हो चि मिन्ह र अफ्रिका – ५
- जेष्ठ ५, २०८३
मित्र देश पाकिस्तानका स्वात स्थानीय सरकार प्रमुख एवं मेयर शाहीद अलीज्यूलगायत प्रतिनिधिमण्डलका सम्पूर्ण सदस्यहरूलाई सांस्कृतिक नगर भक्तपुरमा हार्दिक स्वागत गर्दछौँ । पाकिस्तानका स्थानीय सरकार प्रमुखलगायतको प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा हामीलाई खुसी लागेको छ । जनप्रतिनिधिहरूको भ्रमणहरूको आदानप्रदानले दुई देशको मित्रतालाई अगाडि बढाउने विश्वास गर्दछौँ ।
नेपाल र पाकिस्तान दक्षिण एसियाली विकासोन्मुख मुलुकहरू हुन् । नेपाली जनता र पाकिस्तानी जनताले धेरै विषयमा समान समस्याहरू भोग्दै छन् । यो वर्षको बाढीको कारण पाकिस्तानमा धेरै जनधनको क्षति भएको दुःखद समाचार सुन्यौँ । विशेषगरी सिन्धु प्रान्तलगायतका क्षेत्रमा भएको क्षतिको घटनाप्रति हामी दुःख व्यक्त गर्छौँ । अर्बौँ डलरको क्षति हुने गरी भएको उक्त बाढी संसारमा आएको मौसम परिवर्तनकै कारण भएको वैज्ञानिकहरूको भनाइ छ । आजको यस कार्यक्रममार्पmत बाढी पीडित पाकिस्तानी जनताको शिघ्र पुनःस्थापनाको लागि पाकिस्तान सरकार र त्यहाँका स्थानीय सरकारहरूलाई सफलता मिलोस् भनी कामना गर्दछौँ ।
२०६२/६३ को परिवर्तनपश्चात् नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशमा रूपान्तरण भयो । नयाँ संविधान निर्माणसँगै नेपाल ७ प्रदेश र ७५३ स्थानीय तहमा विभाजित भयो । नयाँ संविधानअनुसार नेपालमा २०७४ सालमा पहिलो स्थानीय तहको निर्वाचन सम्पन्न भयो । उक्त निर्वाचनमा भक्तपुर नगरपालिकामा सत प्रतिशत जनप्रतिनिधिहरू नेपाल मजदुर किसान पार्टीले जित्यो । नेपाल मजदुर किसान पार्टी वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यले स्थापना भएको कम्युनिस्ट पार्टी हो । यस पार्टीको नेतृत्व नेपालका वरिष्ठ कम्युनिस्ट नेता का. नारायणमान बिजुक्छेँ (रोहित) ले गर्दै आउनुभएको छ । २०७९ वैशाख ३० गते सम्पन्न दोस्रो स्थानीय तह निर्वाचनमा पनि भक्तपुर नगरपालिकामा नेमकिपाका सबै उम्मेदवारहरूले जित हासिल गर्नुभयो । मेयर, उपमेयरलगायत ४५ जना नगरसभाका सबै सदस्यहरू नेमकिपाकै हुनुहुन्छ । हामी अधिकांश जनप्रतिनिधिहरू दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छौँ । भक्तपुर नगरपालिकामा विपक्षी राजनैतिक पार्टीहरूको उपस्थिति शून्य छ ।
– भक्तपुर नगर १० वटा वडामा विभाजित छ । २०७८ को जनगणनाअनुसार यहाँको कूल जनसङ्ख्या करिब ७९,००० छ र यो किसानहरूको बाहुल्यता भएको नगर हो । प्रत्येक वडामा १ जना वडाध्यक्ष र अरू ४ जना वडा सदस्यको निर्वाचित हुने कानुनी व्यवस्था छ । स्थानीय तहमा प्रमुख/उपप्रमुखमध्ये ५० प्रतिशत र अन्य सदस्यहरूमा ४० प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता गरिएको छ ।
– नगरपालिकाको सबैभन्दा उच्च तह नगरसभा हो । नगरसभालाई संविधान र कानुनले निर्दिेष्ट गरेका विषयहरूमा कानुन निर्माण गर्ने अधिकार छ । स्थानीय तहलाई कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार प्राप्त छ । संविधान र कानुनले प्रदान गरेको त्यही अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइलगायत अन्य विकास निर्माणका कामहरू गरी जनताको सेवा गरिरहेको छ ।
– भक्तपुर नगरपालिका निजी क्षेत्रलाई प्राथमिकतामा राख्दैन । उत्पादनका साधनहरू सामाजिकीकरण गर्ने, शिक्षा र स्वास्थ्य उपचारको जिम्मेवारी राज्यले लिनुपर्ने मान्यताअनुसार हामी जनप्रतिनिधिहरूले काम गर्दै छौँ ।
– यस नगरपालिकामा ९२ वटा विद्यालयहरू छन् । शैक्षिक सुधारको निम्ति भक्तपुर नगरपालिकाले शिक्षकहरूको लागि तालिम दिने, विद्यालयहरूको भौतिक सुधारको लागि आर्थिक सहयोग गर्दै आएको छ । नगरपालिकाले शिशु स्याहार केन्द्रदेखि आप्mनै स्वामित्वमा ८ वटा कलेजहरू सञ्चालन गर्दै सस्तो र गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएको छ भने वडा वडामा स्वास्थ्य केन्द्रको स्थापना गरी घरदैलो नर्सिङ सेवा सञ्चालन गर्दै आएको छ । नगरपालिकाको १०० शøयाको ख्वप अस्पताल सञ्चालनमा छ । त्यहाँ न्यून शुल्कमा गुणस्तरीय स्वास्थ्य उपचारको व्यवस्था छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा भनपाले राम्रो सेवा गर्दै आइरहेको छ ।
– विकास निर्माण र सम्पदा संरक्षणको काम नगरपालिकाले स्थानीय जनता परिचालन गरी गर्दै आएको छ । स्थानीय जनतालाई रोजगारीको सृजना, संरचनामा जनताको अपनत्व र गुणस्तरीय निर्माणको कारण भनपाले स्थानीय जनताको परिचालन गरी विकास निर्माणको काम गर्दै आएको हो । ठेकेदारहरूले सम्पदाको सांस्कृतिक महत्व नबुभ्mने र नाफाकै निम्ति काम गर्ने हुँदा सम्पदा पुनःनिर्माण र जीर्णोद्धारमा भनपाले स्थानीय जनसहभागितालाई नै जोड दिंदै आएको हो ।
– यहाँका जनतालाई पाकिस्तानको राजनीति, भूगोल र इतिहासबारे कममात्रै जानकारी छ । भनपाका साथीहरूलाई त्यहाँको वर्तमान राजनीति, आर्थिक र सांस्कृतिक अवस्थाबारे सङ्क्षिप्तमा जानकारी दिनु भए आभारी हुनेछौँ ।
– यहाँहरूको भक्तपुर भ्रमणको आजको दिन सुखद रहोस् । पुनः एकपटक स्वागत गर्दछौँ । धन्यवाद ।
(२०७९ कार्तिक १ गते, मङ्गलबार भक्तपुर नगरपालिकाको सेवा प्रवाह एवम् असल अभ्यासहरूको अध्ययन गर्न भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आएका मित्रराष्ट्र इस्लामिक गणराज्य पाकिस्तानका स्वात स्थानीय सरकार प्रमुख एवं मेयर शाहीद अलीलगायतको प्रतिनिधिमण्डल टोलीलाई भक्तपुर नगरपालिकामा आयोजित स्वागत कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्यको सार सङ्क्षेप)
Leave a Reply