हो चि मिन्ह र अफ्रिका – ५
- जेष्ठ ५, २०८३
डेङ्गु लामखुट्टे तुलनात्मकरूपमा ठूलो हुन्छ । त्यसले मान्छे या जीवको रगत चुस्छ । सफा पानीमा बस्छ । केही दिनमै लाखौँलाख फुल पार्छ । ठूला र सङ्ख्यात्मक हिसाबले धेरै हुँदैमा कहाँ राम्रो हुँदोरहेछ र !
केही महिनादेखि डेङ्गु लामखुट्टेको आतङ्क देशमा व्याप्त छ । त्यसरी नै विगत ३३ वर्षदेखि यो देशका शासक दलका नेता÷मन्त्रीहरूले नेपाली समाजलाई आतङ्कित पार्दै छन् । चुस्दा चुस्दा उनीहरूले देश खोक्रो बनाइसके । डेङ्गु लामखुट्टे र शासक दलका नेता÷मन्त्रीहरू उस्तैउस्तै !
एउटा डेङ्गु लामखुट्टे घरभित्र पस्दा परिवारका विभिन्न सदस्यलाई टोकी महिनौँसम्म सबैलाई सताउनु सताउन सक्छ ! डेङ्गु लामखुट्टेजस्ता मान्छे या उम्मेदवार प्रतिनिधिसभा÷प्रदेशसभामा पुगे देशमै हाहाकार मच्चिने निश्चित छ । हिजो मन्त्री बनिसकेका र बन्न लालायित शासक दलका अहिलेका उम्मेदवारहरू भनेका डेङ्गु लामखुट्टेभन्दा पनि खतरनाक छन् । एकपटक या एकजनाको मात्र रगत खाएर तिनलाई चित्त बुझ्दैन !
हाम्रै शरीरको रगत चुसेर हामीलाई नै सिकिस्त तुल्याएर जाने या ज्यानसमेत लिने लामखुट्टे जस्ता शासक दलका चुसाहा नेता÷उम्मेदवारलाई ठेगान लगाउने बेला आएको छ । बेलामा बुद्धि पु¥याउनु सबैको हितमा हुनेछ । बेलैमा सोचौँ !
धन्न काम र चरित्रअनुसार तिनलाई चुनाव चिह्न ‘डेङ्गु लामखुट्टे’ दिइएन ! ‘डेङ्गु लामखुट्टे’ लाई झैँ शासक पार्टीहरूको अत्याचारबाट नेपाली समाजलाई मुक्त पारौँ ! मङ्सिर ४ त्यसको निम्ति सही समय हो ।
Leave a Reply