शिक्षकहरूबिच राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयमा नियमित छलफल र अन्तरक्रिया गर्नुपर्ने
- पुष २८, २०८१
भक्तपुर, ४ कार्तिक । प्रभात इङ्गलिस सेकेन्डरी स्कूलको आयोजनामा विद्यालयका शिक्षक शिक्षिकाहरूबीच एक अध्ययन गोष्ठी कार्यक्रम भयो ।
उक्त अध्ययन गोष्ठीमा नेमकिपाका सचिव प्रेम सुवालले अध्ययन गोष्ठीले अध्ययन संस्कृतिको विकास हुनुको साथै व्यक्तित्व विकासमा टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।
हरेक शिक्षकहरू अध्ययनशील हुनुपर्नेमा जोड दिँदै उहाँले ज्ञानको पुनरावृत्ति गरिरहनुपर्ने विचार व्यक्त गर्नुभयो ।
भनपा वडा नं. ५ का वडाध्यक्ष योगन्द्रमान बिजुक्छेँले बच्चाहरूको वृद्धि र विकासमा उनीहरूको शारीरिक गतिविधिले महत्वपूर्ण भूमिका खेलेको हुन्छ भन्नुभयो ।
बालबालिकाहरूलाई विषयवस्तुको ज्ञानको साथै चिन्तनको व्यवहारिक शिक्षा दिनुपर्ने विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
अध्ययन गोष्ठीमा रत्नमैया लवजूले ख्वपको पहिचान भाग –३, अनिता देशेमरूले सङ्घर्षशील अन्तर्राष्ट्रवादी नेतृ क्लारा जेटकिनको जीवनी, पुष्पा अवालले अल्वर्ट आइनस्टाइनको मर्मस्पर्शी भनाइ प्रस्तुत गर्नुभयो ।
त्यस्तै सविना शिल्पकारले ‘श्रमिक’ साप्ताहिकको एकक्षणको स्तम्भबारे चर्चा गर्नुभयो ।
विद्यालयका प्राचार्य वदनकेसरी प्रजापतिले कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभएको थियो ।
Leave a Reply