“सहकारी बैङ्क तथा वित्तीय संस्थाको रूपमा मात्र सञ्चालन हुनुहुँदैन”
- पुष १०, २०७९
भक्तपुर, ४ कार्तिक । बैङ्क तथा वित्तीय संस्थाले असुल्दै आएको चर्काे ब्याजको विरुद्धमा भक्तपुरका उद्यमी व्यवसायीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापनपत्र पेश गरेका छन् । भक्तपुर चेम्बर अफ कमर्सको संयोजनमा शुक्रबार जिल्लाका विभिन्न व्यवसायिक तथा वस्तुगत सङ्घसंस्थाहरूको उपस्थितिमा उक्त ज्ञापनपत्र पेश गरिएको हो ।
ज्ञापनपत्र भक्तपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष कविदास श्रेष्ठले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासमक्ष पेश गर्नुभएको हो ।
बैङ्क तथा वित्तीय संस्थाले निक्षेपमा ब्याजदर बढाएर पनि निक्षेप बढ्न नसकेको यथार्थ तर कर्जाको ब्याज बढेर यसबाट बजारमा नकारात्मक असर परिरहेको मौजुदा वास्तविकता र विगतको अनुभवसमेतलाई मनन गर्दै ब्याजदरलाई वाञ्छित सीमाभित्र राख्नुपर्ने नीति अवलम्बनको लागि व्यवसायीबाट माग गरिएको छ ।
बैङ्क तथा वित्तीय संस्थाहरूले हाल विद्यमान स्प्रेडदरलाई घटाउने एवं कर्जाको आधार दरमा समेत न्यूनतम प्रतिशतमात्रै प्रिमियम थप गर्ने व्यवस्था लागू हुनुपर्ने र बैङ्क तथा वित्तीय संस्थाहरूले गर्ने गरेको खर्चमा नियन्त्रण गरी आधार दरसमेत घटाउन सकिने अवस्था रहेको तर्फ व्यवसायीले ध्यानाकर्षण गराएका छन् ।
नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूलाई ऋण प्रवाह गर्दा विगतमा भन्दा हाल ब्याजदरमा वृद्धि भएको हुँदा विगतकै प्रतिशतमा ऋण प्रवाह हुनुपर्नेतर्फ ध्यानाकर्षण गराएको छ । यसैगरी हाल मुलुकको असहज परिस्थितिका कारण ऋणको सावाँ ब्याज भुक्तानी अवधिमा थप समय उपलब्ध गराउने व्यवस्थाका लागि केन्द्रीय बैङ्कबाट पहल हुनुपर्नेतर्फ पनि व्यवसायीको माग रहेको छ ।
मौजुदा परिवेशबाट सिर्जित चरम मूल्य वृद्धि र उद्योग व्यवसायहरू धमाधम धरासयी बन्दै गरेको चुनौतीपूर्ण अवस्थाबाट मुलुकलाई बचाउन केन्द्रीय बैङ्क र सरकारबाट भरमग्दुर प्रयास हुनुपर्नेतर्फ व्यवसायीले ध्यानाकर्षण गराएको छ ।
ज्ञापनपत्र पेश गर्ने क्रममा भक्तपुर चेम्बर अफ कमर्ससँगै भक्तपुर नगर चेम्बर, चाँगुनारायण नगर चेम्बर, मध्यपुरथिमि नगर चेम्बर, सूर्यविनायक नगर चेम्बर, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घ, भक्तपुर विद्युतीय सामग्री व्यवसायी सङ्घ, भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग सङ्घ, नेपाल औषधि व्यवसायी सङ्घ, भक्तपुर जिल्ला समिति, भक्तपुर वन पैदावार उद्योग व्यवसायी सङ्घका प्रतिनिधिहरूको उपस्थिति थियो ।
Leave a Reply