खोप संसारलाई उपलब्ध गरायो । सङ्कटमा चीनले साहस देखायो† साथ दियो† सान्त्वना दियो र सहयोग ग¥यो । संरा अमेरिका भने षड्यन्त्र रच्दै बस्यो ! यी दुई देशबीचको भेद विश्वले अनुभव ग¥यो । आज चीन घरभित्र ‘कोभिड–१९’ को पूर्ण उन्मूलनको लक्ष्यका साथ सतर्कता र सङ्घर्ष एकसाथ चालु राख्दै छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको आसन्न बीसौँ महाधिवेशनका लागि रातो झन्डाले सिंगारिएको ग्रेट हल अफ पिपल्स र बुधबार सम्पन्न चिकपाको १९ औंँ केन्द्रीय समितिको सातौँ विस्तारित बैठक ।
संरा अमेरिकाले ‘एक चीन’ नीतिमा बारम्बार चीनलाई विश्वासघात ग¥यो । थाइवान, सिन्च्यिाङ, हङकङ र मकाउमा उत्तेजना फैलाउने, विखण्डनकारी तत्व पोस्ने तथा मानवअधिकार, धार्मिक स्वतन्त्रताजस्ता विषय उछालेर चीनलाई विश्वसामु अप्ठ्यारो पार्ने काम संरा अमेरिकाले रोकेन । गत अगस्ट २ मा संरा अमेरिकी संसद्को सभामुख नान्सी पेलोसीलाई थाइवान पठाएर चीनलाई युद्धतर्फ धकेल्ने मूर्खता देखायो । तर, चीनले शालीनतापूर्वक जवाफ फर्कायो । शान्ति र सम्प्रभुता रक्षामा चीन चट्टाने अठोटका साथ प्रस्तुत भयो ।
संरा अमेरिकी प्रशासन नाटोमार्पmत युक्रेनमा आगो लगाई मस्को ध्वस्त पार्ने र मस्कोको बाटो भई पेइचिङ पुग्ने नयाँ जालो बुनेको बारे विश्व संवेदनशील समुदाय अवगत छ । चीन घेर्ने नीतिको यो पछिल्लो संस्करण हो भन्ने बुभ्mन कठिन छैन । तर, आज चीन–रूसबीचको सम्बन्ध सत्तरीको दशकभन्दा निकै पर पुगिसकेको यथार्थ सबैसामु छर्लङ्ग छ । साम्राज्यवादी युद्धविरूद्ध रूस भिड्दै छ ।
आफ्नो आँगनमा संरा अमेरिकाले लगाएको आगो निभाउन रूस सङ्घर्षरत छ । चीन शान्तिको पक्षमा दृढताका साथ उभिरहेको छ । चीनले यो पटक पनि धैर्य गुमाएन, बरू बुद्धिमत्तापूर्ण ढङ्गमा पाइला चाल्दै छ । चीनको यो विशेषता नै बनिसकेको छ भन्नु अतिशयुक्ति नहोला ×र चीन, चिकपा र चिनियाँ नेतृत्व समयले लिएका हरेक अग्नि परीक्षामा उत्तीर्ण हुँदै छ । यसका निम्ति चिकपाका महासचिव सी चिनफिङ बधाईका पात्र हुनुहुन्छ । यसकारण पनि उहाँप्रति चिनियाँ जनताको मात्र होइन, विश्वका न्यायप्रेमी जनताको आशा एवम् विश्वास बढेको हो भन्न सकिन्छ ।
विश्वको यही संवेदनशील परिस्थिति, राजनीतिक सेरोफेरो तथा यथार्थबीच चिनियाँ कम्युनिस्ट पार्टीको २० औंँ महाधिवेशन हुँदै छ । आधुनिक समाजवादी चीन स्थापना भएको मात्र ७३ वर्षको यो अवधिमा हुन लागेको यो अन्तर्राष्ट्रिय महत्वको महाधिवेशनले विश्व कामदार वर्गीय आन्दोलनलाई समेत ऊर्जा प्रदान गर्ने विश्वास लिने प्रशस्त आधार छन् ।
चिकपाको बीसौँ महाधिवेशनः उत्कृष्ट प्रजातान्त्रिक अभ्यासको नमुना
चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन हरेक पाँच वर्षमा हुने वैधानिक प्रावधान हो । यो महाधिवेशनले कामरेड सी चिनफिङलाई पुनः महासचिव निर्वाचित गर्ने प्रायः निश्चित भइसकेको छ । उहाँको दसवर्षे नेतृत्वको गहन अनुभव अबका चुनौतीपूर्ण एवम् संवेदनशील दिनमा अझ बढी आवश्यक हुने धेरैको विश्लेषण र बुझाइ छ । नयाँ नेतृत्वको चयन यो महाधिवेशनको प्रमुख जिम्मेवारी हो ।
यस महाधिवेशनको लागि २,२९६ जना प्रतिनिधि निर्वाचित भएका छन् । ती प्रतिनिधि पार्टीको विधान, नीति तथा पार्टी केन्द्रीय समितिले तय गरेबमोजिम निर्वाचित भएर आएका हुन् । प्रतिनिधिहरू चिकपाका विशिष्ट सैद्धान्तिक तथा राजनीतिक ज्ञान भएका, उन्नत कार्यशैली तथा उच्च नैतिकता भएका, राज्यका विभिन्न मामिलामा गम्भीर विचार राख्ने क्षमता भएका र आ–आफ्नो क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेका सदस्यमध्येबाट चुनिएर आएका हुन् । ती प्रतिनिधिहरू सहभागितामूलक एवम् समानुपातिक ढङ्गमा विभिन्न क्षेत्र तथा पृष्ठभूमिबाट निर्वाचित भएका हुन् । समाजको अग्रपङ्क्तिमा रहेर नेतृत्व गरेका पार्टी नेताहरू, उल्लेख्य सङ्ख्यामा महिला नेतृहरू, विज्ञान–प्रविधि, सैन्य, न्यायिक, सामाजिक सुरक्षा निकाय, शिक्षा, सञ्चार, संस्कृति, स्वास्थ्य सेवा, खेलकुद, सामाजिक प्रशासन आदि क्षेत्रका प्रतिनिधिहरू महाधिवेशन प्रतिनिधिमा छानिएका छन् । यसप्रकार चीनले प्रजातान्त्रिक अभ्यासको उन्नत शैलीमा पार्टी, देश र जनताको भविष्य तय गर्ने परम्परा बसालेको प्रस्ट हुन्छ । ‘पश्चिमा प्रजातन्त्र’ नै अन्तिम सत्य ठान्ने ‘लघुमानवहरू’ का निम्ति यो एउटा गतिलो जवाफ हुनसक्छ ।
अन्त्यमा,
अध्यक्ष माओले आजभन्दा १०१ वर्ष अगाडि स्थापना गर्नुभएको चिकपा ९ करोड ६७ लाख १२ हजार सदस्य (३१ डिसेम्बर २०२१) सङ्ख्यासहित आज संसारको सबभन्दा ठूलो राजनीतिक दल भएको छ । चिकपाले साम्राज्यवादी देशहरू र जापानी उपनिवेशवादलाई परास्त गरी आधुनिक समाजवादी चीन स्थापना ग¥यो । कोरिया, भियतनामजस्ता विभिन्न देशका मुक्ति सङ्घर्षमा ऐक्यबद्धता जनाई विश्व शान्ति स्थापनामा योगदान ग¥यो । चीनलाई गरिबीमुक्त बनाई ‘पहिलो शताब्दी लक्ष्य’ हासिल ग¥यो । चिनियाँ क्रान्ति बीसौँ शताब्दीको महान् सफलता थियो भने गरिबीमाथिको विजय २१ औँ शताब्दीको गौरवशाली उपलब्धि हो । चिकपा, चीन र चिनियाँ जनता ‘दोस्रो शताब्दी लक्ष्य’ हासिल गर्न लम्किँदै छन् । ‘शक्तिशाली, सभ्य तथा आधुनिक समाजवादी चीन’ निर्माण पूरा भएको दुई दशकभित्र संसारले देख्नेमा कुनै शङ्का छैन । क्षेत्र तथा मार्ग अगुवाइ (बीआरआई) र विश्व सुरक्षा अगुवाइ (जीएसआई) का दुई खुट्टा टेकेर चीन अगाडि बढ्दा विश्वका जनतासमेत भोक, रोग, शोकबाट क्रमशः मुक्त हुँदै जाने आशा गर्नु निराधार या श्वैरकल्पना ठहरिने छैन ।
चिनियाँ कम्युनिस्ट पार्टी, चिनियाँ जनता र सिङ्गो चीनलाई अभिवादनसहित लाख–लाख शुभकामना ! चिकपाको २० औँ महाधिवेशन विश्व मजदुर वर्गीय आन्दोलनको निम्ति मार्गदर्शक बनोस् ! विश्व मानव जातिको निम्ति नयाँ आशाको पुञ्ज बनोस् ! समाजवादको अन्तिम विजय सुनिश्चित बनाउन एउटा कोशेढुङ्गा साबित होस् !
Leave a Reply