कार्यकर्ताहरूले सैद्धान्तिक र राजनीतिक अध्ययनलाई जोड दिनुपर्ने
- जेष्ठ ४, २०८३
भक्तपुर, २७ असोज । गणेश माध्यमिक विद्यालयका संस्थापक सदस्य, शिक्षाप्रेमी तथा समाजसेवी श्यामसुन्दर बाटीको विद्यालय परिवारले बिहीबार एक शोक सभाको आयोजना ग¥यो ।
सभामा भक्तपुर नगरपालिका वडा नंं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले श्यामसुन्दर बाटी नेपाल मजदुर किसान पार्टीको निर्देशनअनुसार विभिन्न पार्टी तथा जनवर्गीय सङ्गठनहरूमा सक्रियतापूर्वक काम गर्ने योद्धा भएको बताउँदै नयाँ पुस्ताले उहाँबाट सिक्नुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र खर्बुजाले सामाजिक, शैक्षिक तथा राजनैतिक जीवनमा स्व. बाटीले देखाउनुभएको बाटोमा नयाँ पुस्ता अघि बढ्नुपर्ने बताउनुभयो ।
विव्यसका पूर्वअध्यक्ष कृष्णबहादुर दुगजू, विद्यालयका प्रधानाध्यापक गणेशराम थुसालगायतले स्व. बाटीको योगदानबारे चर्चा गर्नुभयो ।
पिता हरिभक्त र माता विष्णुदेवी बाटीको कोखबाट विसं. २०१४ साल कार्तिक १५ गते जन्मिनुभएका श्यामसुन्दर बाटी युवा अवस्थादेखि नै सामाजिक कार्यमा सक्रियताका साथ लाग्नुभयो । उहाँले पार्टीको नीति निर्देशनअनुसार शैक्षिक, सामाजिक र राजनैतिक जागरणका कार्यक्रमहरूमा सक्रिय भूमिका निभाउनुभयो ।
शैक्षिक जागरणको अभियानकै शिलशिलामा उहाँले वि.सं. २०४० सालमा गणेश मा.वि. स्थापना गर्न विद्यालयका संस्थापक ज्ञानबहादुर न्याइच्याईको सल्लाहअनुसार गणेशबहादुर न्याइच्याईको अध्यक्षतामा बनेको सञ्चालक समितिमा सदस्य बनेर काम गर्नुभयो । सर्वसाधारण जनताका छोराछोरीहरूलाई शैक्षिकरूपमा अगाडि बढाउने उद्देश्यका साथ स्थापना गरिएको गणेश माविको उन्नतिको लागि स्थापनाकालदेखि हालसम्म अनवरतरूपमा उहाँको योगदान रह्यो ।
शिक्षा क्षेत्रमा कामदार जनताको पहुँच बढाउन शिक्षाप्रेमी बाटी टोलमा रहेका विद्यालयहरूको प्रगतिमा लाग्नुभयो । उहाँ ज्ञानविजय आ.वि.को व्यवस्थापन समितिका सदस्य पनि हुनुहुन्छ ।
वडामा सञ्चालन हुने सामाजिक, सांस्कृतिक पक्षको उन्नति तथा विकासको लागि हुने निर्माण कार्यमा उपभोक्ता समितिमा बसेर स्थानीय क्षेत्रको विकासमा उहाँको योगदान छ । विगत फागुन महिनादेखि ब्लड क्यान्सर रोगबाट पीडित श्यामसुन्दर बाटीको असोज २६ गते निधन भयो ।
Leave a Reply