सरकारी निकायमा हुने बेरुजुको अन्त्य कहिले ?
- जेष्ठ ४, २०८३
१. काठमाडौँ उपत्यकामा जसरी आदिवासी नेवारहरूलाई अल्पमतमा पारी यहाँको सभ्यता सिध्याउन शासक पार्टीहरू लागेका छन् त्यसरी नै यी शासक पार्टी हातमा लिई नेपालमा नेपाली नै अल्पमतमा पारी नेपाल निल्न भारत लागिपरेको छ । यसको सशक्त सडक र सदनमा आवाज उठाउने पार्टी नेमकिपा हो ।
२. उपत्यकाको मात्र होइन देशकै भाषा, कला, संस्कृति संरक्षण गर्न नगरपालिकाको पाठ्यक्रम, साहित्य सम्मेलन, जनजागरण गरी राष्ट्रिय भावना उठाउन लागिपरेको पार्टी नेमकिपा हो ।
३. देश र शासक दल भारतीय विस्तारवादको छाया र पञ्जामा छन् । ती दलहरूबाट अब देश जोगाउन सकिँदैन । त्यसैले देश जोगाउन लागिपरेको पार्टी नेमकिपा हो ।
४. नेपाल विदेशी पञ्जाबाट जोगाउन महाकाली सन्धि, एमसीसी, एसपीपी, नागरिकता विधेयकको विरूद्धमा सदन र सडकमा लड्ने–भिड्ने दल नेमकिपा हो ।
५. नेपाल आत्मनिर्भर हुनुपर्छ, मित्र राष्ट्रले बनाइदिएको उद्योग कलकारखाना बेच्नु हँुदैन भनी आवाज उठाउने दल नेमकिपा हो ।
६. समाज वर्गमा विभाजित छ । तल्लो वर्गलाई सेवा गर्नुपर्छ भनी शिक्षा, स्वास्थ्य निःशुल्क गर्ने अभियानको क्रममा ख्वप कलेज, ख्वप अस्पताल, घरदैलो नर्सिङ सेवा, पुस्तकालय, शिशुस्याहार, सफाइ, सम्पदा सरक्षण गर्ने दल नेमकिपा हो ।
७. फिजीकरणको बाटो भई नेपाल सिक्किम बन्दै छ, होसियार होउ भनी सशक्त आवाज उठाउने दल नेमकिपा हो ।
८. भ्रष्टाचार, अनियनितता, कमिसनखोरमा शून्य सहनशीलताको नीति लिने दल नेमकिपा हो ।
९. नेपालको स्वच्छ, इमानदार, देश र जनतामा समर्पित कम्युनिस्ट पार्टी नेमकिपा हो ।
त्यसैले आगामी मङ्सिर ४ को निर्वाचनमा नेमकिपाका उम्मेदवारलाई जिताएर देशका सच्चा देशभक्त, इमानदार र तल्लो वर्गको सेवा गर्ने नागरिक बनौँ ।
Leave a Reply